आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

पूर्वी चितवनमा धारीलो हतियारले घोचेर महिलाको हत्या

पूर्वी चितवनमा धारीलो हतियारले घोचेर महिलाको हत्या

अपराध, समाचार, समाज
चितवन — १५, माघ । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको बताए । प्रारम्भिक विवरणमा थापाको हत्या भएको जनाइएको भए पनि विस्तृत विवरण आइनसकेको उनले बताए । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घटनाको वास्तविक विवरण आउन बाँकी रहेको बताए । घटनाको अनुसन्धानका लागि कुकुरसहित आफूसमेत जाँदै गरेको उनले बताए । घटनास्थलमा रहेकी राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले रातिमा हतियारले घोचेर हत्या गरिएको बताइन । घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरुरतापूर्वक हत्या गरिएको छ । परिवार...
सुर्खेतको भेरीगङ्गामा पाँच जुवाडे पक्राउ

सुर्खेतको भेरीगङ्गामा पाँच जुवाडे पक्राउ

अपराध, समाचार, समाज
सुर्खेत — १५, माघ । इलाका प्रहरी कार्यालय छिन्चुले गएराति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिकको कटेजको जुवाखालबाट पाँच जुवाडे पक्राउ गरेको छ । नगद रु ४१ हजार ९०० सहित उनीहरुलार्इ नियन्त्रणमा लिई कानूनबमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । त्यसैगरी प्रहरीले सोमबार लागुऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ राधाकृष्ण मन्दिर नजिकबाट १९ वर्षीय समित अन्सारीलाई पक्राउ गरेको छ । (रासस)...
झापाको बिर्तामोडबाट दुई जना लागुऔषध सहित पक्राउ

झापाको बिर्तामोडबाट दुई जना लागुऔषध सहित पक्राउ

अपराध, समाचार, समाज
झापा — १५, माघ । लागुऔषध बेचबिखन गर्ने दुई जनालाई बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–११ का ३५ वर्षीय विनोद श्रेष्ठ (प्रधान) र सोही स्थानका ३२ वर्षीय दिनेश प्रधान लागुऔषध सहित पक्राउ परेका छन् । लागुऔषध बेचबिखन गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली श्रेष्ठको खोजीमा निस्किएको थियो । श्रेष्ठको डेराको तलासी लिँदा ‘इस्काफ’ लेखेको भरी बोतल ३३ थान, ‘डायलेक्स–डिसी’ लेखेको भरी बोतल १३ थान, ‘नाइट्राभेट–१०’ लेखेको १९२ चक्की, डाईजेपाम, फेनागरन र लुपिजेसिक ७५ सेट बरामद गरिएकोको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषध बिक्रि वितरणमा संलग्न दुबैलाई झापा जिल्ला अदालत भद्रपुरबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।...
३३ किलो सुन तस्करीमा सघाउने कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

३३ किलो सुन तस्करीमा सघाउने कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

अपराध, समाचार, समाज
काठमाडौं — १५, माघ । ३३ किलो सुन तस्कर प्रकरणमा पक्राउ परेका त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयका रेडियो अपरेटरले १४ करोड भन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल निलम्बनमा परेका रेडियो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठविरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर भएको हो । उनले १४ करोड ६१ लाख २४ हजार चार सय ७८ रुपैयाँ अकुत आर्जन गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । उनकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा रहेको सम्पत्ति समेत गैर कानूनी रुपमा आर्जन गरेको भन्दै उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको छ । रेडियो अपरेटर श्रेष्ठलाई दुईवर्षअघि सिआईबीले पक्राउ गरी मुद्दा चलाएको थियो । ...
प्रधानमन्त्री निवास अगाडी नेविसंघको नारा जुलुस, कार्यकर्ता पक्राउ

प्रधानमन्त्री निवास अगाडी नेविसंघको नारा जुलुस, कार्यकर्ता पक्राउ

राजनीति, समाचार
काठमाडौं — १५, माघ । प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेट अगाडि नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार बिहान सिठ्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् । अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन, निर्मला पन्तको हत्यारालाई कारवाही गर्नुपर्ने लगायतका माग राख्दै विरोधमा उत्रिएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा सुशील भट्ट, गणेश सापकोटा, निरन्जन थापा, रमेश बस्ताकोटी लागयतका रहेका छन् । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) का लगभग २० जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर ट्रकमा हालेर लगेको थियो।...
यूएस बंगला जहाज दुर्घटनाको दोष पाइलटलाई, क्याप्टेन सुल्तान तनाव तथा भावनात्मक रूपमा विचलित रहेको प्रतिवेदनमा उल्लेख

यूएस बंगला जहाज दुर्घटनाको दोष पाइलटलाई, क्याप्टेन सुल्तान तनाव तथा भावनात्मक रूपमा विचलित रहेको प्रतिवेदनमा उल्लेख

समाचार, समाज
काठमाडौं — १५, माघ । चालकदलका चार सदस्यसहित ५१ जनाको ज्यान गएको यूएस बंगला विमान दुर्घटना जाँच गर्न गठन गरिएको आयोगले उक्त घटना हुनुमा मुख्य कारण विमानकै कमान्डर पाइलट अविद सुल्तानलाई दोषी देखाएको छ । २ घण्टा लामो उडानलाई अवतरण गराउने क्रममा फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको उक्त दुर्घटनामा विमानका ५२ वर्षीय क्याप्टेन सुल्तान तनाव तथा भावनात्मक रूपमा विचलित रहेको प्रतिवेदनमा उल्लेख छ । बमबार्डियर कम्पनीको क्यू–फोर–हन्ड्रेड विमानका प्रशिक्षक पाइलटसमेत रहेका उनलाई आफ्नै महिला सहकर्मीले आत्मसम्मानमाथि प्रश्न गरेकाले उनी दु:खी रहेको उल्लेख गरिएको छ । यो कुरा उनले ककपिटमा उडानका क्रममा छेउको कोपाइलट सिटमा बसेकी सहकर्मी पृथुला रसिदलाई सुनाएको अडियो दुर्घटना जाँच आयोगका सदस्यहरूले सुनेका छन् । उनकी सहकर्मीले बंगलादेशमै छँदा उनको क्षमता तथा प्रतिष्ठामा प्रश्न गरेको...
तीन महिनादेखि तलब नपाएपछि मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिए

तीन महिनादेखि तलब नपाएपछि मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिए

आर्थिक, समाचार
काठमाडौं — १५, माघ । तीन महिनादेखि तलब नपाएपछि मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिएका छन् । कम्पनीले एक महिनाको मात्रै तलब दिने बताएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका हुन् । ‘हामीले मंगलबार पनि बिहानदेखि नै काम रोकेर बसेका छौँ । तोडफोड नहोस् भनेर प्रहरीले हामीलाई घेरा हालेर राखेको छ’, खोटाङका ललित घलानले भने,‘नियमीत तलब नपाउँदा हामीलाई निकै समस्या भइरहेको छ ।’ डब्लूआरपी कम्पनीले हातमा लगाउने ग्लोब उत्पादन गर्छ । उत्पादिन ग्लोब अन्तर्राष्ट्रिय बजारमा जाने गरेको छ । श्रमिकले तलब नदिएर खानाको लागि टोकन कार्ड मात्रै उपलब्ध गराउदै आएको बताए । नेपाली जनप्रगतिशील मञ्चका पूर्व महासचिव अर्जुन सुवेदीले हड्तालमा उत्रिएका श्रमिकहरु कम्पनी परिसरमै रहेको बताए । उनले श्रमिक र दूतावासबिच समन्वय गरिरहेको बताए । श्र...
आईसीसीको एकदिवसीय क्रिकेट वरियता क्रममा नेपाल समावेश

आईसीसीको एकदिवसीय क्रिकेट वरियता क्रममा नेपाल समावेश

खेलकुद, समाचार
काठमाडौं — १५, माघ । युएई विरुद्धको एकदिवसीय क्रिकेट शृङ्खलामा जित हासिल गरेसँगै नेपाल एकदिवसीय क्रिकेट वरियता क्रममा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गएराति वरियताक्रम सार्वजनिक गर्दा नेपालले पहिलो पटक वरियता क्रममा स्थान बनाउन सफल भयो । आईसीसीले सार्वजनिक गरेको वरियताक्रममा नेपाल पुछारमा रहेको छ । आईसीसीको वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १ सय ५२ अंक रहेको छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा भने इङ्ल्याण्ड रहेको छ । उसको रेटिङ १२४ हुदा अंक भने ६,९३७ रहेको छ । आईसीसीको एकदिवसीय क्रिकेट वरियता क्रममा क्रमश भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा रहेका छन् । यस्तै, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान पनि शीर्ष १० भित्र अटाएका छन् । जिम्बावे ११औं स्थानमा रहदा आयरल्याण्ड १२औ...
निर्मला हत्या प्रकरणमा हामी निर्दोष छौँ : बम दिदीबहिनी

निर्मला हत्या प्रकरणमा हामी निर्दोष छौँ : बम दिदीबहिनी

अपराध, समाचार, समाज
काठमाडौं — १४, माघ । निर्मला पन्त हत्या प्रकरणमा शंकाको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि कारवाही गर्नुपर्ने माग गरे । मानव अधिकारकर्मीको झूठो प्रतिवेदन र सञ्चारमाध्यमले निर्मला पन्तको हत्यामा आफूहरुको संलग्नतालाई जोडेर समाचार सम्प्रेषण गरेका कारण आफूहरु मानसिकरुपमा पीडित भएको बम दिदीबहिनीले बताए। दिदी बविता बमले मानव अधिकारकर्मीको गलत प्रतिवेदन तथा सञ्चारमाध्यमको समाचारका कारण आफूहरुको चरित्र हत्या भएको भन्दै विद्यालय जान तथा हिँडडुल गर्ने अवस्थासमेत नभएको गुनासो गरिन्। बहिनी रोशनी बमले आफूहरु निर्दोष रहेको बताउँदै साथीको नाताले निर्मला पन्त गृहकार्...
मिस एण्ड मिसेज व्यूटिफूल,२०१९ को उपाधी सम्पदा र स्मिृती जिते

मिस एण्ड मिसेज व्यूटिफूल,२०१९ को उपाधी सम्पदा र स्मिृती जिते

मनोरन्जन, समाचार
काठमाडौं — १४, माघ । सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै ‘मस्ट टैलेन्ट र बेष्ट फोटोजेनीकको टाईटल’समेत प्राप्त गरिन । प्रतियोगितामा मिसतर्फ मनिषा पाण्डे फष्ट रनरअप, रुची पाण्डे सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ थर्ड रनरअप हुन सफल भए भने मस्ट पपुलर, फेसबुक च्वाईस, भियुर्स च्वाईस तथा बेष्ट एक्टिङको उपाधि गीता शर्माले हात पारिन । त्यसै गरी मिसेस तर्फको फस्ट रनरअपमा ज्योती पोख्रेल सेकेण्ड रनरअपमा ओविका बेल्वासे भईन भने बसुन्धारा बस्नेतले थर्ड रनरअप, मस्ट पपुलर तथा बेष्ट स्किन...