मंसिर ४ काठमाडौं । मेलम्ची नगरपालिका वडा नं १ का कर्मचारीमा कोरोना संक्रमण देखिए संगै सो वडामा सेवा बन्द हुने भएको छ। मेलम्ची नगरपालिकाले एक सुचना जारी गर्दै मंसिर ३ गते देखि अर्को सुचना जारी नभएसम्मका लागि वडा कार्यालय बन्द रहने जानकारी दिएको छ ।
मंसिर ४ काठमाडौं । खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई काठमाडौं महानगरले रोक लगाएपछि अभियान्ताहरुले थापाथलीमा सुरु गरेका छन् ।द हन्ड्रेड गु्रप लगायतका संघ संस्थाले बुधबारबाट काठमाडौंकै थापाथलीमा रहेको खुल्ला स्थानमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन् ।
थापाथलीमा पनि उनीहरुले बिहान र बेलुका गरि दुई समय खाना खुवाएका छन् । खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो।
नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण भने महानगरले नै गर्ने बताइएको छ ।
...
११ महिनादेखि फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणका कारण मानिसहरु अहिले पनि त्रसित छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबै क्षेत्र ठप्पप्राय छ । यसैका कारण मानिसहरुको आनीबानी, खानपान र अन्य विभिन्न आचरणमा समेत परिवर्तन आएको छ । कामकाजदेखि सरसफाइ र खानपान जस्ता कुराहरुमा मानिसहरुले सुरक्षित तौरतरिका अपनाउन थालेका छन् । यसैबीच सरससफाइ, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकता भएका कारण सुरक्षित खानपानका लागि ५ वटा टिप्स विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको छ ।
१. सधैं स्वच्छ रहनुस् ।
खाना पकाउनुअघि तथा पकाइरहँदा पनि हात धुनुस्।शौचालय गएपछि हात राम्रोसँग धुनुस्।खाना बनाउने ठाउँ (किचेन), चुल्हो तथा भाँडाकुँडा राम्रोसँग सफा गर्नुस् र सेनिटाइज पनि गर्नुस्।किचेनलाई किरा- फट्यांग्रा तथा घरपालुवा जनावरको पहुँचबाट टाढा राख्नुस्।
२. नपकाइएको खाने...
चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमै १८ वाणिज्य बैंकको नाफा घटेको छ। कोभिड महामारीका कारण बैंकहरुको व्यवसाय विस्तारमा प्रभाव पर्नुका साथै खराव कर्जा वृद्धि भई जोखिम व्यवस्था वापतको रकम बढेपछि नाफामा असर गरेको हो।
बैंकहरुले प्रकाशित गरेको प्रथम त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार ९ वटा बैंकको मात्र नाफा बढेको छ। यसअघि उच्च नाफा कमाउने बैंकहरुको पनि नाफामा कमी आएको छ।
असोजसम्ममा एनएमवी, प्राइम कमर्सियल, सिटिजन्स, नेपाल बंगलादेश, ग्लोवल आइएमई, मेगा, प्रभु, कुमारी र एनआइसी एसियाको नाफा मात्र बृद्धि भएको छ।गत वर्ष उच्च नाफा कमाउने ठूला बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नविल, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, एभरेष्ट, हिमालयन जस्ता बैंकहरुको नाफा पनि प्रभावित भएको छ।
यस अवधिमा नाफा सबैभन्दा बृद्धि गर्नेमा एनएमबी बैंक रहेको छ भने बढी घाटा व्यहोर्ने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ।
...
मंसिर ३ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।
आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन् । आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ । देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ ।
...
मंसिर ३ विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ हात्तीमुढाका ४३ वर्षीय उपेन्द्रकुमार रायलाई कात्तिक २ गते ज्वरो र टाउको दुख्ने समस्या भयो। कोरोना भाइरसको लक्षण मिलेपछि उनले कात्तिक ४ गते विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्न दिए ।
तीन दिनपछि रिपोर्ट पोजेटिभ आयो। संक्रमण पुष्टि भएपछि राय होम आइसोलेसनमा बसे। ११ दिनपछि रिपोर्ट नेगेटिभ आउने आसमा कात्तिक १७ गते विराटनगरको विराट मेडिकल कलेजको ल्याबमा उनले स्वाब दिए । तर, भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि राय फेरि ७ दिन आइसोलेसन बसे । कात्तिक २५ गते उनले पुनः विराटमा नै स्वाब दिए । ५ घण्टापछि रिपोर्ट त आयो तर, पुनः पोजेटिभ ।
स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि रिपोर्ट शंका लागेपछि रायले विराटनगर–४ बरगाँछीमा सञ्चालित बी सियोर ल्याबमा पुन स्वाब दिए। सो ल्याबमा भने रिपोर्ट नेगेटिभ आयो । उनी भन्छन् ‘ल्याब सबै सरकारद्वारा मान्यता ...
गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा रहेको नयाँ लोक गित”नेपाल गए कपालसँगै ” को म्यूजिक भिडियो आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।केन्द्र मोसनको युटुब च्यानलबाट सार्वजनिक उक्त गीत गायक बाबुल गिरीको शब्द सृजना तथा संगीत रहेको छ ।
https://youtu.be/eyMr2JNLPAY
सुरेन्द्र मल्लले निर्देशन गरेको म्युजिक भिडियोमा गम्भीर बिष्टले कोरियोग्राफर गरेका छन् भने चक्र बहादुर बरालले छायांकन गरेका छन् । सिलान लम्सालले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मोडल पल शाह,प्रिज्मा,प्रिन्सा,अब्रिन,यादब र विमलाको अभिनय रहेको छ ।
...
मंसिर ३ काभ्रेपलाञ्चोक । कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले हालै विशेष प्याकेजको व्यवस्था गरेका छन् । होटल सङ्घ नेपाल (हान) काभ्रेपलाञ्चोकले कोरोना कहरको अवस्थामा पर्यटन प्रवर्द्धन गर्न तीन प्याकेजको घोषणासमेत गरेको छ ।
सङ्घले कोरोना संक्रमणको अवस्थामै सरकारले तोकेको स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटनलाई पुरानै लयमा फर्काउन विशेष प्याकेज ल्याइएको जनाएको छ । “स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन छौँ, पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले राहत दिलाउने अपेक्षा गरेका छौँ”, सङ्घका काभ्रेपलाञ्चोक अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले भने । सङ्घले विशेषगरी धुलिखेल घुम्न आउने दम्पतीलाई लक्षित गर्दै सस्तो प्याकेजसमेत ल्याएको उनले बताए।
सङ्घले दम्पतीलाई लक्षित ग...
मंसिर ३ तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ । रासस
...
मंसिर ३ काठमाडौं । कोरोना संक्रमणको जोखिम झनै बढिरहेका बेला सरकारले भने स्थानीय तहले स्कुल खोल्न र बन्द गर्न सक्ने गरी विद्यालय पुनः सञ्चालन कार्यविधि ल्याएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको कार्यविधिमा स्थानीय तहले अवस्था हेरेर विद्यालय सञ्चालनमा ल्याउन र संक्रमण बढे बन्द गराउनसमेत सक्ने उल्लेख छ ।
विद्यालय खोल्नुअघि जिल्लास्थित संकट व्यवस्थापन केन्द्रसँग अनिवार्य समन्वय गर्नुपर्नेछ । यसअघि केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरे पनि स्थानीय प्रशासनले रोक लगाएका थिए । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार केन्द्र सरकार, स्वास्थ्य मन्त्रालयलगायत निकायले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । कान्तिपुरमा खबर छ ।
...