शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

समाचार

कञ्चनपुरको भीमदत्तनगर क्षेत्रको जनजीवन बन्दले प्रभावित

कञ्चनपुरको भीमदत्तनगर क्षेत्रको जनजीवन बन्दले प्रभावित

राजनीति, समाचार, समाज
कञ्चनपुर— १५, माघ । कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि विद्यार्थी सङ्गठनले मङ्गलबारदेखि कञ्चनपुर बन्द गर्दै आएका हुन् । बन्दका कारण बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन् भने भीमदत्तनगर बजार, शैक्षिक सङ्घसंस्था, उद्योग कलकारखानालगायतको कामकाजसमेत प्रभावित बनेको छ । महेन्द्रनगर नगर विकास समितिबाट भाडाका नाममा बजारको गुरुयोजना नै मिचेर सयौँ पक्की संरचना बनेपछि यहाँका विद्यार्थी र युवा सङ्घ÷सङ्गठन त्यसको विरोधमा उत्रेका हुन् । अवैध संरचना भत्काउन नमानेपछि आन्दोलन गर्नु परेको नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले बताउनुभयो । बन्दका कारण सयौँ यात्रु...
शहीदको योगदानको सम्मान गरौँ– मुख्यमन्त्री पौडेल

शहीदको योगदानको सम्मान गरौँ– मुख्यमन्त्री पौडेल

राजनीति, समाचार
हेटौँडा— १५, माघ । मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताउनुभएको छ । प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले निरङ्कुश व्यवस्था स्वीकार गरेर माफी माग्नुभन्दा प्रजातन्त्रका लागि हाँसीहाँसी जीवन त्याग गर्ने शहीदको योगदान अमूल्य भएकाले सम्मान गरिनुपर्ने उल्लेख गर्नुभयो । हेटौँडाको चर्चित शहीद स्मारकका संस्थापकसमेत रहनुभएका पौडेलले नेपाल निर्माण अभियान तथा नेपाल अङ्ग्रेज युद्धमा योगदान दिने भक्ति थापा एवं विभिन्न समयमा शहीद भएकाप्रति सम्मान व्यक्त गर्न स्मारक स्थापना गरिएको स्मरण गर्दै आज आफू मुख्यमन्त्री हुँदासमेत स्मारक व्यवस्थापनको जिम्मेवारी छाड्न मन नलागेको बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले नेपालमा स...
अब अधिकारका लागि कसैले शहीद हुनु पर्दैन: प्रधानमन्त्री ओली

अब अधिकारका लागि कसैले शहीद हुनु पर्दैन: प्रधानमन्त्री ओली

राजनीति, समाचार
काठमाडौं — १५, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताउनुभएको छ । प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ ।” मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने शहीदलाई सम्मान गर्न प्रधानमन्त्री ओली ल...
ललितपुर जिल्ला अदालतद्वारा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद फैसला

ललितपुर जिल्ला अदालतद्वारा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद फैसला

अपराध, समाचार, समाज
ललितपुर — १५, माघ । ललितपुर जिल्ला अदालतले बालिकालाई आपसी सहमतिमा यौन सम्पर्क गरेको एक मुद्दामा जबरजस्ती करणी ठहर्ने फैसला गरेको छ । अदालतले आश्राङका २३ वर्षीय दीपेन्द्र लोलाई १४ वर्षमुनिकी एक बालिकालाई जबरजस्ती गरेको ठहर गरेको हो । न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले उक्त मुद्दाको विस्तृत फैसला लेख्दै मुलुकी ऐन जबरजस्ती करणी महल बमोजिम ८ वर्ष कैद सजाय तोकेको हो । अदालतले गरेको फैसलामा वाग्मती गाउँपालिका–४ स्याउलेका लो र बालिकाबीच प्रेम सम्बन्ध रहेको र दुवैको सहमतिमा जेठ ५ मा यौन सम्पर्क गरेको उल्लेख छ । तर, यसबारेमा बालिकाका आफन्तले घटना घटेको ६ दिनपछि जाहेरी दरखास्त दिए । अदालतको बयानमा पनि बालिकाले आपसी सहमतिमा यौन सम्पर्क भएको बयान दिइन् । तैपनि लोलाई १४ वर्षमुनिकी बालिका भएकाले सजाय ठहर हुने भन्दै कैद सजाय तोकेको हो । फैसलाको निचोडमा दुवै दुर्गम गाउँमा बस्ने र कानुनी...
कति छन शहीद ? कहिले कति भए त शहीद घोषणा ?

कति छन शहीद ? कहिले कति भए त शहीद घोषणा ?

समाचार, समाज
काठमाडौं — १५, माघ । यही माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री...
नेशनल पावर न्युज म्युजिक अवार्ड,२०१९ को विभिन्न विधामा मनोनितलाई उत्कृष्टताको प्रमाण पत्र वितरण

नेशनल पावर न्युज म्युजिक अवार्ड,२०१९ को विभिन्न विधामा मनोनितलाई उत्कृष्टताको प्रमाण पत्र वितरण

मनोरन्जन, समाचार
काठमाडौं — १५, माघ । नेपालको पहिलो समावेशी संगीत अवार्डका रुपमा गत वर्षदेखि थालनी भएको नेशनल पावर म्युजिक अवार्ड पावर इन्टररनेशल मिडिया नेपाल -पिम नेपालको आयोजनामा कुल ५१ वटा विधामा पुरस्कार दिने गरी यहि माघ २४ गते राष्ट्रिय नाचघरमा सम्पन्न हुन गईरहेको छ भने सो अवार्डका विभिन्न विधामा मनोनयनमा परेकाहरुलाइ नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम सोमबार काठमाण्डौमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रमको उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई सोमबार नारायणहिटि दरबारको उत्तर ढोका स्थित किङ्स प्यालेस रोदी क्लवमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो । नेपालमा बोलिने विभिन्न भाषा भाषीको सम्मान गर्ने उदेश्यले गत वर्ष देखी आयोजना हुदै आईरहेको समावेशी अवार्डमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई सम्मान गरिने आयोजक पक्षले जनाएको छ । ...
महासंघ नेतृत्व हडप्न ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरि गोल्छाले चलेको चालले माथ खायो

महासंघ नेतृत्व हडप्न ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरि गोल्छाले चलेको चालले माथ खायो

आर्थिक, समाचार
काठमाडौं — १५, माघ । ज्ञानेन्द्रलाल प्रधानलाइ प्रयोग गरेर नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा अध्यक्ष बन्ने चाहना फेरि पनि अपुरो भएको छ । विधान संशोधन गरी बरिष्ठलाई सिधै अध्यक्ष बनाउने प्राबधान हट्ने पक्का पकी भएपछी बरिष्ठ उपध्यक्ष गोल्छाले ज्ञानेद्र लाल प्रधानलाई काडको उपयोग गरेको पाइएको छ । अहिलेको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रवधान रहेको छ । महासंघका अधिकांस सदस्य यो प्रवधान फेर्नुपर्ने बताउँदै आएका छन । यसको लागि विधान मस्यौदा समिति समेत गठन भएको थियो । शेखर गोल्छाले आफु सिधै महासंघको अध्यक्ष हुन नपाउने देखे पछि कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरी अध्यक्ष बन्ने दाउमा थिए । गोल्छाले भवानी राणालाई अख्तीयार लगाएर महासंघबाट हटाउने र आफु अध्यक्ष बन्न खोजेको महासंघका पदाधिकारीको दाबी छ । गोल्छालाई सोचजस्तो सजिलो थिएन यो काडवाट आफनो अनुकुलको उपय...
एसियन कप फुटबलको आयोजक युएईलाई पराजित गर्दै कतार फाइनलमा

एसियन कप फुटबलको आयोजक युएईलाई पराजित गर्दै कतार फाइनलमा

खेलकुद, समाचार
काठमाडौं — १५, माघ । एसियन कप फुटबलको आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार फाइनलमा प्रवेश गरेको छ । गएराति युएईको आबुधाबीमा भएको दोस्रो सेमिफाइनलमा कतारले युएईलाई ४–० को फराकिलो गोल अन्तरमा पराजित गर्यो । फाइनलमा प्रवेश गरेसंगै सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले आफुलाई कमजोर नठान्न विश्व फुटबललाई चुनौती समेत प्रस्तुत गरेको छ । कतारले अब एसियन कपको उपाधिको लागि जापानसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो सेमिफाइनलमा ईरानलाई पराजित गर्दै जापान फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल भने आगामी शुक्रबार हुनेछ ।...
कांग्रेसको भातृ संगठन नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

कांग्रेसको भातृ संगठन नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

राजनीति, समाचार
काठमाडौं — १५, माघ । काठमाडौंस्थित त्रिचन्द्र कलेज अगाडि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गर्दै उनीहरुले पुत्ला जलाएका हुन् । प्रहरीले उनीहरुले जलाएको पुत्ला नियन्त्रणमा लिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बिहान प्रधानमन्त्री ओली निवास बालुवाटारमा आन्दोलन गरेको थियो । सो आन्दोलनमा नेविसंघका केही विद्यार्थी नेता पक्राउ परेका थिए ।...
नागढुंगाबाट लागुऔषधसहित दुईजना प्रहरीको नियन्त्रणमा

नागढुंगाबाट लागुऔषधसहित दुईजना प्रहरीको नियन्त्रणमा

अपराध, समाचार, समाज
काठमाडौं — १५, माघ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख ७०७३ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना७ख ५११३ नम्बरको बस जाँचकाक्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास भ्लोनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले छुट्टा–छुट्टै सवारी जाँचकाक्रममा पाण्डेसँग ६०० ट्याब्लेट नाइट्राभेट र भोलनसँग ९० एम्पुल नुर्फिन, ९० एम्पुल फेनार्गन र ९० एम्पुल डाइजेल्याब बरामद गरिएको जानकारी दिए । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको छ । (रासस)...