बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

स्वास्थ्य मन्त्रालयले पिसिआर रिपोर्टको गुणस्तर जाँच्न गर्न छानबिन समिति गठन

स्वास्थ्य मन्त्रालयले पिसिआर रिपोर्टको गुणस्तर जाँच्न गर्न छानबिन समिति गठन

समाचार, स्वास्थ्य
केही यात्रुको पिसिआर रिपोर्टमा देखिएको समस्याले नेपाल एयरलाइन्सको उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ। मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डाक्टर मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा डा. अमृत पोखरेल र बलराम गौतम सदस्य छन्। काठमाडौंका केही अस्पताल र निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरी विदेश उडेका यात्रुमा उता फेरि जाँच्दा पोजेटिभ रिपोर्ट आएपछि सरकारले छानबिन गर्न लागेको हो।  यो समस्याले हङकङ, युएईसहित केही देशमा उडान रोकिएपछि  नेपाल एयरलाइन्सले सरकारी प्रयोगशालामा परीक्षण गरेकालाई मात्र उडान अनुमति दिने भएको छ। ...
अज्ञात समूहले राखेको बम निष्क्रिय पारियो

अज्ञात समूहले राखेको बम निष्क्रिय पारियो

समाचार
किमाथाङ्का – सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ ।वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए । बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । उक्त बेवारिसे बम आज बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताए । बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्दका कार्यकताले राखेको हुन सक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ । बम राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ । खाँदबारी–वाना सडक खण्डमा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए । सङ्खुवासभामा यही मङ्सिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा चन्दका कार्यकर्ताबी...
पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए १२२९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए १२२९ कोरोना संक्रमित

समाचार
मंसिर ४ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ। उपत्यकामा हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ। आज देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्। थप १७ जना संक्रमितको म...
पछिल्लो २४ घण्टामा थप २,१०३ जना कोराना संक्रमित थपिए, २,८५८ निको, थप १७ को निधन

पछिल्लो २४ घण्टामा थप २,१०३ जना कोराना संक्रमित थपिए, २,८५८ निको, थप १७ को निधन

समाचार
मंसिर ४ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको र आज देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २८ सय ५८ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको निधन भएको छ । योसँगै निधन हुनेको संख्या एक हजार २७६ पुगेको छ । ...
नेपाल प्रहरीमा थपिए एक एआईजी र पाँच डीआईजी

नेपाल प्रहरीमा थपिए एक एआईजी र पाँच डीआईजी

समाचार
मंसिर ४ काठमाडौं । नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थपिएको छ । योसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी रहने भएका छन् । गृह मन्त्रालयले दरबन्दी थपको पत्र बिहीबार प्राप्त भएको नेपाल प्रहरीको मुख्यालयले जनाएको छ । यसअघि नै मन्त्रिपरिषद बैठकले दरबन्दी थपको निर्णय गरेको भए पनि सोमबार मात्र स्वीकृत भएको थियो । डीआईजीको संख्या जनपदतर्फ नै १९ पुगेको छ । गत चैतमा मात्रै सरकारले १२ डीआईजीको दरबन्दी काटेको थियो । कुनै समय नेपाल प्रहरीमा ४१ सम्म डीआईजी र १६ एआईजीको दरबन्दी कायम गरिएको थियो । नयाँ दरबन्दी थपिएसँगै अब प्रहरीमा रोकिएको बढुवा अगाडि बढ्ने छ । थपिएको दरबन्दीमा एआईजी बढुवा हुने व्यक्ति नै भावी आईजी हुने छन् । यसमा प्रमुख दाबेदार महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेल छन् । थपिएको दरबन्दी मह...
राजनितिमा हावी भएको विचौलिया प्रवृत्तिले राजनितिको परिभाषा नै परिवर्तित :डा.डिआर उपाध्याय

राजनितिमा हावी भएको विचौलिया प्रवृत्तिले राजनितिको परिभाषा नै परिवर्तित :डा.डिआर उपाध्याय

राजनीति, समाचार
बिचौलिया दलालहरुले भन्टिलेटरमा पु¥याएको राजनिति बिपन्नदेखि सम्पन्नसम्म किशोर–किशोरी देखि वृद्ध–वृद्धासम्म अत्यन्त चासोका साथ चर्चा हुने विषय हो राजनिति । विशेष गरी प्रजातन्त्र पुर्नस्थापन देखि संघिय लोकतान्त्रिक गर्ने उद्योग व्यवासाय बनाए , यसबारे सबै जागरुक नेपालीहरुले चासो ब्यक्त गर्ने गरेका छन् । साना पार्टी देखी ठुला पार्टीसम्म निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनितिक पार्टी देखि दुईचार जनाको दस्तखतबाट एउटा माइन्युट रजिष्टरमा सञ्चालित पार्टीका नेता– कार्यकर्ताहरुको जीवनशैली तडक भडकयुक्त नै भेटीन्छ । यद्धपी ति मध्ये धेरैको देखिने आम्दानीमुलक ब्यवसाय खासै हुँदैन । राजनितिमा नवप्रवेशी तथा सरकारी सुविधा पाउने कुनै पदमा नपुगेका नेताहरु समेतमा धेरैसंग महंगा गाडी छन , उनीहरु विलासी जीवन गुजारीरहेका छन् । उनिहरुका नजिकका ब्यक्ती पीठ पछाडी खुलेरै भन्छन्– नेताज्यूको ब्यवसाय हो । ठेक्का– पट्टा...
जानकी मेडिकल कलेजका कर्मचारी १८ दिनदेखि आमरण अनशनमा

जानकी मेडिकल कलेजका कर्मचारी १८ दिनदेखि आमरण अनशनमा

समाचार
मंसिर ४ धनुषा । जागिरबाट निकालिएका सहकर्मीको पुनर्बहालीलगायत माग राखी जानकी मेडिकल कलेजका दुई कर्मचारी १८ दिनदेखि आमरण अनशनमा छन् । सुरक्षा व्यवस्थापनतर्फका इन्चार्ज जानकीशरण यादव र पारा मेडिकलतर्फका कुलदीप साहले १६ कात्तिकदेखि कलेज प्रांगणमा आमरण अनशन थालेका थिए । उनीहरूको स्वास्थ्य दिनानुदिन खराब हुँदै गएको, तर कलेज प्रशासनले कुनै चासो नदिएको कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवले बताए । ‘हामीले जायज माग अगाडि सारेर आन्दोलन थालेका हौँ,’ उनले भने, ‘प्रदेश सरकार र स्थानीय प्रशासन पनि यसबारे जानकार छन् । तर, यति दिनसम्म कलेज व्यवस्थापन र सरोकारवाला निकाय मौन बसेका छन् ।’ कलेज प्रशासनले ६ कात्तिकमा काममा लापरबाही गरेको आरोप लगाउँदै कर्मचारीहरू उमेश यादव, राजनारायण यादव, जयकुमार यादव, अञ्जु पटेल र वीरेन्द्रकुमार झासँग स्पष्टीकरण सोधेको थियो । तर, भुक्तानी दिन बाँकी दुई महि...
पैसाको लोभमा स्वाब नै संकलन नगरी नक्कली रिपोर्टको धन्दा !

पैसाको लोभमा स्वाब नै संकलन नगरी नक्कली रिपोर्टको धन्दा !

समाचार
मंसिर ४ काठमाडौं । कोरोना परीक्षणको लागि सरकारले स्वीकृत दिएका केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छानबिनको अनुरोध गर्दै पत्र पठाएको छ। पर्यटन मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाले स्वाब नै संकलन नगरी कोरोनाको नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलनपछि रिपोर्ट हेरफेर गरेर पोजेटिभ रिपोर्ट दिने गरेको र स्वाब संकलनपछि निर्धारित समय भण्डारण गर्नुपर्नेमा त्यसो नगरेको भेटिएको छ। यसले नेपालभित्र हुने गरेको परीक्षणमा प्रश्न उठ्न सक्ने भन्दै मन्त्रालयले छानबिन र कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको हो। पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा नेपालबाट हङकङ र संयुक्त अरव इमिरेट्स (युएई) पुगेका केही...
मेलम्ची खानेपानी आयोजना : वितरण प्रणाली तयारी अवस्थामा

मेलम्ची खानेपानी आयोजना : वितरण प्रणाली तयारी अवस्थामा

समाचार
मंसिर ४ काठमाडौं । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ । मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ । बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयका उपनिर्देशक एवं प्रवक्ता उज्ज्वल प्रजापतीले जानकारी दिए । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५ दशमलव ५ किमी सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ ।चक्रपथ भित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्र...
आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द ,अन्तरपालिका आवतजावतमा समेत कडाइ

आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द ,अन्तरपालिका आवतजावतमा समेत कडाइ

समाचार, समाज
सिमकोट ,बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ । लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि ...