निखिललाई टक्कर, कमब्याकमा भने ठक्करः बिराज भट्ट
काठमाडौं— १७, माघ ।
निदाउँदा देखेको सपनालाई मानिसहरु झट्टै बिर्सिन्छन् । तर, दिनमा खुल्ला आँखाले देखेको सपनाले उनीहरुलाई हरदम पछ्याइरहन्छ ।
चलचित्रको नायक बन्ने सपना बिराज भट्टले खुल्ला आँखाले देखेका थिए । त्यसैले यो सपना पूरा गर्न उनले निकै मिहेनत र संघर्ष गरे । अन्ततः नेपाली चलचित्रमा आफूलाई स्थापित गराउन सफल पनि भए ।
संघर्षका दिनहरुमा उनलाई रोक्न खोज्ने मान्छेहरुलाई विराजले मूर्ख देख्थे । ‘जसले मलाई कलाकार नबन, यसमा लागेर काम छैन भन्थे, उनीहरु मलाई मूर्ख लाग्थे’, बिराज भन्छन्, ‘मेरो क्षमता मलाई थाहा थियो । अरुको कुरा किन सुन्ने ?’
सानो उमेरमा नै चलचित्रको नायक बन्ने भूत सवार भएको थियो बिराजलाई । तर, चलचित्रसँग सम्बन्धित वा चलचित्र बुझेको मान्छे कोही चिनेका थिएनन् । परिवारले समेत उनलाई कलाकार बन्नका लागि सुरुवाती दिनमा सहयोग गरेको थिएन । उनी आफ्नै जिद्दी यो क्षेत्रमा लागेका ह...









