सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भएको बाँडफाँटमा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने १५ लाख ६५ हजार ५३० जनालाई बाँडफाँटमा सहभागी गराईएको थियो । यी आवेदकहरुबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकको भनाई छ । योग्य आवेदकमध्यबाट १२ लाख ९५ हजार ८३० जनाको हात खाली भएको छ ।
कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कास मार्फत विक्री गरेको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको शेयर कम्पनीले बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य कम्पनीले ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगा...









