आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

पूर्वयुवराज्ञी हिमानी थाइल्याण्डबाट फर्किन्

पूर्वयुवराज्ञी हिमानी थाइल्याण्डबाट फर्किन्

राजनीति, समाचार, समाज
पूर्वयुवराज्ञी हिमानी शाह स्वदेश फर्किएकी छन्। थाइल्याण्डमा रहेकी हिमानी मंगलबार अपरान्ह ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए। नेपाल एअरलाइन्सको विमानमार्फत् हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि स्वदेश फर्किएका हुन्। ुपिसिआर परीक्षण गरेर आएको भन्ने छ, उनले भने यसबारे थप सिसिएमसीले हेर्छ। हिमानीका दुई छोरीहरू भने थाइल्याण्डमै छन्। छोराछोरी भेट्न तीन महिनाअघि थाइल्याण्ड गएकी हिमानी उतै रोकिएकी थिइन्। हिमानी स्वदेश फर्किएको पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस सहयोगी फणिराज पाठकले बताए। उहाँहरु स्वदेश आउनुभएको छ, क्वारेन्टिन बस्ने र नबस्ने जानकारी भएनु उनले भने। ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा विदेशी कामदार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा विदेशी कामदार

अन्तराष्ट्रिय, राजनीति, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विदेशी कामदारलाई निशाना बनाएका छन् । ट्रम्पले केही ग्रिन कार्ड तथा विदेशी कामदारको भिसा यो वर्ष (२०२०) को अन्त्यसम्मका लागि निलम्बित गरेका छन् । उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आया र उच्च तहमा रहेर काम गर्ने कार्यकारीहरु प्रभावित हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा गम्भीर प्रभावित भएका अमेरिकीहरुलाई रोजगार प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । तर आलोचकहरुले भने ट्रम्प प्रशासनले महामारीको बहाना बनाएर आप्रवासन कानूनको उल्लंघन गरेको बताएका छन् । नयाँ नियमका कारण अमेरिकामा काम गर्ने झण्डै पाँच लाख २५ हजार विदेशी प्रभावित हुने भएका छन् । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्डका प्राप्त गर्ने तयारीमा रहेका झण्डै एक लाख ७० हजार विदेशी...
पहिलेको जस्तो लक डाउन हुदैन : ईश्वर पोखरेल ,उपप्रधान तथा रक्षामन्त्री

पहिलेको जस्तो लक डाउन हुदैन : ईश्वर पोखरेल ,उपप्रधान तथा रक्षामन्त्री

राजनीति, समाचार, समाज
काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो । लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमितको ग्राफ भने बढेर जाँदा पुनः लकडाउन हुने सम्भावनाका अड्कल बाजी हुन थालेका छन् । सरकारी अधिकारी भने अब पहिले जस्तो लकडाउन नहुने बताउँछन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अब पहिले जस्तो सोलोडोलो लकडाउन नहुने जनाउँछन् । कतै कोरोना फैलिएर गए त्यो ठाउँ सिल गर्ने गरी अहिले काम भइरहेक...
सांसद सरिता गिरीविरुद्ध जन्म कैदको माग गर्दै महानगरीय प्रहरी टेकुमा जाहेरी

सांसद सरिता गिरीविरुद्ध जन्म कैदको माग गर्दै महानगरीय प्रहरी टेकुमा जाहेरी

अपराध, राजनीति, समाचार
जनता समाजवादीकी सांसद सरिता गिरीविरुद्ध जन्म कैदको माग गर्दै जाहेरी परेको छ । महानगरीय प्रहरी टेकुमा शुक्रबार साझ अभिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराव जाहेरी दरखास्त दर्ता गरेको अधिवक्ता सन्तोष भण्डारीले जानकारी दिए। गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को ९५ क( उपदफा ९१) वा ९२० बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त कानुनी व्यवस्थाअनुसार राज्यविरुद्धको कसुर ठहर भएमा सांसद गिरीलाई जन्मकैदको सजाय हुनेछ। सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने शीर्षक अन्तर्गत कसैले नेपालको स्वतन्त्रता, सार्वभौम सक्ता, भौगोलिक, प्रादेशिक वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हात हतियार वा खरखजना जम्मा गर्ने हातहतियारसहित सैनिक वा संगठन गर्ने वा यस्तो कार्य नगर्न नहुने कानुनमा उल्लेख गरिएको छ । दफा ४९ को २ मा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगो...
भारतसँग कालापानीबाट सैनिक फर्काउन माग

भारतसँग कालापानीबाट सैनिक फर्काउन माग

राजनीति, समाचार, समाज
काठमाडौं । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै सांसदले दलीय स्वार्थमाथि उठेर राष्ट्रियता एवम् सार्वभौमसत्ताको पक्षमा एकै स्थानमा उभिएर नेपाली एक मत छन् भन्ने सन्देश दिएका हुन् । सरकारले सार्थक वार्ताका माध्यमबाट भारतसँग कूटनीतिक एवम् राजनीतिक पहल गरेर नेपालको भूभागमा राखिएको भारतीय सेनाको क्याम्प हटाउनेतर्फ लाग्नुपर्ने सांसदको भनाइ छ । भारतले एकलौटी रुपमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत भूमिमा सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । सोही आधारमा प्रतिनिधिसभाको गत जेठ ३१ गतेको बैठकले सो विधेयकलाई दुई त...
आज वाट सवारी साधनमा जोर विजोर लागू, विहानै देखि विजोर नम्बरका सवारीसाधान चलाउने २६९ जना कारबाहीमा

आज वाट सवारी साधनमा जोर विजोर लागू, विहानै देखि विजोर नम्बरका सवारीसाधान चलाउने २६९ जना कारबाहीमा

राजनीति, समाचार, समाज
काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारीसाधनलाई जोड विजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको छ । जसअनुसार शुक्रबार जोड नम्बरका गाडीलाई चलाउन दिइएको छ । तर, विजोर नम्बरका सवारी पनि सडकमा उत्तिकै देखिएका छन् । यसरी विजोर नम्बरका सवारीसाधान चलाउने २६९ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए । प्रहरीका अनुसार पहिलो दिन भएकाले कतिपय सर्वसाधारण थाहा नपाएर पनि विजोर नम्बरका गाडी लिएर निस्किएका छन् । उनीहरुको सवारीसाधनलाई ट्राफिक प्रहरीले होल्ड गराएको छ । बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो भने सरकारका प्रवक्ता डा. युवराज खतिवाडले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर जोड विजोडको नीति लागु गरिएको बताएका थिए । त्यसअनुसार ट्राफिकले जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजो...
राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर एक करोडको नयाँ गलैँचा राख्दै

राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर एक करोडको नयाँ गलैँचा राख्दै

राजनीति, समाचार
राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ । तीन वर्षअगाडि निर्माण गरिएको उक्त भवनमा दुईवटा ठूला हलका लागि करिब ३० ३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको हो । राष्ट्रपति कार्यालयको कोठाहरु भव्य बनाउने ठेक्का हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङलाई दिइएको छ । राष्ट्रपति कार्यालयले विदेशी पाहुना आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढाउन महँगो गलैँचा बिछ्याउन लागेको जनाएको छ । हिमालय डेकोरकी प्रबन्धक शोभा गुरुङले नेपाली मौलिकता झल्कने गरी कोठाहरु सजाउन लागिएको बताइन् । कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् । ...
प्रधानमन्त्रीको निर्देशन : अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्नू

प्रधानमन्त्रीको निर्देशन : अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्नू

राजनीति, समाचार, समाज
लकडाउनको वेला अत्यावश्यक सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीको कामकारबाहीमा बाधा–अवरोध गर्ने र दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार भएको भन्दै त्यस्तो गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको एक मन्त्रीले बताए । स्वयंसेवकका नाममा सडकमा उत्रेकाले काठमाडौंको नागढुंगामा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनीमाथि दुर्व्यवहार गरेका थिए । यसको अभियोगमा स्थानीय उत्तम कार्कीलाई शनिबार नै प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले अधिकार नै नभएको काम गरेको र सवारी रोक्ने तथा खानतलासी लिने गरेको अभियोगम...
लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने भारतको दावी

लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने भारतको दावी

अन्तराष्ट्रिय, राजनीति, समाचार
भारतले लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने दावी गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडियाले उठाएका प्रश्नको जवाफ दिँदै सडक उत्ताराखण्डको पिथौरागढ जिल्लाभित्र पर्ने र उक्त सडक भारतीय भूमि भित्रै रहेको बताएका हुन्। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार चीनको मानसरोवर जोड्ने गरी नेपाली भूभाग हुँदै जाने बाटोको उद्घाटन गरेका थिए। उक्त बाटो नेपालको कालापानी र लिपुलेक क्षेत्र हुँदै निर्माण गरिएको छ। बाटोको उद्घाटन भएको समाचार आए लगत्तै शनिबार नेपाल सरकारले उक्त कदमलाई खेदजनक भनेको छ। सीमा विवाद हल गर्न परराष्ट्र सचिव स्तरीय संयन्त्रमा कुराकानी गर्न नेपालले दुई पटक गरेको प्रस्तावमा भारतले वेवास्ता गरेको थियो। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सचिव स्तरीय वार्ता हुन सक्ने उल्लेख गरेका छन्। उनले भारत कुटनैतिक वार्ताबाटै सीमा विवाद हल ग...
रसुवा तरुण दल शुरु गर्यो निशुल्क खाना

रसुवा तरुण दल शुरु गर्यो निशुल्क खाना

राजनीति, समाचार, समाज
किरण अधिकारी- काठमाडौं । लकडाउनका कारण समस्यामा परेका महानुभाबहरुलाइ बालाजु ,माछापोखरी चोकमा निशुल्क खानाको व्यवस्था गरिएको छ । लकडाउनका कारण आर्थिक अभाब भएर खाना खान नै समस्यामा परेका हरुलाइ व्यवस्था गरिएको हो । नेपाल तरुण दल रसुवाले निशुल्क खानाको व्यवस्था गरेको तरुण दल रसुवाका अध्यक्ष दील बहादुर मुक्तान (डीम्याक्स)ले बताउनुभयो । आज देखी २५ गते सम्म निस्शुल्क मेस संचालन गर्न लागेको नेपाली कांग्रेस रुसुबाका नेता कुमार देबकोटाले जानकारी दिनुभयो । ...