मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

सवैको मन जितेका लोकप्रिय गायक यमन भन्दैछन  ‘सधैं सधैं मैले हारें ‘(भिडियो सहित)

सवैको मन जितेका लोकप्रिय गायक यमन भन्दैछन ‘सधैं सधैं मैले हारें ‘(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं – गायक यमन श्रेष्ठको ‘सधैं सधैं हारे मैले’ बोलको गीत सार्वजनीक भएको छ । गीतको लिरिकल भिडियो सहित सार्वजनीक भिडियोलाई कलाकार \ निर्देशक समेत रहेका यमन स्वयंले भिडियोको निर्देशन तथा सम्पादन गरेका छन । समाजसेवी उत्तम संजेलको शव्द रहेको गीतको कम्पोज तथा एरेन्ज किरण कंडेलले गरेका हुन । प्रज्ञा साउण्ड स्टुडियोमा रेकडिङ्ग गरिएको गीतको भिडियोलाई भने उत्कर्ष कंडेलले छायांकन गरेका हुन । गीतको भिडियो यमन श्रेष्ठको आफ्नै युटूयब च्यानल यमन श्रेष्ठबाट सार्वजनीक गरेका छन । गायक यमनले यस अघि घरमै बसेर सार्वजनीक गरिएको लकडाउन सम्बन्धि सचेतना गीत लकडाउन लकडाउन…. समेत लोकप्रिय भएको थियो । भिडियो : https://www.youtube.com/watch?v=IXI-tD4-rkk&feature=youtu.be&fbclid=IwAR11-9OD8FSESe7gWb0WrtYw1dY1oscU_PSI40Iqqiye6oi-r9Y-jl4YuUI ...
रमेश कडरियाको ‘महामारी’ सार्वजनिक (भिडियो सहित)

रमेश कडरियाको ‘महामारी’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं - गायक तथा संगीत रमेश कडरियाको लकडाउन समयको परिस्थितीलाई मध्यनजर गर्दै नयाँ गीत महामारी सार्वजनिक भएको छ । उक्त गीत कडरिया इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वनिक गरिएको हो ।गीतकार तथा लेखक ओमनाथ कडरियाको शब्दमा रहेको सो गीतको एरेन्ज र रेकडिङ विपिन आचार्यले गरेका हुन् । गीतमा प्रकृति बिनासको कारण बिबिध प्रकारको महामारी निम्तिएको बारेमा उल्लेख गरिएको छ । भिडियो : https://www.youtube.com/watch?v=bX8Rij8DwqM&fbclid=IwAR2t8z7erBZXqpLjEhBEKlPnlp6woFGhENHS9lTaa1wRHVBxmUdPLmrZCQ0 ...
भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु

भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु

मनोरन्जन, समाचार
मुम्बई — भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको ‘द हिन्दूस्तान टाइम्स’ले जनाएको छ । इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् । ...
बजेट बारे पूर्व अर्थमन्त्री एवम अर्थविद्सँग छलफल चलाउदै भरतमोहन स्मृती फाउण्डेशन

बजेट बारे पूर्व अर्थमन्त्री एवम अर्थविद्सँग छलफल चलाउदै भरतमोहन स्मृती फाउण्डेशन

आर्थिक, समाचार
काठमाडौं- पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतीमा स्थापित स्व. भरतमोहन स्मृती फाउण्डेशनले आसन्न बजेट बारे पूर्व अर्थमन्त्री अर्थविद् एवम् नेताहरु बीच छलफल चलाउने भएको छ । फाउण्डेशनले स्वर्गिय अधिकारीको ८५ औ जन्म दिवसको अवसर पारेर यहि वैशाख २० गते भर्चुअल भिडियो कंन्फ्रेन्स मार्फत छलफल कार्यक्रम संचालन गर्न लागेको हो । जसमा पूर्व अर्थमन्त्रीहरु डा. प्रकाश चन्द्र लोहनी र सुरेन्द्र पाण्डे अर्थविद्हरु डा. गोविन्द बहादुर थापा, डा. चन्द्रमणि अधिकारी, डा. डिल्ली खनाल, केशव आचार्य, स्वर्णिम वाग्ले, विश्व पौडेल, लालबाबु यादव, रामकुमार फुँयाल र महिला नेत्री राम कुमारी झाक्री वत्ताका रुपमा रहने तय भएको छ । आ व २०७७/ ०७८ को बजेट ल्याउने तयारीमा सरकार जुटिरहेको अवस्थामा कोभिड १९ बाट उत्पन्न पछिल्लो परिस्थितको बिषयमा गहन छलफल गरि सरकारलाई सहि मार्गनिर्देश गर्न सकियोस् भन्ने हेतुले ...
बारा र पर्सामा थप ३ लाई कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ५७

बारा र पर्सामा थप ३ लाई कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ५७

समाचार, स्वास्थ्य
वीरगञ्ज । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए । उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्। ...
रसुवा तरुण दल शुरु गर्यो निशुल्क खाना

रसुवा तरुण दल शुरु गर्यो निशुल्क खाना

राजनीति, समाचार, समाज
किरण अधिकारी- काठमाडौं । लकडाउनका कारण समस्यामा परेका महानुभाबहरुलाइ बालाजु ,माछापोखरी चोकमा निशुल्क खानाको व्यवस्था गरिएको छ । लकडाउनका कारण आर्थिक अभाब भएर खाना खान नै समस्यामा परेका हरुलाइ व्यवस्था गरिएको हो । नेपाल तरुण दल रसुवाले निशुल्क खानाको व्यवस्था गरेको तरुण दल रसुवाका अध्यक्ष दील बहादुर मुक्तान (डीम्याक्स)ले बताउनुभयो । आज देखी २५ गते सम्म निस्शुल्क मेस संचालन गर्न लागेको नेपाली कांग्रेस रुसुबाका नेता कुमार देबकोटाले जानकारी दिनुभयो । ...
कला ,प्रतिभा र गला नभई कलाकार हुने भनेको खहरे खोला जस्तै हो:लोक गायिका अश्मिता चौलागाई

कला ,प्रतिभा र गला नभई कलाकार हुने भनेको खहरे खोला जस्तै हो:लोक गायिका अश्मिता चौलागाई

अन्र्तवार्ता, मनोरन्जन, समाचार
किरण अधिकारी -: काठे लोक दोहोरि क्षेत्रमा सफल हुदै लोक गायिका अश्मिता चौलागाई लोकसंगीतक्षेत्रमा प्रतिभाहरु जन्मने क्रम जारि छ । नेपालि लोक दोहोरि क्षेत्र त्यसमाथि काठ क्षेत्रमा नया प्रतिभा आउने क्रम जारि छ । कतिपय कलाकार यहि क्षेत्रमा संघर्ष गरिरहेका छन् ।काठ क्षेत्रमा धेरै कलाकार जन्माउने काभ्रे जिल्ला पर्छ ।काभ्रे जिलाको कोशीपारीबात केहि समय अघि देखि संघर्ष गरिरहेकी छिन ।सानोमा उनलाई रेडियो सुन्दा र टिभी हेर्दा लाग्थ्यो म पनि भोलि गएर यसरि नै गित गाउन सक्छु होला ।बिस्तारै उनले प्रण गरिन म गायिका बन्छु ।त्यहि दृढ ईच्छाले आफु अगाडी बढीन अनि गायिका बनेर अगाडी आईन उनि हुन् काभ्रे जिलाको कोशीपारी जन्मिएकी गायिका अश्मिता चौलागाई । उनि अहिले यहि क्षेत्रमा स्नाघर्ष गरिरहेकी छिन ।उनको स्वरमा र आफ्नै एलबममा गरेर हाल सम्म एक दर्जन भन्दा बढी गित बजारमा आईसकेको छ ।लोक गायिका अश्मिता भन्छिन म मेहनत...
लकडाउनकै अवस्थामा पूर्व मुख्यमन्त्रिको छोरा तथा अभिनेता निखिलको विहे

लकडाउनकै अवस्थामा पूर्व मुख्यमन्त्रिको छोरा तथा अभिनेता निखिलको विहे

अन्तराष्ट्रिय, समाचार
बेंगलुरु–  कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि भारतमा लागू गरिएको लकडाउन तथा शारीरिक दूरीको नियमहरुलाई उलंघन गर्दै भारतको कर्नाटकका पूर्व मुख्य मन्त्री एचडी कुमारास्‍वामीले शुक्रवार आफ्नो छोरा निखिल कुमारास्‍वामीको विवाह समारोह भव्य रुपमा आयोजना गरेका छन् । विवाह समारोहमा लकडाउन तथा शारीरिक दूरीको नियमहरुलाई वास्ता गरिएन । उनको विवाह कांग्रेसका पूर्व आवासीय मन्त्री एम कृष्णप्पाकी नातीनि रेवतीसंग भएको हो । सन् २०१९ मा राजनीतिको क्षेत्रमा कदम राख्ने निखिलले मंड्या लोकसभा सीटबाट निर्वाचनमा लडेका थिए, तर हारेका थिए । निखिलले कन्नड फिल्ममा पनि डेब्यू गरेका छन् । प्रारम्भमा के भनिएको थियो भने उक्त विवाहको सहमारोहा धेरै मान्छेहरु सहभागि हुने छैनन्, तर सार्वजनिक भएका तस्बिरहरुमा लकडाउनलाई पूर्ण रुपले उलंघन गरिएको देखिएको छ । उक्त समारोहका लागि रामनगरमा फार्म हाउ...
लकडाउन उल्लंघन गर्नेलाई एक महिनासम्म जेल

लकडाउन उल्लंघन गर्नेलाई एक महिनासम्म जेल

समाचार, समाज
काठमाडौं : कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिले लकडाउन उल्लंघन गर्नेलाई एक महिनासम्म जेल राख्ने निर्णय गरेको छ । संक्रामक रोग ऐन–२०२० बमोजिम लकडाउन गर्नेलाई एक महिनासम्म जेल पठाउने निर्णय गरेको उच्च स्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताए ।  प्रधानमन्त्री कार्यालयका सचिव रहेका प्रवक्ता बिडारीका अनुसार, समितिको निर्णय पछि प्रहरी र प्रशासनलाई निर्देशन समेत दिइसकेको छ । समितिको निर्णय लगत्तै बिहीबारबाटै राजधानी उपत्यकामा लकडाउन थप कडाइ गरिएको छ । बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ भने चेकजाँचमा कडाइ गरिएको छ । प्रवक्ता बिडारीले भने, “लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रहरी प्रशासनबाट अनावश्यक आवागमन गर्नेलाई थुनामा राख्नेसम्मको कार्बाही हुनेछ ।” उनले लकडाउन उल्लङ्घन गर्नेको संख्या बढेकाले जेल पठाउनेसम्मको निर्णय भएको बताए ।  समितिको निर्...
चिकित्सकमाथि कुटपिटको घटनामा नेपाल चिकित्सक संघद्वारा विरोध

चिकित्सकमाथि कुटपिटको घटनामा नेपाल चिकित्सक संघद्वारा विरोध

समाचार, स्वास्थ्य
काठमाडौंको त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा काम गर्ने आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको घटनाको नेपाल चिकित्सक संघले विरोध जनाएको छ । वैशाख ३ गते अस्पतालमा काम गरेर घर फर्किने क्रममा कान्ति बाल अस्पतालनजिकै ओह्रालोमा प्रहरीले तीन जना चिकित्सकमाथि कुटपिट गरेको चिकित्सक संघले जनाएको छ । संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध जनाउँदै कुटपिट गर्ने प्रहरीमाथि कानुनी कारबाहीको माग गरेको छ । ‘हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकमी, तथा चिकित्सहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटनाउनेमाथि कानूनी कारबाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्य सेवा प्रवाहलाई गम्भीर असर गर्नेतर्फ सचेत रहन नेपाल चिकित्सक संघ यसै विज्ञप्तिमार्फत आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ । ...