आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

टुँडिखेलमा रोकेपछि निःशुल्क खाना खुवाउने अभियान अब थापाथलीमा

मंसिर ४ काठमाडौं । खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई काठमाडौं महानगरले रोक लगाएपछि अभियान्ताहरुले थापाथलीमा सुरु गरेका छन् ।द हन्ड्रेड गु्रप लगायतका संघ संस्थाले बुधबारबाट काठमाडौंकै थापाथलीमा रहेको खुल्ला स्थानमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन् ।

थापाथलीमा पनि उनीहरुले बिहान र बेलुका गरि दुई समय खाना खुवाएका छन् । खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो।

नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण भने महानगरले नै गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *