बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त

समाचार, समाज
 सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् । सरकारका प्रवक्ता गुरुङले सञ्चारविज्ञका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र पत्रकार मानन्धरलाई आज प्रदान गरे। विसं २०२९ भदौ ६ गते दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–१ मा जन्मिएका मानन्धर यसअघि ‘कान्तिपुर’ दैनिकमा उपसम्पादक थिए। ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता भई काम गरेका मानन्धरले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । सामाजिक क्षेत्रमा समेत क्रियाशील मानन्धरले पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा सेफर्ड कलेज (२०१५)मा सबैभन्दा बढी लब्धाङ्क प्राप्त गरेका थिए । कान्तिपुर पब्लिकेसन्शले उनलाई सन् २०१५ मा उत्कृष्ट कार्यसम्पादन सम्मान प्रदान गरेको थियो । दोलखा मिडिया प्रालिका अध्यक्षसमेत रहेका मानन्धरले अन्तरराष्ट्रिय श्रम सङ्ग...
भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने:मन्त्री पद्माकुमारी अर्याल

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने:मन्त्री पद्माकुमारी अर्याल

राजनीति, समाचार
 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने बताएकी छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि रहँदै आएको भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने बताइन् । उनले भूमिको विवाद सहमति भए आधा–आधा बराबरी बाँडफाँड हुने र सहमति हुन नसकेमा राज्यले गरिदिने बताइन् । “यदि भूमिको विवाद सहमतिअनुसार तल्लो तहमा गर्दछन् भने राम्रो हो । तल कुरा मिल्दै मिलेन । यसले समस्या सधैँ रहिरहने भयो”, उनले भनिन्, “ त्यसैले भूमिको विवादलाई अन्त्य गर्नका लागि राज्यले हस्तक्षेप गर्छ । चरणमा मिलेर समझदारीपूर्वक आउनका निम्ति भन्ने, मिलेन भने राज्यले हस्तक्षेप गरेर भए पनि यो समस्याको समाधान गरिदिन्छ ।” उनले राज्यले हस्तक्षेप गरेर मिलाउनका लागि कानूनसमेत बढाउन थालेको जानकारी दिइन् । “जतिबेला यो आयोगले जनता...
भारतीय विदेश सचिव हर्ष वद्र्धन श्रृंगलाको प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट

भारतीय विदेश सचिव हर्ष वद्र्धन श्रृंगलाको प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट

राजनीति, समाचार
नेपालको दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका भारतीय विदेश सचिव हर्ष वद्र्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा विदेश सचिव श्रृंगलाले शिष्टाचार भेट गरेको प्रधानमन्त्री प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। भेटका अवसरमा नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री ओलीले नेपालले भारतसँगका हरेक समस्या वार्ताका माध्यमबाट हल गर्न चाहेको सन्देश दिएको वालुवाटार निकट स्रोतले बताएको छ। नक्सा विवादका कारण नेपाल र भारतबीच लामो समय गतिरोध उत्पन्न भएको थियो। नक्सा विवादपछि पहिलो पटक कूटनीतिक तहमा वार्ता शुरु भएको हो। प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवले शिष्टाचार भेट गर्नुअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए। त्यसअघि परराष्ट्र सचिब भरतराज पौ...
वाग्मती प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्ने

वाग्मती प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्ने

समाचार, समाज
वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरिसकेको बताए । आज आफ्नो कार्यकक्षमा कुरा गर्दै उनले मन्त्रिपरिषद्को बैठकले प्रदेशमा यातायात व्यवस्था सञ्चालन गर्ने अध्यादेश–२०७७ लाई बुधबार स्वीकृत गरिएपछि प्रदेशको १३ जिल्लाको ११९ स्थानीय तहमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने क्रममा विद्युतीय चार्जिङ् स्टेशन निर्माण गर्न पत्राचार गरिसकिएको बताए । उनले प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन भइसकेकाले उक्त बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ती गर्ने प...
संसारकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज रेकर्डमा ४ नेपालीको किर्तिमानी

संसारकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज रेकर्डमा ४ नेपालीको किर्तिमानी

मनोरन्जन, समाचार
नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक  भिडियो हाम्रो साझा हिमाललाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई । लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले। नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्...
सत्ता र भागबण्डाको किचलोले नेकपा गम्भिर संकटमा

सत्ता र भागबण्डाको किचलोले नेकपा गम्भिर संकटमा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय अहिले सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको झगडा पुनः बाहिर छताछुल्ल भएर पोखिएको छ । अहिलेको विवादको मूल जरो भनेको नेताहरूको सत्तामोह र व्यक्तिगत स्वार्थ हो । यसमा अरु केहि छैन । नेकपामा नीतिगत विषयमा बहस हुन सकेको छैन । सत्ता र भागबण्डाको किचलोले नेकपा गम्भिर संकटमा फसेको छ । देशको आर्थिक विकासका विषयमा गम्भीर चिन्तन हुनुपर्ने थियो ।त्यो बिषमा कुनै चासो नै छैन । सत्तारुढ दलले चासो राख्नुपर्ने थियो तर राखेको छैन । नेताहरु सत्तास्वार्थ बाहेक अरु सोंच्नै भ्याएनन् । यो नै समस्या हो । अहिले कोरोना महामारीले देशको आर्थिक अवस्था नाजुक छ । महामारीबाट देश विदेशमा रहेका लाखौँ नेपाली प्रभावित भएका छन् । सरकार पहिला अत्तालियो र जनताले आफ्नो उपचार खर्च आफैँ बेहोर्न उर्दि दियो । त्यसको सर्वत्र आलोचना भएपछि सरकारले नै बेहोर्ने भयो । सत्तारुढ दलका नेता चिन्तनशील र जिम्मे...
गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई  स्वास्थ्य सामाग्री सहयोग

गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग

आर्थिक, समाचार
गोरखा, ११ मंसिर- ग्लोबल गोरखा समाज अन्तरास्ट्रिय समन्वय परिषदले ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री हस्ताण्तरण गरेको छ । समाजले बुधवार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच सो सहयोग सामाग्री हस्ताण्तरण गरेको हो । उक्त सामग्री संस्थाका नेपाल संयोजक बिनोद पोखरेलले जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङलाई हस्तान्तरण गरेका हुन् । जिल्लाका सबै स्थानिय तहलाई १३/१३ हजार थान मास्क र ३०/३० थान थर्मल गन सहयोग गरिएको छ । त्यस्तै गरी समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र सुरक्ष...
भारतका विदेश सचिव हर्षवर्द्धन शृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि  आज नेपाल आउँदै

भारतका विदेश सचिव हर्षवर्द्धन शृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै

राजनीति, समाचार
 भारतका विदेश सचिव हर्षवर्द्धन शृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदैछन् । उनी विशेष विमान मार्फत बिहान १० बजेपछि काठमाडौँ आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिएकी छन् । परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । विगतका उच्चस्तरीय भ्रमणको निरन्तरताकै रुपमा हर्षवर्द्धनको भ्रमण रहेको प्रवक्ता लम्सालले बताइन् । भारतीय विदेश सचिव हर्षवर्द्धन दुई दिन नेपालमा रहने छन् । भ्रमणको पहिलो दिन बिहीबार दुई देशका सचिवबिच द्विपक्षीय वार्ता हुनेछ । यस्तै सहयोगका विविध क्षेत्रबारे छलफल हुने प्रवक्ता लम्सालले जानकारी दिइन् । नेपाल र भारतबिच सीमा विवाद चर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमा वार्ताको शृङ्खला सुरु भएको संकेतका रुपमा हर्षवर्द्धनको भ्रमणलाई लिन सकिने विश्लेषण छ । लिपुलेक, ल...
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड,१४ लाखको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड,१४ लाखको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड पार भएको छ। ती मध्ये १४ लाखको मृत्यु भइसकेको छ। पछिल्ला दिनको कोरोना तीव्र गतिमा फैलिइरहेको छ। सेप्टेम्बरसम्म विश्वभर दैनिक ३ लाखसम्म संक्रमित भेटिने गरेका थिए, तर अहिले दैनिक ६ लाखभन्दा धेरै संक्रमित थपिने गरेका छन्। अमेरिका, ब्राजील, फ्रान्स तथा रुससहित ५४ देशमा कोरोनाको दोस्रो लहर सुरु भएको छ। त्यसको सबैभन्दा धेरै अमेरिका, युरोप र एशियाली मुलुकमा परेको छ। भारतमा पनि दोस्रो लहरको असर सुरु भएको छ। विगत तीन दिनमा भारतमा निको हुने संक्रमितको संख्या बढेको थियो। तर अहिले फेरि संक्रमितको दर बढ्न थालेको छ।१७ नोभेम्बर २०१९ मा चीनको वुहान शहरमा ५५ वर्षीय एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। १७ नोभेम्बर देखि ३१ नोभेम्बरसम्म तीनमा कन्तिमा पनि ५६६ जना कोरोनाको चपेटामा आएका थिए। २०२० को शुरुवातमा विश्वका कयौं देशमा कोरोना फैलिइसकेको पुष्टि भएको थियो...
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न सरकारको स्वीकृती

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न सरकारको स्वीकृती

समाचार, समाज
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न सरकारले स्वीकृती दिएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृती प्रदान गरेको हो। बैठकमा सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो। मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृती दिन मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गरेकी थिइन्‌। सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा नेपालले आफ्नै खर्चमा सगरमाथाको उचाई थपघट भएको हुनसक्ने आशंकाबीच उचाई मापन गरेको छ। ​मन्त्रिपरिषद्‌बाट स्वीकृती पाएसँगै अब केही दिनमै मन्त्रालयले सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ। ...