बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम भएका स्थानमा विद्यालय खोल्ने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम भएका स्थानमा विद्यालय खोल्ने तयारी

शिक्षा, समाचार
 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ ।मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो । हाल अनलाइनलगायत वैकल्पिक माध्यमबाट शिक्षण संस्थामा पठनपाठन भए पनि खासगरी तल्ला तहमा प्रभावकारी नभएपछि सरकारले विद्यालय खोल्ने आधार तयार गरेको हो । कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । कार्यढाँचामा विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस...
पर्वतमा शरीर जोडिएका दुई शिशु जन्मिए

पर्वतमा शरीर जोडिएका दुई शिशु जन्मिए

समाचार
मंसिर ३ काठमाडौं । धौलागिरि अस्पतालमा पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छन् ।पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पताल, बागलुङमा सोमबार शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी हुन् । प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो भने पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै  धौलागिरि अस्पताल बागलुङमा पठाएको हो । ‘उनि  सोमबार साँझ अस्पताल पुगेकी थिइन् , मंगलबार बिहान शिशु जन्मिएका हुन्,’ अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिएका छन  । शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको तर  आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले जानकारी दिएका छन।फोटो सौजन्य : नयाँपेज डट.कम ...
कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने

कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने भएको छ । क्लब विश्वकप फुटबल प्रतियोगिता २०२१ को फेब्रुवरीमा कतारमा हुने मंगलबार फिफाले जनाएको हो । यो प्रतियोगिता फेब्रुवरी १ देखि ११ सम्म चल्ने छ । विगतका वर्षमा डिसेम्बर महिनामा सम्पन्न हुँदै आएको यो प्रतियोगिता यस पटक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण पछाडि सरेको हो । फिफा क्लब विश्वकपको आयोजना गर्न लागेको कतारले २०२२ को फिफा विश्वकप फुटबलको समेत आयोजना गर्दैछ । अघिल्लो सिजनमा फिफा क्लबको उपाधि लिभरपुलले जितेको थियो । ...
कोरोना सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने

कोरोना सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने

समाचार, समाज
कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ । राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो । कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउँछन् । प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मङ्सिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने वा...
सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना

सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना

समाचार
सर्लाही । सर्वपक्षीय जिल्ला संघर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ। सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला संघर्ष समिति सर्लाहीले जनाएको छ। सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्गलबार र आज ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको थिय...
अर्को हिउँदसम्ममा सामान्य जीवन हुनेछ: उगुर सहिन

अर्को हिउँदसम्ममा सामान्य जीवन हुनेछ: उगुर सहिन

समाचार
कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्त्वपूर्ण विकास भइसकेर हिउँदसम्ममा भने जनजीवन सामान्य हुने बताएका हुन्। जर्मन औषधी उपत्पादक कम्पनी बायोटेक र फाइजरले विकास गरिरहेको कोरोना खोपको प्रारम्भिक परीक्षण नतिजाअनुसार ९० प्रतिशत कोभिड–१९ बाट बचाउने उद्घोष गत साता गरेका थिए। बीबीसीका अनुसार खोपको अन्तिम चरणको परीक्षणमा करिब ४३ हजारले सहभागिता जनाएका थिए। यसैगरी प्राध्यापक सहिनले उक्त खोप लगाएका मानिसबाट कोरोना नसर्ने र लक्षणहरू समेत देखा नपर्ने विश्वास व्यक्त गरेका छन्। ‘यस्तो प्रभावकारी खोपले संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्नेमा म निश्चिन्त छु’, उनले भने, ‘सायद ९० प्रतिशत नहालो ५० प्रतिशत चाहिँ नसर्नेमा ढुक्क छु। तर यसले ...
गर्भवती किचकन्या गाडेको जगमाथि नै किन बनाइयो रानीपोखरीस्थित हात्तीको मूर्ति ?

गर्भवती किचकन्या गाडेको जगमाथि नै किन बनाइयो रानीपोखरीस्थित हात्तीको मूर्ति ?

समाचार
पुरातात्त्विक महत्त्व बोकेको रानीपोखरीको दक्षिण किनारामा हेर्दा एउटा हात्तीमाथि तिनजना बसेको मूर्ति देखिन्छ। उक्त मूर्तिमा देखिने ती तीनजना को को हुन् भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ। किम्बदन्ती अनुसार राजा प्रताप मल्लले छोराको मृत्युपश्चात रानीलाई खुशी बनाउनका लागि रानिपोखरी निर्माण गरेका हुन्। निर्माणपछि राजा सधैँ पोखरीमा नुहाउन पुग्ने गर्दथे। हरेक दिन यसरी नुहाउने क्रममा राजाको एउटा किचकन्यासँग भेट हुन थाल्यो। हरेक दिनको भेटपछि बिस्तारै राजा उक्त किचकन्यासँग प्रेममा पर्दछन्। यसै क्रममा राजा र किचकन्याको संसर्गबाट किचकन्या गर्भवती समेत हुन्छिन्।  राजाको बदलिँदो व्यवहार र दुब्लाउँदो शरीर देखेर भाइभारदारहरू चिन्तित भई के कारणले राजा यसरी दुब्लाएका हुन् भनी खोजी गर्दा राजा र किचकन्याबिचमा प्रेम भएको र किचकन्या गर्भवती भएको कुरा समेत पत्ता लाग्छ। यो कुरा पत्ता लागेपछि यस्तो हुनु...
ग्यास सिलिण्डरको एक विशेष जानकारी

ग्यास सिलिण्डरको एक विशेष जानकारी

आर्थिक, समाचार
आधुनिक सुविधा जति लाभदायक छन्, त्यति नै घातक पनि छन् । त्यसैले सुविधाको प्रयोग आवश्यक्ता हेरेर मात्रै गनुपर्छ । किनभने यसको धेरै प्रयोग गरेमा खतरनाक साबित हुन सक्छ । ग्यास सिलिण्डर सबैको घरमा प्रयोग हुन्छ । यस बिना आजको समयमा केहि पनि हुन सक्दैन । तर तपाईलाई यसको बारेमा धेरै जानकारी थाहा नहुन पनि सक्छ । आज हामी तपाईलाई ग्यास सिलिण्डरमा किन नम्बर लेखिन्छ भन्ने बारेमा जानकारी दिनेछौँ । ग्यास सिलिण्डरमा लेखिएको एक विशेष कोड नम्बर रेगुलेटर नजिक तीन पट्टी हुन्छ । ग्यास कम्पनीले यस नम्बर लेखेर आफ्नो जिम्मेवारी निभाउँछन् । ग्यासको ट्यांकीमा ए, बी, सी, डी लेखिएको हुन्छ । ग्यासको कम्पनीहरु यी अल्फाबेट्सलाई १२ महिनाको हिसावमा चार भागमा बाँड्छन् । ए जनवरीदेखि मार्चसम्म, बी अप्रिलबाट जूनसम्म, सी जुलाईबाट सेप्टेम्बरसम्म र डी अक्टोबरबाट डिसेम्बरसम्म हुन्छ । यस कोडले लेटरको सहायताले टेस्टिङक...
चलचित्र ‘आर्या’ को ‘हाम्रो धर्ती’ सार्वजनिक (भिडियो)

चलचित्र ‘आर्या’ को ‘हाम्रो धर्ती’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर युट्युब मार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न भएको चलचित्र ‘आर्या’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो । सार्वजनिक रास्ट्रभावले ओतप्रोत ‘हाम्रो धर्ती’ बोलको गीतमा गायिका मेलिना राइको स्वर कविराज गहतराजको नृत्य निर्देशन, राम सिटौलाको सङ्गीत, लक्ष्मण सिटौलाको शब्द छ । उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको चलचित्रमा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । https://www.youtube.com/watch?v=rsqMZ0M_LZE&feature=youtu.be&fbclid=IwAR2nNDw0Ic9mgxly5MMU6LtZc35oXc8DVeAMFgi9eSks0U9gQdoNjiw1CEE नेपाली चलचित्रको इतिहासमा रास्ट्रिय झण्डाको व्यापक प्रयोगगरी दृश्य छायाँकन गरिएको सम्भवत यो नै पहिलो पटक हो । झण्डालाई नेपाल र नेपालीको आत्मसम्मान र राष्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गी...
काम गर्ने आँट र जाँगर भए किबी खेती गरेर मनग्य आम्दानी गर्न सकिने

काम गर्ने आँट र जाँगर भए किबी खेती गरेर मनग्य आम्दानी गर्न सकिने

आर्थिक, समाचार
धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारीबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए । विदेशमा गरेको कामले सन्तुष्टि नपाएका अधिकारी पाँच वर्षअघिदेखि नीलकण्ठ नगरपालिका–१४ काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् ।  तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाइलाई कोसेली दिन आग्रह गरेका अधिकारीको अहिले अधिकांश समय किबीबारीमा बित्ने गरेको छ । विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन् । घरमा कपडापसल समेत छ तर व्यवसा...