बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

रेवती पन्तले अस्पतालमै पुगेर भेटे सपना मोक्तानलाई ,सम्पूर्ण खर्च आफूले बेहोर्ने र उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

सर्लाहीको हरिवन-१० की सपना मोक्तानको उपचारको लागि हरिवनबासीले आर्थिक सहयोग संकलन सुरु गरेका छन्। नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले वीर अस्पतालमै पुगेर मोक्तानका पति समीर वाइबालाई भेटेर उनकाे उपचारको सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने आश्वासन दिएका छन्।

उनले अस्पतालका चिकित्सकलाई समेत सम्पूर्ण खर्च आफूले बेहोर्ने र मोक्तानको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन्। अध्यक्ष पन्तले मोक्तानलाई चाहिने औषधि वीर अस्पताल अगाडि रहेको एउटा मेडिकलमा व्यवस्था गरिदिएको बताए।

आर्थिक अभावको कारण उपचारमा समस्या सिर्जना भएपछि जनस्तरबाट आर्थिक संकलन सुरु गरिएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँले जानकारी दिए।

नेकपाका प्रदेश सांसद डिल्ली उप्रेती, मेयर प्रसाइँसहितले शनिबार मोक्तानका बुवा बिकुमान मोक्तानलाई भेटेर एक लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। हरिवन-१० धरहरामा रहेको मोक्तानाको माइती घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो। सिन्धुलीको क्यानेश्वर विवाह भएकी मोक्तान बिरामी भएपछि माइतीमा बस्दै आएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *