आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लाग्याे

कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लाग्याे

समाचार, स्वास्थ्य
भदाै ३१ काठमाडौं । कोरोना भाइरस महामारीले सिङ्गो विश्वलाई आक्रान्त बनाइरहेका बेला अमेरिका वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा १० गुणा सानो आकारको छ । यो एन्टिबडी एबी–८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी–८ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको खबरमा उल्लेख छ । यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने खबरमा उल्लेख छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकक...
कोरोना संक्रमित कांग्रेस महामन्त्री शशांक कोइराला ज्वरो आएपछि अस्पताल भर्ना

कोरोना संक्रमित कांग्रेस महामन्त्री शशांक कोइराला ज्वरो आएपछि अस्पताल भर्ना

समाचार, स्वास्थ्य
भदाै ३१ काठमाडौ। कोरोना संक्रमित भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन्।संक्रमण भएपछि घरमै आइसोलेसनमा रहेका कोइरालालाई अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना गरिएको हो । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबार साँझ ६ बजेदेखि कोइरालालाई १०३ डिग्री ज्वरो आएको थियो।ज्वरो कम नभएपछि राति ८ बजे कोइरालालाई अस्पताल भर्ना गरएको हो । अहिले ज्वरो हटे पनि कोइरालामा निमोनियाको संकेत देखिएको डाक्टरले बताएका तिवारीले जानकारी दिए । ...
सीआईबीमा कार्यरत २६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण

सीआईबीमा कार्यरत २६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत २६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।ब्यूरोका एक अधिकृतले २६ जनामा कोरोना संक्रमण देखिएको बताए । उनका अनुसार संक्रमित अधिकारीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । सीआईबीका अधिकारीको सर्वसाधारणसँग सीधै सम्पर्क नहुने भएकाले पनि कसरी संक्रमण फैलियो भन्नेबारे कन्ट्याक ट्रेसिङ र थप परीक्षण पछि मात्र थाहा हुने बताइएको छ । ...
काठमाडौं उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।उपत्यकाका तीन जिल्लामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा आज थपिएका १,४५९ जना संक्रमितमध्ये उपत्यकाका ६७६ जना हुन् । आज फेरि नेपालमा कोरोना संक्रमितको ग्राफ बढेको छ । ...
पछिल्लो २४ घण्टामा कोरोनाले ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाले ११ जनाको मृत्यु

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप  ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ । यसअघि सोमबार हिजो १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।यसैगरी आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा ३ जना महिला र ६ जना पुरुष थिए । काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए । त्यसैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमाडौंका पाँच पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष थिए । मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष थिए । त्यसैगरी भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ ...
डा अधिकारीका अनुसार यी हुन्- डिप्रेसनका लक्षण र बच्ने उपाय

डा अधिकारीका अनुसार यी हुन्- डिप्रेसनका लक्षण र बच्ने उपाय

शिक्षा, स्वास्थ्य
भदाै ३० काठमाडाैं । अहिले कोरोना भाइरसको महामारीका कारण मानिसहरु मानसिक रोगको शिकार बनेका छन् । यो अवस्थमा अनावश्यक चिन्ता नलिन चिकित्सकहरुले सुझाउँदै आएका छन् ।सबैभन्दा बलियो अस्त्र आत्मबल बढाउनुपर्ने उनीहरु सुझाउँछन । आत्मबल कमजोर हुँदा मानिसमा अनेकथरी विचलन आउने, स्वास्थ्य अवस्थासमेत कमजोर हुँदै जाने मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले बताए । डा अधिकारीले डिप्रेसनलाई प्रभाव पार्ने, जैवीक, मनोवैज्ञानि र सामाजिक कारण हुने बताए । उनले डिप्रेसन जो सुकैलाई पनि हुनसक्ने बताए । उनले सेलीव्रेटीदेखि नेताहरुमा पनि डिप्रेसन हुनसक्ने बताए । उनका अनुसार डिप्रेसनका लक्षण यस्ता छन्- –दुईसाता भन्दा बढी समयसम्म हरेक दिन निराशाको भावना आउने,–दिक्दारीपन हुने,–रमाउन मन नलाग्ने,–थोरै काम गर्दा पनि गल्ने वा थाक्ने,–भोक तथा निद्रामा गढबढी हुने,–आफ्नो वरिपरिको वातावरण तथा भविष्य व्यर्थ लाग्...
टोखा नगरपालिकामा कोरोना सङ्क्रमित शंख्या ४६२ पुग्यो

टोखा नगरपालिकामा कोरोना सङ्क्रमित शंख्या ४६२ पुग्यो

स्वास्थ्य
भदाै ३० काठमाडाैं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमित शंख्या ४६२ पुगेको छ। वडा नं १ मा पुरुष -२जना, महिला-४ जना वडा नं २ मा पुरुष-४ जना, महिला-९ वडा नं ३ मा पुरुष-१८, महिला-२७ वडा नं ४मा पुरुष-१७, महिला-१७ वडा नं ५ मा पुरुष-२४, महिला-३५ वडा नं ६ मा पुरुष-२२, महिला-२६ वडा नं ७ मा पुरुष-२३, महिला-४० जन वडा नं ८ मा पुरुष-२४, महिला-२२ वडा नं ९ मा पुरुष-८, महिला-९ वडा नं १० मा पुरुष-२३, महिला-२० वडा नं ११ मा पुरुष-१५, महिला-२० गरी जम्मा पुरुष सख्या १८७ जना रहेका छन्। भने महिला सख्या २७५ जना छन्। कोरोना सङ्क्रमित बढेर ४६२ जना पुगेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएका छन्। २२३ जना निको भएका र २३६ जना सकृय संक्रमित रहेका छन्। भने मृत्युको सख्या ३ पुगेको छ। होम आइसोलेसनमा १७४ जना रहेको र ६१जना अस्पतालमा रहेको उपप्रमुख डंगोलले बताए। कोरोना सङ्क्रमित १ जना भने सम्पर्क विन भए...
कोरोना रिर्पोट : जिउँदो छँदा पोजेटिभ, मरेपछि नेगेटिभ

कोरोना रिर्पोट : जिउँदो छँदा पोजेटिभ, मरेपछि नेगेटिभ

स्वास्थ्य
भदाै ३० वीरगन्ज ।वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार अपरान्ह ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए । नारायणी अस्पतालमा उपचारका क्रममा भदौ १२ गते ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई त्यही दिन गण्डक अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । त्यसपछि भदौ २२ गते पुनस् पीसीआर परीक्षण गर्दा पनि उनको रिपोर्ट फेरि पोजिटिभ आएको थियो । कडा खालाको निमोनिया भएकी ती महिलालाई आइसीयुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई गत शनिबार भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए । मृत्यु हुनु भन्दा पहिले तेश...
काठमाडौंमा १ हजार ४ सय ७० जनाले कोरोनालाई जितेर घर फर्के

काठमाडौंमा १ हजार ४ सय ७० जनाले कोरोनालाई जितेर घर फर्के

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा १ सय ३१ संक्रमित पुगेका छन् । यस्तै, धुम्बाराही क्षेत्रमा १ सय ७४, चावहिल क्षेत्रमा १ सय ६०, जयवागेश्वरी, गौशाला क्षेत्रमा १ सय १६ संक्रमित थपिएका छन् । यस्तै, पुरानो बानेश्वर–बत्तिसपुतली क्षेत्रमा १ सय २२, बुद्धनगर–बानेश्वर हाइट क्षेत्रमा १ सय २८, बबरमहल–त्रिपुरेश्वर क्षेत्रमा २ सय ८० जनामा संक्रमण देख...
काठमाडौँमा ६ जनासहित देशभर १५ कोरोना संक्रमितको निधन

काठमाडौँमा ६ जनासहित देशभर १५ कोरोना संक्रमितको निधन

समाचार, स्वास्थ्य
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँकी ६१ वर्षीया महिला, गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला तथा कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो। यसैगरी मोरङका ४० र ७० वर्षीय पुरुष, काठमाडौँका ७७, ६२, ७३, ८५ र ७० वर्षका पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष तथा रामेछापका २३ वर्षीय पुरुषको मृत्यु भएको हो। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ। ...