आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

पूर्व क्षेत्रको पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले पुसमा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु हुने

पूर्व क्षेत्रको पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले पुसमा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु हुने

आर्थिक, समाचार, समाज
काठमाडौं, मंसिर १८ । पूर्व क्षेत्रको पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई समेटेर मेची अञ्चलस्तरीय पर्यटन महोत्सव गर्न लागिएको जानकारी दिएको छ । आगामी पुस ५ गतेदेखि पुस १५ गतेसम्म महोत्वस आयोजना गरिने बताइएको छ । सिक्किम र पश्चिम बंगालसहितका लगभग १ लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तथा २ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य आयोजकको रहेको छ । मेची अञ्चलको सम्पुर्ण जिल्लको सांस्कृतिक, आर्थिक र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मेची पहाडि क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौलारीले जानाए । ‘समृद्धिको आधार हाम्रो पर्यटन...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आर्थिक मस्यौदा समितिले आज प्रतिवेदन पेश गर्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आर्थिक मस्यौदा समितिले आज प्रतिवेदन पेश गर्ने

आर्थिक, समाचार
काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज चलिरहेको छ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पाँच दिनदेखि जारी बैठकमा प्रस्तावित विधान मस्यौदामाथि विस्तृत छलफल चल्दै छ । विधान मस्यौदामाथि केन्द्रीय सदस्यहरुले विभिन्न सुझाव दिने कार्यक्रम जारी छ । यही आउँदो मंसिर २८ गतेबाट काठमाडौंमा बस्ने महासमितिको बैठकमा पेश गरिने पार्टीको विधानलाई एकमत बनाउनको निम्ति केन्द्रीय सदस्यहरुले विभिन्न सुझाव दिइरहेका छन् । कांग्रेस महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले फरक मतसहितको विधान मस्यौदा मंसिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए । मस्यौदामाथि टिप्पणी गर्ने सदस्यहरुको संख्या बढ्दै गएपछि छलफल पनि लम्बिँदै गएको छ । आज बस्ने केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको आर्थिक मस्यौदा समितिले प्रतिवेदन पेश गर्...
मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

समाचार, समाज
विराटनगर, मंसिर १८ । आज बिहान ३ बजे को१९प ४४७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिदा एकजनाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका- ६ स्थित हाटखोला बजारमा भएको उक्त दुर्घटनामा परि अर्का एकजना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार उर्लाबारी नगरपालिका- ६ कै २५ वर्षीय अमित धिमाल हुन । उपचारको क्रममा उनको अरनिको अस्पतालमा बिहान सवा ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अर्का घाइते भएका ३० वर्षीय मोटरसाईकल चालक बोरीस धिमालको भने नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान ३ बजे को१९प ४४७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमै पल्टिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।...
मिस एण्ड मिसेस ब्युटिफुल नेपालको पहिलो अडिसन सम्पन्न, उत्साहजनक सहभागिता अर्को अडिसन २८ मंसिरमा

मिस एण्ड मिसेस ब्युटिफुल नेपालको पहिलो अडिसन सम्पन्न, उत्साहजनक सहभागिता अर्को अडिसन २८ मंसिरमा

मनोरन्जन, समाचार
मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करणको पहिलो अडिसनमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको छ । दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस ब्युटिफुलमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको हो । अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ भने दोस्रो अडिसन २८ मंसिरमा हुँदैछ । ‘पहिलो अडिसनमा सहभागीहरुको उत्साहजनक सहभागिता रह्यो, अब दोस्रो अडिसनको तयारीमा छौं’, आयोजक सँस्थाका अध्यक्ष टेकराज पाण्डेले भने । उनका अनुसार पहिलो अडिसनबाट २० जना प्रतिस्प्रधिलाई छनोट गरिएको छ ।   प्रतियोगिताको निर्णयक मण्डलमा गायक यमन श्रेष्ठ, सञ्चारकर्मी विकाश थपलिया, कलाकार निराजन थापा, रश्मि भट्ट, राज लुइटेल र संगीता बस्याल मिस व्युटिफूल नेपाल २०१८ रहेका थिए । प्रतियोगिताको फाइन भने माघ १२मा राजधानी...
सुनसरी जिल्लाको दक्षिणी भेगमा प्रहरीको विशेष सुरक्षा दस्ता परिचालन

सुनसरी जिल्लाको दक्षिणी भेगमा प्रहरीको विशेष सुरक्षा दस्ता परिचालन

अपराध, समाचार, समाज
सुनसरी, मंसिर-१८ । हत्याहिंसाका शृंखलाबद्ध घटना बढ्दै गएपछि सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा अधिकारसम्पन्न विशेष सुरक्षा दस्ता परिचालन गरिएको छ । मुस्लिम समुदायका दुई अगुवाको लागतार हत्या भए पश्चात प्रहरीले अधिकारसम्पन्न सुरक्षा दस्ता गोप्य रूपमा परिचालन गरेको हो । सीमावर्ती क्षेत्रमा हत्याहिंसा गरेर अपराधी फरार हुने र साना हात हतियार तथा लागुऔषधको पनि कारोबार बढ्न थालेसंगै विशेष सुरक्षा दस्ता सुरु गरिएको प्रहरीले जनाएको छ । प्रदेश नं. १ प्रहरी उच्च स्रोतका अनुसार ती सुरक्षाकर्मीलाई आवश्यक परे ठाउँको ठाउँ गोली हान्नेसम्मको अधिकार प्रदान गरिएको छ । सुनसरीका जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले साना हतियारको बढ्दो प्रयोगसँगै चुनौतीपूर्ण बनेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको जानकारी दिए । चेकजाँच र अनुसन्धानका क्रममा बाधा अड्चन आए प्रहरीले आफ्नो अधिकार प्रयोग ...
नेपाली सुन्दरी श्रृंखला खतिवडालाई ‘ब्यूटी विथ पर्पज’ अवार्ड

नेपाली सुन्दरी श्रृंखला खतिवडालाई ‘ब्यूटी विथ पर्पज’ अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर १८ । चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी शृङ्खला खतिवडाले ‘ब्यूटी विथ पर्पज’ अवार्ड हात पारिन । चीनको सान्यामा चलिरहेको प्रतियोगितामा शृङ्खलाले सहभागी कुल ११७ देशका सुन्दरीलाई पछि पार्दै सो अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नुपर्ने व्यवस्था अनुसार श्रृंखलाले आफ्नो गृह जिल्ला मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौैकी र अन्य बिभिन्न भौतिक संरचना बनाएकी थिइन् । उनी एक आर्किटेक्चर हुन् र त्यही ज्ञानको प्रयोग गरेर स्वास्थ्य चौकी तथा अन्य बिभिन्न भौतिक संरचना बनाएकी हुन् । यसअघि सन् २०१३ मा भएको प्रतियोगितामा नेपालकी प्रतिस्पर्धी इशानी श्रेष्ठले प्रोजेक्ट स्माइल मार्फत 'ब्यूटी विथ पर्पज' अवार्ड पाएकि थिइन् । साथै श्रृंखलाले भोटिङ मार्फत छानिने मल्टिमिडिया अवार्ड समेत जितिसकेकि छिन्...
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

आर्थिक, समाचार
काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ । यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२.३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा १५.७१ रुपैयाँले सस्तो हो । निगमलाई यो आथिर्क वर्षमा मात्र ३ अर्व ८४ करोड घाटा भइसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । खरिद मूल्य अत्याधिक बढेको बखतमा पनि नेपाल स...
मिस वर्ल्डको मल्टिमिडिया अवार्ड श्रृंखलाले जितिन्,अन्तिम ३० मा स्थान सुरक्षित

मिस वर्ल्डको मल्टिमिडिया अवार्ड श्रृंखलाले जितिन्,अन्तिम ३० मा स्थान सुरक्षित

मनोरन्जन, समाचार
काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो । बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् ।...
बलात्कारपछि  फरार भारतीय नागरिक प्रहरी हिरासतमा

बलात्कारपछि फरार भारतीय नागरिक प्रहरी हिरासतमा

अपराध, समाचार, समाज
पर्वत, मंसिर १७ । जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका एक भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूर्को रुपमा काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् । आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको आधारमा खोजी गर्दा सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा आलमलाई पक्राउ गरिएको हो । फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई फलेवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जनाए । प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त आलमले किशोरीलाई गएको साउन १७ गते दिउँसो २ः३० बजे अर्की एक महिलाको कोठामा र अन्य समयमा आफ्नै कोठामा पनि लला...
न्याय माग्दै सार्वजनिक सवारी साधनमा अभियान्ताले टाँसे  स्टिकर, पोस्टर

न्याय माग्दै सार्वजनिक सवारी साधनमा अभियान्ताले टाँसे स्टिकर, पोस्टर

समाचार, समाज
काठमाडौं, मंसिर १७ । कन्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका निम्ती न्याय माग्दै सोमबार लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको छ । ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका साना_ठुला स्टिकर र पोस्टरहरु टाँसिएको छ । काठमाडौंको गाेंगबुस्थित नयाँ बसपार्कमा पुगेर युवाहरुले स्वस्फूर्त रुपमा सवारी–साधनमा स्टिकर र पोस्टर टाँसेका हुन् । ‘निर्मला पन्तका निम्ति न्याय’ अभियानका एक अभियन्ता प्रितम सुवेदीले न्यायका लागि देशभरबाट आवाज उठाउन यो अभियान सुरु गरेको जानकारी दिए । सवारी–साधनका साथै टोलटोलमा समेत यो अभियान चलाएर सरकारलाई दबाब दिइने जनाए । यस्ता स्टिकर र पोस्टर छपाउन, बनाउनका लागि स्वस्फूर्तरुपमा सामाजिक सन्जालबाट रकम जम्मा भइरहेको पनि सुवेदीले बताए । केहि दिन अघि, ‘नयाँ युगको सुरुवात’ भन्दै प्रधानमन्त्री केपी शर्म...