शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

एउटै बोका १ सय ८१ किलो, हेर्न आउनेको भीड

सन्धिखर्चको डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १ सय ८१ किलोको छ।यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन्।

बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने, पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँचीसहित विभिन्न जिल्लाका किसान यसको पालनमा आकर्षित भएका छन्।

अरू जातको बाख्राभन्दा बोयरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने किसान बताउँछन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्ना बोयर बाख्रा उत्पादनस्थल बनेको छ। अन्नपूर्ण पोस्टमा प्रेम नारायण आचार्यले खबर लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *