नुन , चिनीको अभाव हुन्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन : उर्मिला श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत-साल्ट ट्रेडिङ)
काठमाडौं, ०३ बैशाख – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थानिय तहहरुलाई पनि खाद्यान्न दिदै आएको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जनाएकी छिन् । संचारकर्मीहरुसँग बोल्दै प्रमुख कार्यकारी श्रेष्ठले भनिन् ‘स्थानिय तहले पनि राहतका लागि खाद्यान्न लगेका छन् । ललितपुर महानगरपालिकाका २९ वटै वडा, किर्तिपुरका सम्पूर्ण वडा, काठमाडौं महानगरपालिकाका अधिकांश वडाहरुका लागि यहाँबाट पनि सामान उठाउनु भएको छ । बुढानिलकण्ठ र चन्द्रागिरीबाट पनि बुझ्न आउनु भएको छ, गत विहिवार र शुक्रबार यहाँ (कालिमाटी) त निकै भिड भा’को महशुश भयो, राहतका लागि भनेर आउने मोटरहरुको लाम पनि निकै लामो थियो ।’ ‘अहिले अलि होलो भा’छ, उपत्यका बाहिर चाहि राहतका लागि भनेर अधिकांश ठाउँमा नुन र चिनी लग्नु भा’ छ । त्यस्तै बिक्री कार्यलाई ब्यवस्थित तुल्याउने हेतुले हामीले उपत्यका स्थित पाँच स्थानमा बिक्री कक्ष संचालनमा गरि...









