बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

एउटै बोका १ सय ८१ किलो, हेर्न आउनेको भीड

एउटै बोका १ सय ८१ किलो, हेर्न आउनेको भीड

समाचार
सन्धिखर्चको डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १ सय ८१ किलोको छ।यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन्। बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने, पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँचीसहित विभिन्न जिल्लाका किसान यसको पालनमा आकर्षित भएका छन्। अरू जातको बाख्राभन्दा बोयरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने किसान बताउँछन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्ना बोयर बाख्रा उत्पादनस्थल बनेको छ। अन्नपूर्ण पोस्टमा प्रेम नारायण आचार्यले खबर लेखेका छन्। ...
पाँच करोड ३७ लाख संक्रमणमुक्त, १६ लाख ९१ हजारको मृत्यु

पाँच करोड ३७ लाख संक्रमणमुक्त, १६ लाख ९१ हजारको मृत्यु

समाचार
विश्वभरमा पाँच करोड ३७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। आइतबार बिहानसम्ममा पाँच करोड ३७ लाख १८ हजार तीन सय ७३ जना संक्रमित कोरोनामुक्त भएका हुन्। हालसम्म विश्वमा ७ करोड ६५ लाख ८८ हजार सात सय ८२ जनामा कोरोना संक्रमण भएको छ। संक्रमितमध्ये १६ लाख ९१ हजार ६४ जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा २ करोड ११ लाख ७९ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ८० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमितमध्ये १ करोड पाँच लाख २७ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख २३ हजार तीन सय ४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्म १ करोड ३१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये ९५ लाख ७९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार पाँच स...
बक्यौता फर्स्याेट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने

बक्यौता फर्स्याेट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने

समाचार
कानुन बमोजिम बक्यौता फर्स्याेट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको छ । अनुमति पत्र प्राप्त दूरसञ्चार कम्पनीले बुझाउनुपर्ने शुल्क तोकिएको समयमा पनि फस्र्योट नगरेको अवस्थामा त्यस्तो कम्पनीलाई नियन्त्रणमा लिनसक्ने गरी कानुनी प्रबन्ध गरिएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार दूरसञ्चार (सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन) नियमावली, २०७७ पारित गर्दै सेवा प्रदायकको कार्यालय, भवन, यन्त्र, उपकरण, दूरसञ्चार पूर्वाधार संरचना तथा फ्रिक्वेन्सी नियन्त्रणमा लिने बाटो खुला गरेको हो । अन्तिमपटकका लागि बक्यौता फस्र्योट गर्ने अवधि पनि नाघेमा प्राधिकरणले सात दिनको पूर्वसूचना दिएर कम्पनीको स्वामित्व सरकारमा ल्याउन सक्ने नियमावलीमा उल्लेख छ । पारित भएसँगै कार्यान्वयनमा आएको यो नियमावलीले दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्रविहीन अवस्थाका दूरसञ्चार सेवा प्रद...
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो

जब जनकपुर उडेको जहाज पोखरा पुग्यो

समाचार
काठमाडौंबाट जनकपुरतर्फ उड्नुपर्ने बुद्ध एयरको ‘माइक यांकी’ एटीआर विमान शुक्रबार जब पोखरा विमानस्थलको धावनमार्गमा अवतरण हुँदै थियो, एयरहोस्टेस लुमन्ती मानन्धर भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।’ उनले यति के भनेकी थिइन्, यात्रुको एकसाथ आवाज आयो, ‘यो जनकपुर होइन ! पोखरा हो, पोखरा !’ उनले ‘बुद्ध एयरलाई सेवा गर्ने मौका दिनुभएकोमा धन्यवाद’ भन्नै पाइनन् । धावनमार्गमा गुडिरहेको जहाजभित्रैबाट उनले ककपिटमा रहेकी क्याप्टेन रीता प्याकुरेललाई यात्रुको प्रतिवाद रिपोर्टिङ गरिन् । एयरहोस्टेस मानन्धरको सूचनापछि क्याप्टेन प्याकुरेल र को–पाइलट सुरेश कटवालले त्यतिबेला मात्रै थाहा पाए, जनकपुरका यात्रु पोखरा ल्याइएको । त्यतिन्जेलमा काठमाडौंबाट उडेको २५ मिनेट घर्किसकेको थियो । यता, काठमाडौं स्टेसनमा बुद्ध एयरले त्यतिबेला मा...
नौ महिनापछि सवारी लाइसेन्स परीक्षा खुल्दै

नौ महिनापछि सवारी लाइसेन्स परीक्षा खुल्दै

समाचार
सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने खुलेको छैन । यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएको छ । यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् । सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ । विभागले भने कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन ख...
युवा समाजसेवी सुवास न्यौपानेबाट  गौतम आधारभूत बिद्यालयका बिद्यार्थीलाई सहयोग

युवा समाजसेवी सुवास न्यौपानेबाट गौतम आधारभूत बिद्यालयका बिद्यार्थीलाई सहयोग

शिक्षा, समाचार
पुस माघको कठ्याङ्ग्रीदो जाडोमा एक सरो कपडा लगाएर बिद्यालयको चिसो कक्षा कोठमा बस्नु कति कठिन होला ? हामी सोच्दा पनि मुटु काप्छ । तर सरकारी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरू यसरी नै पढ्न बाध्य हुन्छन् । ग्रामिण भेगका विद्यार्थीहरू यसरी नै एक सरो विद्यालय पोषाक लगाएर पढ्न जानु पर्छ । तर काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ रघुचौरमा अवस्थित गौतम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई भने यसपालि सहज हुने भएका छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जाडोमा लायन्स क्लव अफ काठमाडौ सिन्चित ३२५ एटु नेपालले न्यानो साथ दिएको छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई नमोबुद्ध नगरपालिका–६ का युवा समाजसेवी सुवास न्यौपानेको पहलमा क्लवले न्यानो कपडाको साथमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । क्लवले उक्त विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीहरूका लागि न्यानो कपडाको साथमा पेन्सिल, कापी लग...
कोरोनाविरुद्धको खोप नेपाल ल्याइँदै, भण्डारण क्षमता बढाइँदै

कोरोनाविरुद्धको खोप नेपाल ल्याइँदै, भण्डारण क्षमता बढाइँदै

समाचार
सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौथौ नेपालको औषधि विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ । अहिले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता भएको, त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र औषधि विभागमा दर्ता भएपछि नेपालमा ल्याएर लगाउन मिल्ने छ । सरकारले डब्लुएचओमा सू...
सर्वोच्च बारको नयाँ पदाधिकारी मत गणना शुरु

सर्वोच्च बारको नयाँ पदाधिकारी मत गणना शुरु

समाचार
सर्वोच्व अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भई मतगणना शुरु भएको छ । प्रमुख निर्वाचन अधिृकत राजु खड्काका अनुसार सर्वोच्च अदालत परिसरमा आयोजना गरेको सर्वोच्च बारको निर्वाचनमा मतदान सकिएर मतगणना शुरु गरिएको छ । मतगणनाको आजै नतिजा आउने छ । निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी र जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गर्नुभएको छ । प्रगतिशील समूहमा उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव अञ्जिता खनाल, सहसचिव शोभा कार्की, कोषाध्यक्ष श्यामकुमार खत्री, महिला सदस्यमा देवी रेग्मी रहनुभएको छ । त्यस्तै, खुल्ला सदस्यहरुमा अधिवक्ताहरु कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, रमेशर...
कोरोना महामारीका कारण हवाई क्षेत्रमा असर ,घटे यात्रु

कोरोना महामारीका कारण हवाई क्षेत्रमा असर ,घटे यात्रु

समाचार
कोभिड–१९ महामारीका कारण अन्य क्षेत्रजस्तै मुलुकको हवाई क्षेत्रमा पनि उल्लेख्य असर परेको छ । अर्थतन्त्रका अन्य क्षेत्रमध्ये पर्यटन क्षेत्र शिथिल बन्यो । त्यसमा पनि हवाई क्षेत्रले नराम्ररी आर्थिक क्षति बेहेर्नुपरेको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अघिल्लो वर्ष चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको सङ्क्रमण जोखिमका कारण विदेशी नेपाल आउने वातावरण भएन । अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि स्थगन भयो । भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । कोभिड महामारीकै कारण सन् २०२० मा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु सङ्ख्या घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विवरणमा सन् २०२० को नौ महिनाको अवधिमा त्रिभु...
थप ७१० जनामा कोरोना संक्रमण, १,१७५ जना निको, १२ को मृत्यु

थप ७१० जनामा कोरोना संक्रमण, १,१७५ जना निको, १२ को मृत्यु

समाचार
नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज (शनिबार) थप एक हजार १७५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ७८० जनाको पिसिआर परीक्षण गर्दा ७१० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २१० पुगेको छ । आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ७७५ पुगेको मन्त्रालयले जनाएको छ । हाल ४२१ जना क्वारेन्टाइनमा छन् । ...