आफ्नो मिहिनेत र परिश्रमको मुल्य नपाउनु किसानको लागी दुर्भाग्य
डा.डिआर उपाध्याय
उखु किसानहरु हलो र जुवा सहित काठमान्डौको माइतिघरमा आन्दोलित छन् । उनीहरुले आफ्नो बक्यौता रकम पाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका हुन्। उनिहरुले उठाएका माग प्रति विभिन्न संघ सस्था र केही समुह हरुले समर्थन जनाएका छन् । सरकारले पनि उनीहरुका मागप्रति सकारात्मक भइ रकम बुझाउन बाँकी चिनी उद्योगीहरुलाई तुरुन्तै किसानको खातामा जम्मा गरिदिन दबाब दिएको छ । यदि किसानको मागलाई बेवास्ता गरेको अवस्थामा राज्यले उनीहरुलाई पक्राउ गर्ने बताइसकेको छ । उखु किसानले हरेक वर्ष झमेला ।
खेपिरहन बाध्य छन् उनीहरूले आफ्नो उत्पादन चिनीउद्योगलाई उपलब्ध गराउँदै आएका छन् तर उनीहरुले तत्कालै मूल्य पाउँदैनन्। किसानहरु मर्कामा छन् उनीहरू उधारोमा कारोबार गर्न बाध्य छन् । उनीहरुले उधारो दिएको उखुको मुल्य वर्षौंसम्म उठाउन सक्दैनन्। समयम आफ्नो भुक्तानी नपाएपछि उनीहरू आर्थिक रूपले संकटमा पर्छन्।यी समस्...









