बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

पछिल्लो २४ घण्टामा थप २,१०३ जना कोराना संक्रमित थपिए, २,८५८ निको, थप १७ को निधन

मंसिर ४ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको र आज देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २८ सय ५८ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको निधन भएको छ । योसँगै निधन हुनेको संख्या एक हजार २७६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *