शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि

 नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै सक्रमणका कारण निधन हुनेको संख्या १ हजार ६६घ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *