आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा,विज्ञ चिकित्सक

जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा,विज्ञ चिकित्सक

समाचार, स्वास्थ्य
विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन। नेपालमा दैनिक औसत पाँच हजारजना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २२ देखि ३२ सम्म थियो। हाल दैनिक एक हजारदेखि १२ सयको दरले संक्रमित थपिएका छन्, मृत्यु हुनेको संख्या १५ देखि २० हाराहारी छ। कोरोना संक्रमण घटेकै बेला संक्रमितको मृत्यु घट्नुको सट्टा बढ्ने सम्भावना रहेको चिकित्सकले औंल्याएका छन्। शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनको अनुभवमा वृद्धवृद्धा होम आइसोलेसनमा छन्, उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी दिन नसकेर उपचारमा ढिलाइ हुँदा मृत्युदर बढेको छ। यो दर जाडोमा अझै बढ्ने स्थिति छ। ‘होम आइसोलेसनमा रहेका ८० प्रतिशतभन्दा बढी आमाबुवाल...
मुटुसम्बन्धी रोगका कारण हुने मृत्यु २० लाखभन्दा बढीले वृद्धि,(डब्लूएचओ)

मुटुसम्बन्धी रोगका कारण हुने मृत्यु २० लाखभन्दा बढीले वृद्धि,(डब्लूएचओ)

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
पछिल्लो २० वर्षयता विश्वमा सबैभन्दा बढी मृत्युको कारण मुटुसम्बन्धी रोग भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका अनुसार मधुमेहबाहेक डिमेन्सिया अर्थात् बिर्सिने रोग पनि सबैभन्दा बढी ज्यान लिने विश्वका १० रोगभित्र परेका छन् । डब्लूएचओले सन् २००० देखि २०१९ सम्मको स्वास्थ्य प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा बढी मृत्युको कारण बनेका १० रोगमध्ये ७ रोग यस्ता छन्, जुन अरूमा सर्दैनन्। जसलाई नसर्ने रोग भनिन्छ। पछिल्लो २ दशकयताको तथ्यांक आश्चर्यजनक छ। प्रतिवेदनअनुसार विश्वमा रोगका कारण हुने मृत्युमा १६ प्रतिशत हिस्सा मुटु रोगले लिएको छ। पछिल्लो २० वर्षयता भने मुटुसम्बन्धी रोगका कारण हुने मृत्यु २० लाखभन्दा बढीले वृद्धि भएको छ। सन् २०१९ सम्म यसबाट भएको मृत्युको संख्या ९० लाख पुगेको छ। दोस्रो स्थानमा स्ट्रोक छ। डब्लूएचओका महानिर्देशक जनरल डा...
सरकारी अस्पतालले प्रवाह गर्ने सेवा दिन प्रतिदिन कमजोर बन्दै

सरकारी अस्पतालले प्रवाह गर्ने सेवा दिन प्रतिदिन कमजोर बन्दै

समाचार, स्वास्थ्य
सरकारी अस्पतालले प्रवाह गर्ने सेवा दिन प्रतिदिन कमजोर बन्दै गएको पाइएको छ । अधिकांश सरकारी अस्पताल बिरामीमैत्री हुन नसक्दा र सेवा प्रवाह सहज र वप्रभावकारी हन नसक्दा बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल धाउन विवश छन् ।कतिपय सरकारी अस्पतालले अप्रसनका लागि लामो समयसम्म पालो कुराउने गरेका छन् । सरकारी अस्पतालले सेवा प्रवाहमा अत्यधिक ढिलासुस्तीगर्ने गरेको अधिकांश बिरामीको गुनासो छ ।जसका कारण पछिल्लो ३ वर्षमा केन्द्रीय सरकार मातहतका अस्पतालको ओपीडीमा बिरामीको संख्या घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । राजधानी दैनिक ...
सबै गाईको दूध फाइदाजक हुदैन

सबै गाईको दूध फाइदाजक हुदैन

समाचार, स्वास्थ्य
गाईको दूध अमृत बराबर मान्ने गरिन्छ । दूध पोषिलो हुने भएकाले अनिवार्यदूध पिउनुपर्छ भन्ने धारणा पनि छ । गाईको दूधर त्यसबाट बन्ने परिकारलाई शुद्ध, पोषिलो र दोषरहित मान्ने गरिएको छ । गाईको दूध अमृत बराबर मान्ने गरिन्छ दूधको गुण मात्र रहेनछ । दुध सेवन गर्दा फाइदा मात्र हुदैन रहेछ । दूधले हानी पनि गर्ने रहेछ । जर्मनी र न्यूजील्यान्डमा भएको अध्ययनपछि बैज्ञानिकले यो दावी गरेका छन् कि, दूध हानिकारक पनि हुनसक्छ । सबै गाईको दूध फाइदाजक हुादैन । गाइको दुध दुई प्रकारको हुन्छ, ए वान र ए टु । जर्मनी, न्यूजील्यान्डमा भएको सोधले सावित गरेको छ कि गाइको ए टू दूधगुणकारी हुन्छ ए वान दूधले भने हानी गर्न सक्छ । विदेशी गाइबाट मिल्ने दूध ए वान हो । यस दूधमा बीसीएम ७ तत्व हुन्छ, जसले प्रतिरोधात्मक क्षमता घटाउँछ । लोकल गाइको दूध ए टु हुन्छ, यो स्वास्थ्यका लागि फाइदाजक मानिन्छ । डेविल इन द मिल्क नामक पुस...
सरकारले तरकारी, फलफूल र चियामा विषादीको अधिकतम मात्रा तोक्ने

सरकारले तरकारी, फलफूल र चियामा विषादीको अधिकतम मात्रा तोक्ने

समाचार, स्वास्थ्य
प्रांगारिक मल र अर्गानिक उत्पादनको जति प्रचार भए पनि कृषि उपज विषादीको प्रयोग नगरी बजारमा आइपुग्दैनन् । स्वदेशीभन्दा बढी आयातित कृषि उपज बजारमा आइपुग्छन्, जसमा प्रयोग भएका विषादीको मात्राबारे सरकारको नीति प्रस्ट हुन नसक्दा अलमल नै थियो । अब भने सरकारले तरकारी, फलफूल र चियामा विषादीको अधिकतम मात्रा तोक्ने भएको छ । यसका लागि विषादी अवशेषको अधिकतम सीमा तोक्नेसम्बन्धी खाद्य पदार्थको गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यो सँगै स्याउ, केरा, करेला, भन्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा विषादीको मात्रा तोक्ने बाटो खुलेको छ । फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट) निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बताए । ...
नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो विवरणसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६६९४ पुगेको छ। आज कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु भने हाल सम्म मृत्यु हुनेको संख्या १६७४ पुगेको छ। यस्तै, आज नेपालमा थप १२७१ जना कोरोना संक्रमित निको भएका छन्। गत २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १८ लाख २० हजार ६ सय १८ पुगेको छ। हाल ५ सय १९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। ...
ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण संक्रमण बढ्न सक्छ

ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण संक्रमण बढ्न सक्छ

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय काठमाडौँ उपत्यकामा फोहोर मैला ब्यबस्थापन सहज रुपमा हुन सकेको अवस्था देखिदैन । यो काठमान्डौ महानगरपालिकाको लागि चुनौतीको विषय हो । काठमान्डौ उपत्यकाका अधिकांश भूभागमा फोहोरका थुप्राहरु देखिन्छन् । यसले आम उपत्यकाबासीलाई दुर्गन्धित बनाई रहेको छ । यस प्रति सरोकारवाला निकाय किन मौन ? यति बेला उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्था छ । यस विषयमा सबै गम्भीर हुनु पर्ने आवश्यकता देखिएको छ । फोहोर मैलाको कारणले गर्दा पनि संक्रमण बढ्न सक्छ । जाडो मौसममा कोरोनाको जोखिम बढ्ने स्वास्थ्य विद्ले बताइरहेका छन् । यस्तो अवस्थामा तपाई हामी आजै देखि सचेत हुनुपर्ने जरुरी देखिएको छ । विगत नौ महिना देखि बन्द स्कुल कलेज खोल्न सक्ने वातावरण पूर्ण रुपमा बन्न सकेको अवस्था छैन । पहुच र सुगम ठाउँका विद्यार्थीहरुले मात्र भर्चुअल कक्षाको उपयोग गरिरहेका छन् दुर्गम र विपन्न वर्गका विद्यार...
विश्वभरमा कोरोनाका ७ करोड ६८ लाख १ हजार ५ सय ४९संक्रमित, ज्यान गुमाउनेको संख्या १५ लाख ८७ हजार ४ सय ६२

विश्वभरमा कोरोनाका ७ करोड ६८ लाख १ हजार ५ सय ४९संक्रमित, ज्यान गुमाउनेको संख्या १५ लाख ८७ हजार ४ सय ६२

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभरमा कोरोनाका ७ करोड ६८ लाख १ हजार ५ सय ४९ पुगेको छ। गत २४ घण्टामा थपिएका ६ लाख ५९ हजार ९ सय ४२ गरी संक्रमितको संख्या ७ करोड ६८ लाख बढी भएको हो। गत २४ घण्टामा १२ हजार बढीले ज्यान गुमाएका छन्। अमेरिकामा २ हजार ८७ सय ७६ ले गत २४ घण्टामा ज्यान गुमाउनु प¥यो। योसँगै विश्वमा ज्यान गुमाउनेको संख्या १५ लाख ८७ हजार ४ सय ६२ पुगेको छ। कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ। विश्वभरमा हालसम्म ४ करोड ९१ लाख २९ हजार ३ सय ९३ पुगेको छ। भारतमा सबैभन्दा बढी ९२ लाख ९० हजार १ सय ८८ ले कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। हालसम्म १ करोड ६० लाख २२ हजार ९ सय ६४ संक्रमित रहेको अमेरिकामा ९३ लाख २८ हजार ८ सय ६९ जनाले कोरोना जितेका छन् भने भारतमा ९७ लाख ९६ हजार ९ सय ९२ कोरोनाका संक्रमित भए पनि ३ लाख ६४ हजार ५ सय ८२ मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन्। अमेरिका...
कोरोनाभाइरस खोपको मूल्य सार्वजनिक

कोरोनाभाइरस खोपको मूल्य सार्वजनिक

समाचार, स्वास्थ्य
कोरोनाभाइरस महामारी फैलिएसँगै विश्वभर कोरोनाको भ्याक्सिन (खोप) को खोजी सुरु भयो । विश्वव्यापी महामारीसँगै सबैजसो देशमा सुरु भएको खोपमध्ये विश्वमा अहिले कहि खोपको सफल परीक्षण भएर सर्वसाधारणमा वितरण गर्ने तयारी समेत गरिएको छ ।  खासगरी अहिले विश्वमा ४ वटा खोप बढी चर्चित छन् । अमेरिकी कम्पनीहरु मोर्डना र फाइजर बायोटेक, बेलायती कम्पनी अक्सफोर्ड अष्ट्रेजेनिक तथा रुसको स्पुतनिक खोपको सफल परीक्षण भएको दाबी गरिएको छ । ती खोपहरु अब आम रुपमा वितरण गर्न योग्य भएको बताइएको छ ।  सम्बन्धित देशका कम्पनीहरुले खोपको सफल परीक्षण भएको बताइरहँदा ती कम्पनीहरुले खोपको मूल्य समेत सार्वजनिक गरेका छन् । जसअनुसार बेलायतको अक्सफोर्ड–अष्ट्रेजेनिक खोपको मूल्य सबैभन्दा सस्तो रहेको पाइएको छ । सो खोप एक डोजका लागि ३ देखि ४ डलर पर्ने अनुमान गरिएको छ ।  त्यस्तै रुसी स्पुतनिक खोपको १० डलर मूल्य तोकिए...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना  संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ। मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै सक्रमणका कारण निधन हुनेको संख्या १ हजार ६६घ पुगेको मन्त्रालयले जनाएको छ। ...