आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

बस दुर्घटना हुदा एक जनाको मृत्यु, २५ जना घाइते

बस दुर्घटना हुदा एक जनाको मृत्यु, २५ जना घाइते

समाचार, समाज
नवलपुर , पुस ५ । आज बिहान नवलपुरको कावासोतीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । काकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ४ ख ७०४६ नम्बरको बस झिनकी भणरिनिया खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको मृत्यु भएको छ । घाइते मध्ये चार जनाको अवस्था अझै चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरुले जनाएको छ । घाइतेहरुको भरतपुर, बुटवल र स्थानीय मेडिकल हलहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
चोरीको अभियोगमा पक्राउ परेर त्रिशूलीमा बेपत्ता भएका मैते  तामाङको खोजी कार्य तीव्र

चोरीको अभियोगमा पक्राउ परेर त्रिशूलीमा बेपत्ता भएका मैते तामाङको खोजी कार्य तीव्र

अपराध, समाचार, समाज
रसुवा, पुस ५ । चोरीको आरोपमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाउँपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोलीसहित तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा खोजी कार्य सुरु गरिएकोे छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको आरोपमामा पक्राउ परेका चारमध्ये १९ वर्षीय मैते तामाङ भाग्ने क्रममा बुधबार अपरान्ह त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जनाए । माथिल्लो त्रिशूली थ्री ‘ए’को निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका तामाङसहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीमाथि अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएकामा किस्पाङ–५ स्थ...
पुस लागेसंगै तराईका जिल्लामा शीतलहर बढ्यो , जनजीवन प्रभावित

पुस लागेसंगै तराईका जिल्लामा शीतलहर बढ्यो , जनजीवन प्रभावित

समाचार, समाज
वीरगञ्ज, पुस ४ । तराईका जिल्लाहरुमा शीतलहर चल्ने क्रम सुरु भएको छ । अत्यधिक चिसो र शीतलहरका कारण त्यहा्को जनजीवन प्रभावित हुन थालेको छ । पर्साको वीरगञ्जमा जाडो बढेसंगै तापक्रम एक्कासी झरेर ७ डिग्री सेल्सियससम्म पुगेको छ । शीतलहर, हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् जसको कारण जनजीवनमा निकै कष्ट भएको देखिन्छ । बजार क्षेत्र लगभग सुनसानजस्तै देखिएका छन भने चिसो छल्न चोकचोकमा आगो बालेर ताप्दै गरेका सर्वसाधारण देख्न पाईन्छ । पुस लागेसंगै एक्कासी बढेको चिसोका कारण श्वास प्रश्वासको समस्या भएका विरामीको संख्यासमेत बढेको अस्पतालहरुले जनाएका छन् । अत्यधिक चिसोका कारण श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या समेत निकै नै बढेको देखिन्छ । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक धेरै नै प्रभावित भएका छन ।...

गुल्मीको छापहिलेमा एक ८८ वर्षीया बृद्धा बलात्कृत

अपराध, समाचार, समाज
गुल्मी, पुस-०३ । गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा एक बृद्दा बलात्कृत भएकि छिन । सोमबार दिउँसो १६ वर्षका एक किशोरले ८८ वर्षीया वृद्धालाई घरमै बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जनाए ।...
पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार किरण अधिकारीलाई  सम्मान प्रदान

पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार किरण अधिकारीलाई सम्मान प्रदान

समाचार, समाज
काठमाडौं, पुस-०३ । पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार किरण अधिकारी सम्मानित भएका छन । बिगत लामो समय देखि मोफसलमा रहेर नेपाली कला संगीत र चलचित्र क्षेत्रको बिकास, बिस्तार तथा नव कलाकारहरुको खोजी गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत पुर्याएको योगदानको कदर गर्दै पत्रकार किरण अधिकारीलाई सम्मान गरिएको छ । पीम नेपालद्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फ्लिम फेस्टिभलको उद्घाटन समारोहमा अधिकारी सम्मानित भएका हुन् । फेस्टिभल उद्घाटनको अबसरमा आयोजित एक विशेष समारोहविच गणतन्त्र नेपालको प्रथम उपरास्ट्रपति परमान्नद झाले अधिकारीलाई सम्मानित गर्नु भएको हो । मोफसलमा रहेर नेपाली पत्रकारिता क्षेत्रको बृहत्तर बिकासको लागि पुराएको योगदानको समेत कदर गर्दै अधिकारीलाई पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरिएको आयोजक समितिको अध्यक्ष कमाल जोसीले बताउनुभयो । पत्रकार अधिकारी स...
निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

समाचार, समाज
काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । आजको नयाँ पत्रिकामा यो खबर छ, प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निष्कर्ष निकालेको छ । सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निष्कर्ष छानबिन समितिको छ । केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले राय दिएको छ । खासगरी घटनास्थलमा खटिने मुचुल्का बनाउने टिम र अनुसन्धान अधिकृतलाई अधिकतम सजाय हुने एक...
छोराले कोदालो प्रहार गरेर आमाको हत्या, दुई छिमेकी गम्भीर घाइते

छोराले कोदालो प्रहार गरेर आमाको हत्या, दुई छिमेकी गम्भीर घाइते

अपराध, समाचार, समाज
दैलेख, पुस २ । दैलेख जिल्लाको नारायण नगरपालिका–६ मा पालाराम नेपालीले सोमबार कोदालो ले प्रहार गरी आफ्नै आमा पार्वती नेपालीको हत्या गरेका छन् । साधारण घरायसी झगडा्को क्रममा आवेशमा आएर पालारामले कोदालो ले प्रहार गर्दा टाउकोमा चोट लागेकी ४५ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । झगडा छुट्याउन गएका छिमेकी मन्दरी नेपाली र कौसिला नेपाली पनि गम्भीर घाइते भएका भएका थिए । उनीहरुको भने जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पालारामलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा राखिएको छ । ...
भारतमा १० किलो चरेससहित नेपाली नागरीक पक्राउ

भारतमा १० किलो चरेससहित नेपाली नागरीक पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुष-०२। छिमेकी राष्ट्र भारतको सिद्धार्थनगर जिल्लमा १० किलो चरेससहित एक नेपाली नागरीक पक्राउ परेका छन् । भारतिय एसएसबीका जवानहरुले गस्ती गर्ने क्रममा आईतबार दिउँसो विशेष सूचनाको आधारमा महादेव बुजुर्ग रेलवे स्टेशनमा चेकजाँचको क्रममा उनको झोलाबाट १० किलो चरेस बरामद भएको जनाएको छ । बरामद भएको चरेसको अनुमानित मूल्य अन्तर्राष्ट्रीय बजारमा २ करोड़ रुपैयाँ पर्ने समेत जनाईएको छ । भारतीय एसएसबीका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नो नाम सोमदत्त कोहार र ठेगाना कृष्णनगर नगरपालिका–५ डबरा बताएको जनाएका छन् । ...
सप्तरीको तिलाठीमा आगलागी हुँदा २० लाख मूल्य बराबरको क्षति

सप्तरीको तिलाठीमा आगलागी हुँदा २० लाख मूल्य बराबरको क्षति

समाचार, समाज
राजविराज, पुस २ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीमा सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर करिव २० लाख मूल्य बराबरको क्षति भएको छ । विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिएर उनको घर गोठ जलेर नष्ट हुनका साथै ४ वटा पशु चौपाया समेत जलेर मरेका छन । आगलागीबाट रायका छिमेकीहरु नागेश्वर राय, बब्लु भनिने किसुन राय, अजयकुमार राय, रामचन्द्र राय र अहिल्यदेवी रायको १/१ वटा घर तथा २२ वटा पशु चौपाया, अन्नपात, गरगहना, नगद, लत्ताकपडा, फर्निचर लगायतका सरसमान समेत जलेर नष्ट भएको प्रहरीले जनाए । आगलागी भएको ४ घण्टापछि वारुणयन्त्र, स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ...
लागुऔषध माफिया रुपन्देहीमा रङ्गेहात पक्राउ

लागुऔषध माफिया रुपन्देहीमा रङ्गेहात पक्राउ

अपराध, समाचार, समाज
रुपन्देही, पुस ०१ । रुपन्देहीमा विगत लामो समयदेखि लागु औषध विक्रिवितरण ओसारपसारमा संलग्न गिरोहमध्येका एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का २७ वर्षीय दुर्गाप्रसाद चौधरी रहेका छन् । उनलाई सिद्धार्थनगर नगरपालिकास्थित गल्लामण्डीबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट दुई/दुई एमएलको ३ हजार थान लागु औषध, एक/एक हजार पिस डाईजोपाम, नुफिन र फेनारगन बरामद भएको छ । यसको बजार मूल्य लगभग १५ लाख पर्न जाने प्रहरीले जनाएको छ । चौधरीले स्याउको पेटीमा लागु औषध राखेर जिल्ला बाहिर पठाउन लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जनाए । प्रहरीले चौधरीसँगै काम गर्ने अन्य दुई जनाको पनि खोजी भईरहेको जनाएको छ ।...