बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

स्वास्थ्य

वीर अस्पतालमा पोजिटिभ देखिएको रिपोर्ट सुष्मा मेमोरियलमा नेगेटिभ

वीर अस्पतालमा पोजिटिभ देखिएको रिपोर्ट सुष्मा मेमोरियलमा नेगेटिभ

समाचार, स्वास्थ्य
एउटै व्यक्तिको कोरोना परिक्षया अस्पतालअनुसार फरक देखिने घटना फेरि दोहोरिएको छ। शंखरापुर–१ की एक महिलाको कोरोना परिक्षण रिपोर्ट दुईवटा अस्पतालमा फरक फरक देखिएको हो। २२ वर्षीय महिलाको वीर अस्पतालमा स्वास परिक्षण गर्दा कोरोना जोजिटिभ रिपोर्ट आएको छ भने साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा गरिएको परिक्षणमा नेगेटिभ देखिएको हो। ती महिलाको वीर अस्पतालको रिपोर्ट बिहीबार आएको थियो भने सुष्मा कोइरालाको रिपोर्ट चार दिनपछि आइतबार आएको थियो। उनका परिवारका एक सदस्यका अनुसार पोजिटिभ रिपोर्ट आउँदा आत्तिए पनि नेगेटिभ आएपछि दुक्क भएको बताए। ...
सोमबार थप १ हजार १ सय ९० जना कोरोनाका संक्रमित थपिए

सोमबार थप १ हजार १ सय ९० जना कोरोनाका संक्रमित थपिए

समाचार, स्वास्थ्य
 नेपालमा सोमबार थप १ हजार १ सय ९० जना कोरोनाका संक्रमितहरु थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ८ सय ७८मा गरिएको पीसीआर परीक्षणबाट १ हजार १७० संक्रमितहरु थपिएका हुन्। याे संगै काेराेना संक्रमितकाे संख्या ५५ हजार नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार हालसम्म १७८ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २९ जनाको भेन्टिलेटमा राखेर उपचार भइरहेको छ। यस्तै गत २४ घण्टामा ८ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ। नेपालमा कोरोना निको हुनेमा ७१ दशमलब ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण मुक्त हुनेमा प्रदेश १ मा ३ हजार ८ सय ८५, प्रदेश २ मा ११ हजार ५६, बागमती प्रदेशमा ७ हजार ८ सय १९, गण्डकी...
काठमाडौंमा थपिए ५१२ नयाँ संक्रमित थपिए

काठमाडौंमा थपिए ५१२ नयाँ संक्रमित थपिए

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा ५१२ थप कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ५१२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाइएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यस्तै, सोमबार नेपालमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको उनले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३६० जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर ८७९ जना घर फर्किएका छन्। ...
चितवनमा थप २८ जनामा काेराेना संक्रमण पुष्टि

चितवनमा थप २८ जनामा काेराेना संक्रमण पुष्टि

स्वास्थ्य
भदाै २९ चितवन । चितवनमा भतरपुर महानगरका ११ जनासहित थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालले भरतपुरका ७ पुरूष र ४ महिला गरी ११ जना, कालिकाका ५ पुरूष र ५ महिला, इच्छाकामनाका ६ पुरूष र रत्ननगरका एक पुरूषमा संक्रमण पुष्टि भएको जानकारी सोमबार बिहान दिएको हो ।
नेपालमा आज कोरोनाबाट ९ जनाले ज्यान गुमाए, ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुग्यो

नेपालमा आज कोरोनाबाट ९ जनाले ज्यान गुमाए, ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुग्यो

समाचार, स्वास्थ्य
भदाै २८ काठमाडौ । नेपालमा आज कोरोनाबाट ९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयलका अनुसार यो सहित देशभर ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ । यसैबिच नेपालकै सानो जिल्लाका रुपमा परिचित भक्तपुरमा आज मात्रै ८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा आज ५९७ जनामा कोरोना संक्रमणको पुष्टि भएकामध्ये ८१ जना भक्तपुरका मात्रै रहेका छन् । त्यस्तै अन्य काठामाडौँमा ४८३ जना, र ललितपुरमा ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यसैबिच नेपालमा आज थप १०३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । त्यस्तै नेपालमा आज ११ सय ७३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित घर फर्किनेको संख्या ३८ हजार ६९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ९१६५ जनाको पिसिआर गरिएको हो । ...
नेपालमा थप २४ घण्टामा १०३९ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २४ घण्टामा १०३९ जनामा कोरोना भाइरसको संक्रमण

समाचार, स्वास्थ्य
भदाै २८ काठमाडौं । नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजार १ सय ६५ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । ...
कारागारमा २३१ कैदीलाई कोरोना संक्रमण, पाँच जनाको मृत्यु

कारागारमा २३१ कैदीलाई कोरोना संक्रमण, पाँच जनाको मृत्यु

स्वास्थ्य
भदाै २७ काठमाडाैं । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो ।कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए। उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ । आजसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सिराहामा देखिएको छ । त्यहाँ ११० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेको सापकोटाले बताए । सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ सङ्क्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् । यस्तै पाँचथर, जुम्ला र सप्...
उपत्यकामा थपिए ४३१ संक्रमित, ५ जनाको मृत्यु

उपत्यकामा थपिए ४३१ संक्रमित, ५ जनाको मृत्यु

समाचार, स्वास्थ्य
भदाै २७ काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा १७१ महिला र २६० पुरुष गरी थप ४३१ कोरोना संक्रमित थपिएका हुन्। आज काठमाडौंमा ३७७ (१५० महिला, २२७ पुरुष), भक्तपुरमा १७ (५ महिला, १२ पुरुष), ललितपुरमा ३७ (१६ महिला, २१ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ७६ वर्षिया महिला तथा ५१ र ५४ वर्षिय दुई पुरुष रहेका छन्। यस्तै भक्तपुरमा ३८ र ७२ वर्षिय दुई पुरुषको निधन भएको छ। उपत्यकामा शुक्रबार ६९६ जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर एक हजार २०१ जनामा कोरोना संक्रमण देखिएको छ। ...
गण्डकीमा कोरोना संक्रमितको संख्या २९ सय नाघ्यो, आज थपिए ८३ जना

गण्डकीमा कोरोना संक्रमितको संख्या २९ सय नाघ्यो, आज थपिए ८३ जना

स्वास्थ्य
भदाै २७ काठमाडाैं ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संक्रमितको संख्या २९ सय नाघेको छ।शनिबार बिहान र दिउँसो गरेर थप ८३ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २९ सय ३ पुगेको हो। क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा शनिबार दिउँसो थप ३८ जनामा कोरोना पुष्टि भएको हो। यसअघि शनिबार बिहान ४५ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनलयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकार दिए। दिउँसो थपिएका ३८ जनामा कास्कीका २४, नवलपरासी (सुस्तापूर्व)का ८ र स्याङ्जाका ५ जना रहेका छन्। शनिबार बिहान नवलपरासी (सुस्तापूर्व)का ३४, कास्कीका १० र गोरखाका १ जनामा कोरोना पुष्टि भएको थियो। संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जनाकारी दिए।कोरोना संक्रमणबाट गण्डकीमा अहिलेसम्म २४ जनाको मृत्यु भ...
काठमाडौंमा कोरोनाले थप तीन जनाको मृत्यु

काठमाडौंमा कोरोनाले थप तीन जनाको मृत्यु

स्वास्थ्य
भदाै २७ काठमाडौं । पछिल्लो २४ घन्टाका काठमाडौं उपत्यका कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ।उपत्यकाको ललितपुरका विभिन्न अस्पतालमा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको हो। पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो। जसमध्ये दुई जना भक्तपुरका र एक जना काठमाडौका रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। ललितपुरको मेघा अस्पतालमा उपचाररत भक्तपुर निवासी ३८ वर्षीय पुरुषको आज बिहान ७ः४० बजे मृत्यु भएको छ । उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए। त्यस्तै पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको छ । यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। त्यस्तै ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि ...