आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

जर्मनीमा कडा प्रकारको लकडाउन बुधबारदेखि,फ्रान्समा रात्रिकालीन कर्फ्यू

जर्मनीमा कडा प्रकारको लकडाउन बुधबारदेखि,फ्रान्समा रात्रिकालीन कर्फ्यू

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
इसाइहरुको महान चाड क्रिसमस र नयाँ वर्ष नजिकिँदै जाँदा कोरोना संक्रमणको दर पुनः बढ्न थालेपछि फ्रान्सले दोस्रो चरणको लकडाउनका क्रममा रात्रिकालीन कर्फ्यूसमेतको निर्णय गरेको छ । जर्मनीमा कडा प्रकारको लकडाउन बुधबारदेखि लागू गरिनेछ । राती ८ बजेदेखि बिहान ६ बजेसम्म आवश्यकबाहेकका नागरिकलाई घरबाट बाहिर निस्कन अनुमति दिइएको छैन । क्रिसमसको पूर्वसन्ध्यामा यो नियममा केहि छुट हुनेछ तर नयाँ वर्षको पूर्वसन्ध्यामा लागू हुने छैन । बार र रेस्टुरेन्टहरु कम्तिमा २० जनवरीसम्म बन्द रहनेछन् । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या मंगलबार ७ सय ९० थपिएर जम्मा ५९ हजार ७२ पुगेका छन् । फ्रान्सका नागरिकले दिउँसोको समयमा घरबाट निस्कन आवश्यक कागजपत्र देखाउनु नपर्ने भएको छ । तर दैनिक ५ हजार संक्रमण हुनु र त्यसको दर दिनदिनै दुईगुणा बढ्नुले रातीको समयमा कर्फ्यू लगाउने र सडकमा प्रहरी चेकिङ÷...
थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
मंगलबार नेपालमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७३० पुगेको छ। यस्तै हालसम्म ४५७ जना क्वारेन्टिनमा रहेका छन् । ...
नेपालमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 सोमबार नेपालमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ । पछिल्लो २४ घण्टामा ८ सय ४२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७१६ पुगेको छ। यस्तै हालसम्म ४७१ जना क्वारेन्टिनमा रहेका छन् । ...
अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुने

अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुने

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुने भएको छ। फाइजर तथा बायोएनटेकले तयार पारेको खोपलाई शनिबार अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए० ले स्वीकृति दिएको थियो । खोपको पहिलो ३० लाख डोज सबै राज्यमा पु¥याइनेछ । यो खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ । खोप सुरक्षित तरिकाले सबै राज्यमा पु¥याइने अमेरिकी अधिकारीहरुले बताएका छन् । ...
नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६९८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ५०० रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । अहिलेसम्म नेपालमा १८ लाख ३१ हजार ४१ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५१६ रहेको छ । ...
चिसो मौसमः आफ्नो सुरक्षा आफै गरौं

चिसो मौसमः आफ्नो सुरक्षा आफै गरौं

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय विगत नौ महिना देखि नेपालमा फैलिएको कोरोना संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । यसले आम नागरिकलाई आक्रान्त बनाई रहेको छ । नेपालमा जाडो मौसम सुरु भैसकेको छ । यो समयमा चिसोका कारण रुघा, खोकी, निमोनिया जस्ता रोगहरुको प्रकोप बढ्ने गर्दछ । यस्तो मौसममा विशेष गरी बालबच्चा र वृद्धवृद्धा हरुलाई रोगले छिटो आक्रमण गर्ने हुँदा विशेष सावधानी अपनाउनु पर्र्ने जरुरी देखिन्छ । यस्तो अवस्थामा तपाई हामी सावधानी पूर्वक कोरोना संक्रमण हुनबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ यो नै मानवीय धर्म र कर्तब्य हो । सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणको अवस्थामा नपुग्दै बढी भीडभाड हुने क्षेत्र खुला गर्न थालेको छ ।यस्तो अवस्थामा आफ्नो सुरक्षा आफै गरौँ यो भन्दा अर्काे कुनै विकल्प छैन । नेपालमा दोस्रो चरणको संक्रमण बढ्नसक्ने चेतावनी विज्ञले दिएका छन् ।यस्तो जोखिम पूर्ण अवस्थामा पनि सरकारले बिनातय...
कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताए

कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बीबीसी। कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्। अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए। यो विधिअन्तर्गत एमआरआई स्क्यानका बेला जिनन नामक ग्यास प्रयोग गरेर चित्र बनाउँदा फोक्सोमा क्षति देखिएको हो। फोक्सोका विज्ञहरूका अनुसार फोक्सोमा परेको दीर्घकालीन असर पत्ता लगाउने परीक्षणले कोभिड-१९ का बिरामीहरूलाई धेरै फरक पार्छ। जिनन विधिमा बिरामीको एमआरआई गर्दा उक्त ग्यासमिश्रित सास तान्न लगाइन्छ। सो विधिको अगुवाइ गरिरहेका प्राध्यापक फर्गस ग्लीसनले १९ र ६९ वर्ष उमेरबीचका १० जना बिरामीमा परीक्षण गरेका थिए। तीमध्ये आठ जनाले सङ्क्रमित भएको तीन महिना बितिसक्दा पनि निरन्तर स्वाँस्वाँ आएको अनि थ...
विश्वभरमा कोरोनाका ७ करोड २० लाख ८९ हजार ७ सय ६२ संक्रमित

विश्वभरमा कोरोनाका ७ करोड २० लाख ८९ हजार ७ सय ६२ संक्रमित

समाचार, स्वास्थ्य
विश्वभरमा कोरोनाका ७ करोड २० लाख ८९ हजार ७ सय ६२ पुगेको छ। गत २४ घण्टामा थपिएका ६ लाख ३५ हजार ५ सय ६८ गरी संक्रमितको संख्या ७ करोड २० लाख बढी भएको हो। गत २४ घण्टामा १० हजार बढीले ज्यान गुमाएका छन्। अमेरिकामा २ हजार ३ सय ९ ले गत २४ घण्टामा ज्यान गुमाउनु प¥यो। योसँगै विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख १० हजार ८ सय २० पुगेको छ। कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ। विश्वभरमा हालसम्म ५ करोड ४ लाख ८० हजार ६ सय ७६ पुगेको छ। भारतमा सबैभन्दा बढी ९३ लाख ५६ हजार ८ सय ७९ ले कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। हालसम्म १ करोड ६५ लाख ४९ हजार ३ सय ६६ संक्रमित रहेको अमेरिकामा ९६ लाख ४४ हजार ३ सय २५ जनाले कोरोना जितेका छन् भने भारतमा ९८ लाख ५७ हजार ३ सय ८० कोरोनाका संक्रमित भए पनि ३ लाख ५७ हजार ४ सय ४६ मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन्। अमेरिकामा...
चिसोको कारणले जोर्नी दुखाइलाई बढाउन प्रोत्साहन गर्छ

चिसोको कारणले जोर्नी दुखाइलाई बढाउन प्रोत्साहन गर्छ

समाचार, स्वास्थ्य
चिसोको कारणले जोर्नी दुखाइलाई बढाउन प्रोत्साहन गर्छ । चिसोले जोर्नी दुख्ने होइन तर, जोर्नी दुखेको व्यक्तिहरुलाई चिसोले दुखाई बढाउने हो । व्यायमहरु नियमित रुपमा गर्यो भने जोर्नी दुखाई ठिक पार्न सकिन्छ । चिसोको समयमा जोर्नी दुख्ने बिरामीहरुले न्यानोपन अपनाउनु जरुरी हुन्छ । जोर्नी दुखाई भन्नाले गर्धन , कम्मर, घुंडा दुख्ने बुझिन्छ । जोर्नी विभिन्न कारणहरुले दुख्न सक्छ । रोगको प्रकृति फरक किसिमको हुन्छ तर, त्यो बाहेक गर्दन र कम्मर एकचोटी दुखिसकेपछि नसा च्यापिने समस्या हुन्छ । ढाडको दुईवटा हड्डीकोबीचमा एउटा कुरकुरे हड्डी हुन्छ हुन्छ जुन जेलीले भरिएको हुन्छ त्यसले नशामा बढी तनाब दियो भने यस्ता समस्या हुने गर्छ । विशेषगरी टेबलमा लामो समय बस्दा यो दुखाई उत्पन्न हुन्छ । त्यस्तै जोर्नीलाई तनाब हुने कामहरु जस्तै भारीहरु उठाउँने, लामो समयसम्म मोबाइलहरु चलाउने, कम्प्यूटरमा लामो बस्ने, लामो समय...
नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
शनिबार नेपालमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६५९ पुगेको छ। यस्तै हालसम्म ५१९ जना क्वारेन्टिनमा रहेका छन् । ...