मोदी सरकारको अहमले भारतसँग नेपाल र नेपाली जनता टाढिए : भारतीय कांग्रेस नेता अहमद
नयाँ दिल्ली, पुस ३ ।
भारतको विपक्षी दल कांग्रेस आइका वरिष्ठ नेता शकील अहमदले मोदी सरकारको अहंकारका कारण भारतसँग नेपाल र नेपाली जनता टाढिएको भन्ने आरोप लगाएका छन् ।
नेपालमा हालै १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोटमा लगाइएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले यसमा मोदी सरकारकै अहंकार नै मुख्य जिम्मेवार रहेको बताए । सोमबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भारत सरकारका अहंकारका कारण नेपालले भारतीय नोटमा प्रतिबन्ध लगाएको हो, यसको समाधानका लागि तत्काल सरकारले पहल गर्न आवश्यक छ ।’
पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका अहमदले ठूला दरका भारतीय नोटमाथि नेपालले लगाएको प्रतिबन्धका कारण सीमा क्षेत्रका नागरिकलाई समस्या भएको जनाए । ‘केन्द्र सरकारको अपरिपक्वता र कुटनीतिक क्षेत्रको खराब सोचका कारण छिमेकी मुलुक नेपालसँग हाम्रो सम्बन्धमा तनाब आएको छ,’ उनले भने, ‘केन्द्र सरकारले नेपाल र...









