काठमाडौं । अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुने भएको छ।
फाइजर तथा बायोएनटेकले तयार पारेको खोपलाई शनिबार अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए० ले स्वीकृति दिएको थियो ।
खोपको पहिलो ३० लाख डोज सबै राज्यमा पु¥याइनेछ । यो खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ ।
खोप सुरक्षित तरिकाले सबै राज्यमा पु¥याइने अमेरिकी अधिकारीहरुले बताएका छन् ।
