आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

शिक्षा

कक्षा १२ को परीक्षा बारे बोर्डले गर्दैछ यस्तो तयारी

कक्षा १२ को परीक्षा बारे बोर्डले गर्दैछ यस्तो तयारी

शिक्षा, समाचार
भदौ २० काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ ।शिक्षा पत्रकार समाज (सेज)ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको बताए । उनले कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गरे ।उनले बोर्डले दिने सुझाव अध्ययन गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ रोकथाम तथा नियन्त्रण केन्द्र (सीसीएमसी)ले परीक्षा सञ्चालनका विधि र मितिबारे बाधा अड्काउफुकाउसहित निर्णय गर्ने बताए । बोर्...
वैकल्पिक प्रणालीको सिकाइलाई जाेड दिन शिक्षामन्त्रीको आग्रह

वैकल्पिक प्रणालीको सिकाइलाई जाेड दिन शिक्षामन्त्रीको आग्रह

शिक्षा, समाचार
भदाै १९ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेलामा शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, विद्यार्थी र अभिभावकमा आह्वान गरेका छन् ।मन्त्री पोखरेलले आज भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा बाध्यात्मक स्थितिमा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम् सिकाइको सुनिश्चितताका लागि अभियान सञ्चालन गरिने जानकारी दिए । घरमै बसेर इन्टरनेट, रेडियो, टेलिभिजन, शिक्षकसँग टेलिफोन सम्पर्कका माध्यमबाट र सूचना तथा प्रविधिको पहुँच नभएका शिक्षकले भौतिक दूरी कायम गरी सिकाइ प्रक्रियामा अमूल्य योगदान दिनुपर्ने बताए । उनले आजको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल भएको तथा सूचना र सञ्चारको पहुँच भएका र नभएका विद्यार्थीको सिकाइ निर...
आजबाट सोह्रश्राद्ध सुरु

आजबाट सोह्रश्राद्ध सुरु

शिक्षा
आजबाट हिन्दू धर्मावालम्बीहरुको सोह्रश्राद्ध सुरु भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको हो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यी दिनहरुमा हिन्दु धर्मालम्बीहरुले शाकाहारी मात्र भोजन गर्दछन्। घरमा माशांहारी परिकार पनि राख्न नहुने जनविश्वास छ। आजबाट १६ दिनसम्म पितृकर्म गर्ने परम्परा छ। आजबाट १६ दिनसम्म सात पुस्तालाई तर्पण दिई पूजा गरिन्छ। मृत पितृको मृत्यु तिथिमा श्राद्ध गरिन्छ। पूर्णिमाबाट सुरु भई औंशीमा सोह्रश्राद्ध सम्पन्न हुन्छ। यीमध्ये जुनसुकै दिनमा पर्ने तिथिमा आफ्ना मृत पितृको मृत्यु तिथि पारेर श्राद्ध गरिने प्रचलन रहेको छ। ...
‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै

‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै

शिक्षा, समाचार
सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यसअघि ५ साउनमा १ भदौबाट र २६ साउनमा १६ भदौबाट परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । कोभिड-१९ संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकारले विद्यार्थी भर्ना गर्ने मिति सारेको हो । ...
एसईईको नतिजा प्रकाशित,आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक

एसईईको नतिजा प्रकाशित,आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक

शिक्षा, समाचार
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए। कोरोना महामारीका कारण यस वर्षको एसईई परीक्षा स्थगित गरिएको थियो। परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो। यस वर्ष गत ६ चैतका लागि एसईई परीक्षा तोकिएको थियो।  एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । उनले भने,’ विद्यालयले पठाएको नतिजा प्रमाणित गर्ने निर्णय गर्‍यौं । गत वर्ष जस्तो नतिजा विश्‍लेषण गरेनौं ।’ ...
सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि सञ्चालन गर्न दिने

सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि सञ्चालन गर्न दिने

शिक्षा, समाचार
काठमाडौं । सरकारले कोरोना भाइरसका कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो । ५ साउनमा सरकारले १ भदौबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए । कोभिड–...
कक्षा ११ को परीक्षा तत्काललाई नलिन निर्देशन

कक्षा ११ को परीक्षा तत्काललाई नलिन निर्देशन

शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरसका कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै उसले यस्तो निर्देशन दिएको हो । ‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नुरनगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित वि...
एसईईपछि मेडिकल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि डिप्लोमा इन फार्मेसी

एसईईपछि मेडिकल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि डिप्लोमा इन फार्मेसी

शिक्षा
एसईईपछि मेडिकल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि फार्मेसी एउटा राम्रो विकल्प हो । थोरै लगानीमा अध्ययन गर्न सकिने विषय भएकाले पनि फार्मेसी पढ्न चाहने विद्यार्थीहरूको चाम बाक्लै हुने गरेको छ । रोजगारको दृष्टिले पनि फार्मेसी विषयलाई उपयुक्त विषयका रूपमा लिइन्छ । अध्ययनपछि रोजगारी सुरक्षित हुनका साथै आफैले पनि औषधी पसल खोल्न सकिने भएकाले यो विषयमा विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ । नेपालमा फार्मेसी विषय एसईईपछि अध्ययन गर्न पाइन्छ । एसईईपछि फार्मेसी पढ्नका लागि विद्यार्थीहरुलाई दुईवटा विकल्प छन् । एउटा भनेको सीटीईभीटीको डिप्लोमा इन फार्मेसी कोर्ष अध्ययन गर्ने र अर्को भनेको माध्यमिक तह (कक्षा ११ र १२) मा विज्ञान संकाय अध्ययन गरी स्नात्तक तहमा फार्मेसी विषय अध्ययन गर्ने । विद्यार्थीहरूले आफूलाई जुन उपयुक्त लाग्छ,त्यहि छनोट गरी अध्ययन गर्न सक्छन् । तर, धेरै विद्यार्थीहरूले एसईईपछि सी...
निजी विद्यालय सञ्चालकहरूले अनलाइन कक्षा पुनः सञ्चालन गर्ने

निजी विद्यालय सञ्चालकहरूले अनलाइन कक्षा पुनः सञ्चालन गर्ने

शिक्षा, समाचार
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो । १ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय पुनर्विचार गर्न संयुक्त रुपमा आग्रह गरी सकिएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । विद्यालय सञ्चालक, शिक्षक र अभिभावक संघले तत्काल विद्यार्थी अभिलेखीकरण, पुस्तक वितरण, नयाँ भर्ना लगायतका क्रियाकलाप थाल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुरोध गरेको छ । यसैबीच, शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले विद्यालय पुनः सञ्चालनका विषयमा प्याब्स...
कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट

कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट

शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने योजना बनाएको छ। परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको बताए। ‘सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने भनेपछि असोज पहिलो साता परीक्षा लिनेगरी योजनाबनाइरहेका छौँ’, उनले भने, ‘चाँडै परीक्षा तालिका सार्वजनिक गर्नेछौं।’ लकडाउनका कारण बैशाखमा हुने तय भएको कक्षा १२ को परीक्षा रोकिएको थियो। यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ। पौडेलले परीक्षाका अन्य विधिबाट नसोचिएको र पूरानै तरिकाबाट परीक्षाबाट लिने तयारी भएको जानकारी दिए। केन्द्र तोकिएका विद्यालयहरुलाई निर्मलीकरण गरेर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने उनले जानकारी दिए। ...