नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज (शनिबार) थप एक हजार १७५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४ हजार ७८० जनाको पिसिआर परीक्षण गर्दा ७१० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २१० पुगेको छ ।
आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ७७५ पुगेको मन्त्रालयले जनाएको छ । हाल ४२१ जना क्वारेन्टाइनमा छन् ।
