काठमाडौं । देशमा संकटको अवस्थामा निरन्तर जनता माझ सर्वसुलभ तवरले सहुलियत दरमा गुणस्तरीय खाद्यान्नहरु आपूर्ति गर्र्दै आम उपभोक्ताको सेवामा सदैव तत्पर रहने साल्ट ट्रेडिंग कर्पोरेसनलाई भने लकडाउनको समयमा समेत भ्याई नभ्याई भएको छ । उपभोक्तालाई सहजका साथ खाद्यान्न आपूर्ति गर्न अहोरात्र खटिदै आएको छ । त्यसका लागी कर्पोरेशनका कर्मचारी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नियमहरु पालना गरि आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन ।

दुई साता देखी देशमा लागु भएको लगडाउनबाट आमजनताको दैनिकी प्रभावित बनेको छ । हाललाई आम उपभोक्त्ता एक त घर भित्रै बस्नुपर्ने वाध्यता र अर्को तर्फ अत्यावश्यकिय सामाग्रीको जोहो गर्नुपर्ने चिन्ता माझ दैनिकी गुजार्दै छन् । यस माझ ‘सर्वसाधारणको गर्जो टार्दै,भोकको त्रास मेटाउदै’ साल्ट ट्रेडिङले जनताको मन जित्दै आएको भेटिएको छ । कम मुल्यमा गुणस्तरिय वस्तुको बिक्री वितरण गर्दै आएको कर्पोरेशनले विगत देखी नै पर्याप्त मौज्दात राख्ने निती लिदै आएको थियो । जसको फलस्वरुप राष्ट्रलाई संकट परेको बेलामा कर्पोरेशनबाट सरकारलाई आड भरोसा मिल्नुका साथै आम सर्वसाधारण एवम् उपभोक्ताहरुले समेत चरम अभाव झेल्न नपर्ने वातावरण तयार हुँदै आएको छ । लकडाउनको यस जटिल अवस्थामा सेवा प्रदायिकताको उत्कृष्ट नमुना पेश गर्दै कर्पोरेशनले राष्ट्र र जनहितमा आफूलाई समर्पित गराएको छ । लगडाउनको समयमा मानिसहरु घर बाहिर निक्लदा उत्तिकै जोखिम छ । आम नागरिकलाई अत्यावश्यकिय खाद्यान्नको जोहो गर्नु पर्ने चिन्ता पनि उस्तै छ । यसै माझ लगडाउनको स्थितीलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजार उपस्थितीलाई अझ बढाएको छ । कर्पोरेशनले आम उपभोक्ताहरुको दैनिकीलाई सहज तुल्याउने उदेश्यका साथ आफ्नो बजार उपस्थिती बढाएको हो । कर्पोरेशनले वितरण प्रणालीलाई अझ प्रभावकारी तुल्याउदै यस बिषम परिस्थिती माझ बिक्री कक्ष संचालन गर्नुका साथै मोबाईल भ्यान मार्फत घरदैलो सेवा, स्थानिय निकायसँगको सहकार्य, डिलरलाई नियमित आपुर्ती लगायतका रणनितीहरु अबलम्बन गर्दै आएको छ कर्पोरेशनले लक डाउन शुरु भएदेखी नै आम उपभोक्ताको घरदैलोमा सर्वसुलभ तवरले सहुलियत मूल्यमा नून,चिनी, चामल पिठो लगायतका अत्यावश्यक खाद्यान्न आपूर्ति गर्दै आईरहेको छ ।

उपत्यकाभित्रका ग्रामीण भेगदेखी शहरका गल्ली गल्लीमा मोबाईल भ्यान मार्फत खाद्यान्न आपूर्ति गर्दै आईहेको छ । आम उपभोक्ताको सहजका लागी उपभोक्ताको माग अनुसार दैनीक उपभोग्य खाद्यान्नहरु सहुलियत दरमा आपूर्ती हुने भएकोले उपभोक्ताहरुको आकर्षण र विश्वास बढेको छ । मोबाईल भ्यान मार्फत गरिने आपूर्तिको लागी अधिक क्षेत्रमा यस्ता मोबाईल भ्यानको ब्यबस्था गर्नु पर्नेमा आम उपभोक्ताहरुले जोड दिएको कुरा कर्पोरेशनका कर्मचारी जनार्दन ढुङ्गानाले जानकारी दिए । घरदैलो मार्फत गरिने आपूर्तिमा आफूहरुले दुरी कायम गरेर भिडभाड नगरिकन व्यबस्थित ढंगले खाद्यान्न वितरण गर्ने गरेको समेत उनले बताए ।

