आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

कसरी गर्ने सुरक्षित यौन सम्पर्क ? यस्तो छ सन्नी लियोनीको टिप्स !!

कसरी गर्ने सुरक्षित यौन सम्पर्क ? यस्तो छ सन्नी लियोनीको टिप्स !!

मनोरन्जन, समाचार
पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धलाई लिएर आफ्नो धारणा स्पष्ट पारेकी छिन् । हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको थियो कि 'शारीरिक सम्बन्धका बारेमा के सोच्छिन् ? के उनी सेक्सलाई सही मान्छिन् ? यी प्रश्नको जवाफ दिँदै सन्नीले भनेकी छिन्– यदी कुनै युवतीलाई बच्चा चाहिएको छैन् भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् । केहिले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको तयार छैन भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् । उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् । उनले भनिन्– शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् । उनले बच्चादेखि बुढा सम्मले पनि सेक्स गर्न सक्ने भनिन तर, त्यो सुरक्षित हुनुपर्ने उनको धारणा छ । विहेपछि मात्रै सेक्...
६ ओटा मोटरसाइकलमा तोडफोड तथा आगजनी

६ ओटा मोटरसाइकलमा तोडफोड तथा आगजनी

अपराध, समाचार, समाज
लमही, मंसिर १७ । दाङको राजपुर गाउँपालिका- ४, जहरेघाटमा ६ ओटा मोटरसाइकलमा तोडफोड तथा आगजनी गरिएको छ । गोरु तस्कर र स्थानीयबीच सामान्य बिषलाई लिएर विवाद हुँदा स्थानीयले मोटरसाइकलमा तोडफोद तथा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । स्थानीयवासीकाअनुसार गोरु तस्करी भइरहेका अवस्थामा गाउँलेले रोक्न खोज्दा भएको विवादले उग्र रुप लिएपछि स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा स्थानियवासीले तोडफोड तथा आगजनी गरेका हुन । यस विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले जनाए ।...
‘ओपेक’को सदस्यता त्याग्दै कतार

‘ओपेक’को सदस्यता त्याग्दै कतार

अन्तराष्ट्रिय, समाचार
दोहा, मंसिर १७ । कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको संगठन (ओपेक)को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । खाडि राष्ट्र कतारका ऊर्जामन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा आफूलाई ज्यादा केन्द्रित गर्ने घोषणा गरेका छन । काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको तथा तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुकमा पर्दै आएको छ । ‘हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन । हामी यथार्थपरक हुनैपर्दछ । हाम्रो क्षमता नै ग्यास हो’–मन्त्री साद अल–काबीले बताए । सन् १९६१ मा कतार ओपेकको सदस्य राष्ट्र भएको थियो । मन्त्री काबीले कतारको निर्णयको बारेमा ओपेकलाई पूर्वजानकारी दिइ सकेको जनाए...
नेपाल टेलिकम, डेढ महिनामा चारपटक समस्या

नेपाल टेलिकम, डेढ महिनामा चारपटक समस्या

समाचार, समाज
काठमाडौं, मंसिर-१७ । आइतबार दिउँसो करिव २ बजेदेखि सवा ५ बजे सम्म नेपाल टेलिकमका मोबाइल तथा ल्यान्डलाइन सेवामा समस्या देखियो । जसले गर्दा फोन लाग्दै नलाग्ने, लागेपनि आवाज नै नसुनिने, कुरा गर्दागर्दैै बीचमै कल काटिनेजस्ता धेरै समस्या टेलिकमका प्रयोगकर्ताले व्योहोर्नुपरेको थियो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको उपभोक्ता शाखाको तथ्यांकअनुसार पछिल्लो डेढ महिनाको अवधिमा हेर्दा टेलिकमको नेटवर्कमा हिजोसम्म गरी चारपटक यस्तो समस्या देखिएको छ । यसअघि पनि ४ मंसिरमा सिस्टमको समस्याका कारण टेलिफोन सेवा प्रभावित भएको कम्पनीले जानकारी दिएको थियो । त्यस्तै, आइतबार भने सुन्धारा क्षेत्रमा अप्टिकल फाइबर चुँडिँदा काठमाडौंका केही क्षेत्रमा सेवा अवरुद्ध हुन पुगेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनाईन  ।...
साथिसंग फोनमा कुरा गर्दै अमेरिकामा एक नेपालीले गरे आत्महत्या

साथिसंग फोनमा कुरा गर्दै अमेरिकामा एक नेपालीले गरे आत्महत्या

समाचार, समाज
साथीसँगको फोनमा कुरा हुदाहुदै कसैले आत्महत्या गर्न सक्ला ? साथिसंग फोन गरेर कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या नै गरेका छन् । सन्नीभेल सहरमा बस्दै आएका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरे । उनी नवलपरासी स्थायि घर भएर अमेरिका बस्दै आएका थिए । आत्महत्या गर्नुअघि गणेशले आफु नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको जानकारी दिएका थिए । परीक्षा दिन हतारमा तयारी गर्दै गरेकिन ती साथीले जिस्किएको ठानिन् । तैपनि बुझ्नको लागि आफ्नु एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिइन् । ‘ठट्टा सोच्दासोच्दै सत्य पो सावित भयो,’ उनका साथीले भने । गणेश हाइल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग रहदै आएका थिए । ती साथीहरूका अनुसार उनि अरू वेला पनि आत्महत्या गर्ने कुरा गरिरहन्थे । ‘अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिनँ भन्थ्य...
जिदान अब छिट्टै प्रशिक्षणमा फर्कने संकेत

जिदान अब छिट्टै प्रशिक्षणमा फर्कने संकेत

खेलकुद, समाचार
काठमाडौं, मंसिर १६। रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि दिलाउन सफल जिनेदिन जिदानले फेरि प्रशिक्षणमा फर्कने संकेत देखाएका छन् । रियललाई च्याम्पियन्स लिगको इतिहासमै ह्याट्रिक गर्दै लगातार तिनपटक उपाधी दिलाएको दुई दिनपछि नै प्रशिक्षकबाट उनले राजीनामा दिएका थिए । जिदानले अचानक रियल छाड्नुको कारण अहिलेसम्म कसैलाई केहि बताएका छैनन् । त्यसपश्चात जिदान कुनै पनि क्लबसँग अनुबन्धित भएका छैनन । तर, उनका छोरा इन्जो जिदानले भने आफ्नु पिता चाँडै नै प्रशिक्षणमा फर्कने जनाएका छन् । जिदान युनाइटेडमा जान सक्ने संकेत एकै क्लबमा लामो समय बस्न नहुने धारणा राख्ने जिदान अब भने इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुन सक्ने इन्जोले बताएका छन् । ‘सम्भवत बुबा (जिदान) म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुन सक्नुहुनेछ’, छोरा इन्जोल भने । अहिले इन्जो स्पे...
सिक्टा सिँचाइ आयोजनाको निर्माण नसक्दै कसरी भत्कियो नहर ?

सिक्टा सिँचाइ आयोजनाको निर्माण नसक्दै कसरी भत्कियो नहर ?

समाचार, समाज
काठमाडौं, मंसिर १६। राष्ट्रिय गौरवको भनिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य नसक्दै मूल नहर भत्किएपछि सम्पूर्ण काम अहिले रोकिएको छ । पानी पठाएर परीक्षण गर्ने क्रममा गत असारमा मूल नहर भत्किएको थियो । त्यसको कारण पत्ता नलाग्दाआझैसम्म निर्माण कार्य रोकिरहेको जनाइएको छ । गल्ती पत्ता नलाग्दा मूल नहरको बाँकी रहेको सम्पुर्ण काम ठप्प भएको छ । अहिले नहर भत्किनुको कारण पत्ता लगाउन इन्जिनियरिङ विज्ञ र माटो विशेषज्ञसँग छलफल तथा निरीक्षण भने भइरहेको छ । धेरै प्र्रयास गर्दा पनि गल्तीको कारण पत्ता लगाउन नसकिएको्ले पुल्चोक क्याम्पसका इन्जिनियर र अस्ट्रेलियन विज्ञलाई समेत निरीक्षण गरी समस्या पत्ता लगाउन अनुरोध गरिएको जनऐएको छ  । मूल नहरदेखि झन्डै ३० किलोमिटर दूरीमा समस्या देखिएको हो । त्यसमध्ये तीन किलोमिटर दूरीमा अझै बढी समस्या देखिएको छ तर कारण पत्ता नलागे सम्म मर्मत र सम्भारका कुनै काम अघि बढ...
पर्यटन ऐनको मस्यौदा चालीस वर्षपछि तयार गरिदै

पर्यटन ऐनको मस्यौदा चालीस वर्षपछि तयार गरिदै

आर्थिक, समाचार
काठमाडौं, मंसिर १६। आफ्नो होटेल परिसरमा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनुपर्ने जुनसुकै प्रकारको राजस्व नतिरेमा सम्बन्धित होटेलले बेहोर्नुपर्ने प्रावधानसहित नयाँ पर्यटन ऐनको मस्यौदा तयार गरिएको छ । सरकारले पहिलोपटक क्यासिनोलाई समेत ऐनमा समेटेर नयाँ ऐनको प्रारम्भिक मस्यौदा बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘संघीय पर्यटन विधेयक, २०७५’ संसदको यहि अधिवेशनमा प्रस्तुत गर्ने योजना भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जनाए । सरकारले ४० वर्षपछि पुरानो पर्यटन ऐन विस्थापित गरी नयाँ ऐन ल्याउन लागिरहेको छ । आज सम्म पर्यटन ऐन २०३५ ्नै कार्यान्वयनमा छ । उक्त ऐन हालसम्म ५ पटकसम्म संशोधन भइसकेको छ । अहिले देशभर सञ्चालित क्यासिनोहरूको क्यासिनो नियमावली,२०७० मार्फत मात्रै नियमन भइरहेको छ । पछिल्लो समय क्यासिनोले नियमसंगत राज्यलाई कर त...
काठमाडौं घोषणापत्र जारी गर्दै एसिया प्यासिफिक सम्मेलन आज सम्पन्न हुने

काठमाडौं घोषणापत्र जारी गर्दै एसिया प्यासिफिक सम्मेलन आज सम्पन्न हुने

राजनीति, समाचार
काठमाडौं, मंसिर १६। काठमाडौं घोषणापत्र जारी गर्दै एसिया प्यासिफिक सम्मेलन आज सम्पन्न हुँदैछ । काठमाडौंको होटल हायातमा चलिरहेको एसिया प्यासिफिक सम्मेलनमा सहभागी देशका प्रतिनिधिहरुबीच आज दुई वटा सेसनमा विविध छलफल हुँदैछ । पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र जारी गर्दै छन् । त्यसैगरी दोस्रो सेसनमा शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने जनाइएको छ । त्यसपश्चात काठमाण्डौ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने बतऐएको छ । सम्मेलनमा सहभागी हुनका लागि बिभिन्न सात देशका प्रतिनिधि अहिले काठमाडौंमा रहेका छन् । सम्मेलनको समापन भने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाईएको छ । यसैबीचमा प्रधानमन्त्री ओली दम्पती सहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई संसारभरी पवित्र आमा भनेर चिनिने डा. हाक जा हान मुनले आशिर्वाद दिन...
पूर्वाञ्चल राईजिङ मोडल, २०१८ को ग्रान्ड फिनाले यहि मंसिर २२ गते कन्काई पार्टी प्यालेसमा हुने

पूर्वाञ्चल राईजिङ मोडल, २०१८ को ग्रान्ड फिनाले यहि मंसिर २२ गते कन्काई पार्टी प्यालेसमा हुने

मनोरन्जन, समाचार
थ्रि डि ईभेन्ट एण्ड मेडिया हाउस प्रालिको प्रस्तुतीमा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरु लक्षित गरी आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनाले यहि मंसिर २२ गते कन्काई पार्टी प्यालेसमा हुने भएको छ। विर्तामोडमा सोराठी डान्स सेन्टर र ईटहरीस्थित नागी डान्स सेन्टरको हलमा कार्यक्रममा सहभागि प्रतिस्पर्धीहरुलाई केहि साता यता तालिम प्रदान गरिदै आएको कोरियोग्राफर के.डी.भट्राईले जानकारी दिए । प्रतियोगिताको फोटो ग्राफी एम के फोटो स्टुडियो गरिरहेको जनाईएको छ। यस सौन्दर्य प्रतियोगिता मार्फत केन्द्रिकित रूपमा काठमाण्डौमा मात्र सन्चालन हुने सौन्दर्य प्रतियोगितामा भाग लिन नसकि निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरु तथा पुरूषहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउन...