आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

चिकित्सकमाथि कुटपिटको घटनामा नेपाल चिकित्सक संघद्वारा विरोध

काठमाडौंको त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा काम गर्ने आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको घटनाको नेपाल चिकित्सक संघले विरोध जनाएको छ । वैशाख ३ गते अस्पतालमा काम गरेर घर फर्किने क्रममा कान्ति बाल अस्पतालनजिकै ओह्रालोमा प्रहरीले तीन जना चिकित्सकमाथि कुटपिट गरेको चिकित्सक संघले जनाएको छ ।

संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध जनाउँदै कुटपिट गर्ने प्रहरीमाथि कानुनी कारबाहीको माग गरेको छ । ‘हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकमी, तथा चिकित्सहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटनाउनेमाथि कानूनी कारबाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्य सेवा प्रवाहलाई गम्भीर असर गर्नेतर्फ सचेत रहन नेपाल चिकित्सक संघ यसै विज्ञप्तिमार्फत आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *