आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

मोदी अचानक पुगे चीनसँग झडप भएकाे लद्दाखमा

मोदी अचानक पुगे चीनसँग झडप भएकाे लद्दाखमा

अन्तराष्ट्रिय, राजनीति, समाचार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुगेका छन्। उनी आज बिहानै गत जुन १५ राति चिनियाँ सेनासँग झडप हुँदा आफ्ना २० सैनिक मारिएको सीमा क्षेत्र लद्दाखको राजधानी लेह पुगेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ त्यस हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्ने कार्यक्रम छ। भारतको आधिकारिक समाचार प्रसारक ‘प्रसार भारती’ले ट्विट गरेको छ, ‘प्रधानमन्त्री मोदी अहिले निमुमा हुनुहुन्छ। उहाँ आज बिहान यहाँ आइपुग्नुभएको हो। प्रधानमन्त्रीले सेनाका जवान, वायुसेना र आईटीबीपीसँग कुरा गर्दै हुनुहुन्छ।’ निमु भन्ने स्थान ११ हजार फिट उचाइमा पर्छ। अधिकारीहरूले प्रधानमन्त्रीलाई सम्पूर्ण अवस्थाबारे जानकारी गराएका छन्। यसअघि रक्षामन्त्री राजनाथ सिंह ले जाने भनिएकाे थियाे। तर उनको भ्रमण बिहीबार रद्द भएको थियो। त्यसपछि प्रधानमन्त्री माेदी आफैं शुक्रबार त्यहाँ गएका हुन्। ...
राजनीतिलाई व्यापार र व्यवसायको रूपमा हेरिनुहुदैन : डा. डीआर उपाध्याय

राजनीतिलाई व्यापार र व्यवसायको रूपमा हेरिनुहुदैन : डा. डीआर उपाध्याय

राजनीति, समाचार
डा. डीआर उपाध्याय यतिवेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि पार्टी भित्रको द्वन्द्व यतिवेला टकरावको स्थिति आएको छ । यसले नेकपा फुट्छ कि भन्ने चिन्ता चौतर्फी रूपमा बढेर गएको छ । नेपाली जनताले सत्तारूढ दल नेकपालाई राजनीतिक स्थिरता र विकासका लागि पाँच वर्षको म्यान्डेट दिएका हुन् । यो पार्टी बलियो र एकताबद्द भएर अघि बढनुपर्छ । सत्तारुढ दल र तिनका नेताहरूले देश र जनताका लागि काम गरेर देखाउनुपर्छ । यो अवसरलाई खेर फालेर सत्ता स्वार्थमा लागेर विवाद सिर्जना गर्नु कुनै अर्थमा पनि देश र जनताका निम्ति राम्रो होइन । अहिले सत्तारूढ दल नेकपामा जुन किसिमको विवाद देखिएको छ, यसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै गम्भिर प्रश्न उठाएको छ । पा...
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका बेलाको घरभाडा नलिन घरधनीलाई आग्रह

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका बेलाको घरभाडा नलिन घरधनीलाई आग्रह

राजनीति, समाचार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका बेलाको घरभाडा नलिन घरधनीलाई आग्रह गरेको छ। विप्लव समूहका सेती–महाकाली व्यूरोले एक विज्ञप्ति जारी गर्दै लकडाउनका बेला घरभाडा नलिन घरधनीलाई आग्रहसंगै लकडाउन अवधीभरको व्याज मिनाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेको छ। विप्लव नेतृत्वको नेकपाले आफूले गरेको आग्रहको वेवास्ता गरी लकडाउनको बेलाको घरभाडा लिने घरधनीलाई कारवाहीको भागेदार हुनुपर्ने चेतावनी समेत दिएको छ। पार्टीका नेता निर्माणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको कारण जनताको जीवन गुजारा गर्न मुस्किल भइरहेको बेला शहर बजारका घरधनीहरुले घर भाडा अशुल गर्ने नाममा बाहालमा बस्ने हरुलाई निकै दुःख दिइरहेको र यसमा राज्यले पनि ध्यान नदेखाएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। केही मानवीय भावना भएका घर मालिक बाहेक सबै पूँजीवादी चेतनाले लैश भएका व्यक्तिहरुले घर ...
न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले दिए राजीनामा

न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले दिए राजीनामा

अन्तराष्ट्रिय, राजनीति, समाचार
न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले राजीनामा दिएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भएको सरकारी प्रयासको आलोचना तथा मन्त्री आफैले लकडाउन उल्लंघन गरेका कारण विवाद भएको परिवेशमा उनले राजीनामा दिएका हुन् । लकडाउनका बेला परिवारका सदस्यलाई समूद्री किनारमा लिएर गएका कारण क्लार्कलाई यसअघि नै मन्त्री परिषदको बरियतामा घटुवा गरिएको थियो । आफू पदमा रही रहे सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको समग्री प्रयासलाई नै धुमिल वा ओझेलमा पर्ने भन्दै उनले राजीनामा दिएका हुन् । प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मन्त्री क्लार्कको राजीनामा स्वीकृत गरेको बिहीबार पुष्टि गरेकी छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रण लिनमा सफल भएको थियो । त्यहाँ कुल संक्रमितको संख्या १५ सय २८ रहेकोमा २२ जनाको ज्यान गएको छ । गएको महिना भाइरस फ्रि भएको भन्दै देशभित्र लागु गरिएका सब...
प्रधानमन्त्री ओलीसँगको परामर्शपछि योगेशले भने, ‘प्रेक्सी वार बन्द गरौ’

प्रधानमन्त्री ओलीसँगको परामर्शपछि योगेशले भने, ‘प्रेक्सी वार बन्द गरौ’

राजनीति, समाचार
काठमाडौं । पार्टीभित्रको आन्तरिक संकट चुलिदै गएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले परामर्श तीव्र पारेका छन् । बुधबार बिहान आफु निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुसँग परामर्शपछि मन्त्री योगेश भट्टराईले बाँकी नेताहरुसँग पनि प्रम ओलीले परामर्श गर्ने बताएको जानकारी दिए । भट्टराईसहित केही मन्त्री र स्थायी समिति सदस्यलाई ओलीले बालुवाटार बोलाएका थिए । परामर्श सकिएलगत्तै मन्त्री भट्टराइले अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाएको र बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताएको आफ्नो फेसबुक पेजमा लेखेका छन् । उक्त परामर्श सकारात्मक रहेको समेत भट्टराईको भनाइ छ । ‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश...
भारतले चिनियां एप्समा रोक लगाए लगतै,चीनमा भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध

भारतले चिनियां एप्समा रोक लगाए लगतै,चीनमा भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध

अन्तराष्ट्रिय, राजनीति, समाचार
एजेन्सी । भारतले ५९ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएलगत्तै चीनले पनि भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएको छ । चीनले भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध लगाएको हो । तर भारतले एप्समाथि प्रतिबन्ध लगाएपनि चिनियाँ समाचारपत्र र वेभसाइटमाथि भने प्रतिबन्ध लगाएको छैन । चिनियाँ सरकारले भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएपछि कयौं मानिसहरु भारतीय समाचारपत्र र वेभासाइट पढ्नबाट बञ्चित भएका छन् । त्यस्तै चीनमा केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि बन्द गरिएको जनाइएको छ । त्यहाँ भारतीय टिभी च्यानलहरु इन्टरनेट प्रोटोकल (आईपी) टिभी अर्थात इन्टरनेटमार्फत हेर्न सकिन्थ्यो । त्यस्तै चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ । भीपीएन एक शक्तिशाली उपकरण हो, जसले प्रयोगकर्ताहरुलाई सरकारी इन्टरनेट जडानका साथै निजी नेटवर्कहरु निर्माण गर्ने अनु...
अख्तियार विधेयकमा सरकार पछि हट्यो

अख्तियार विधेयकमा सरकार पछि हट्यो

राजनीति, समाचार
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट हटाएको छ। सो विधेयकको चौतर्फी विरोध भइरहेकै बेला सोमबारको राष्ट्रिसभाको कार्यसूचीमा राखिएको थियो। तर, राष्ट्रिसभाको बैठकको बीचमै सो विधेयक कार्यसूचीबाट हटाइएको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।  सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सो विधेयक अघि नबढाउने बताएका थिए।  तर, त्यससम्बन्धी कुनै जानकारी संसदमा नआएका कारण सो विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभाले अघि बढाएको संसदका एक उच्च अधिकारीले साेमबार नेपालखबरलाई बताएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विभिन्न पक्षले सो विधेयकको चर्को विरोध गरेपछि गतसाता सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा समेत सो विषय गम्भीररुपमा उठाइएको थियो। त्यसपछि नेकपा अध...
उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

राजनीति, समाचार
काठमाडौं-उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सङ्घीय संसद् सचिवालय र नेपाल कानून आयोगलाई विपक्षी बनाएर अधिवक्ता तुलसी सिम्खडाले रिट निवेदन दायर गरेका हुन। संविधानअनुसार उपसभामुखको पद एक महिनाभन्दा बढी रिक्त राख्न नहुने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै निवेदनमा उक्त पदको निर्वाचनका निम्ति सम्बन्धित निकायका नाममा परमादेशको आदेश जारी गर्न आग्रह गरिएको छ। यही असार ९ गते दायर भएको उक्त रिटमा असार ११ गते प्रथम सुनावाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले निवेदनमाथि अग्राधिकारको आदेश दिएको अधिवक्...
चिनसंग नेपालको सीमा विवाद छैन : नेपाल सरकार

चिनसंग नेपालको सीमा विवाद छैन : नेपाल सरकार

राजनीति, समाचार
काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ । कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको परराष्ट्रले विज्ञप्तिमार्फत बताएको छ । त्यस्तै, हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयले बताएको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ । नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरे बमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ । सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको सम...
अवहेलना मुद्दामा जवाफ लिएर आफैँ उपस्थित हुन प्रधानमन्त्री ओलीलाई सर्वोच्चको आदेश

अवहेलना मुद्दामा जवाफ लिएर आफैँ उपस्थित हुन प्रधानमन्त्री ओलीलाई सर्वोच्चको आदेश

राजनीति, समाचार
काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना सम्बन्धी सातवटा अन्तरिम आदेशको पालना नगरेको भन्दै जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ। अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको अवहेलना मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले आदेश पालना नगर्नुको लिखित जवाफसहित बाटोको म्याद बाहेक १५ दिनभित्र उपस्थित हुन भनेको हो। कोरोना नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक सरोकारको विषयअन्तरगत दायर भइ सरकारलाई भएका आदेशको कार्यान्वयन नगरेको भन्दै अधिवक्ता शर्माले सर्वोच्चमा प्रधानन्त्रीविरुद्ध अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका थिए। कोभिड–१९ का कारण सर्वोच्च अदालतले नियममित कार्य नगरेपछि लक डाउनभर त्यसम्बन्धी विषयमा भने सुनुवाइ गरेको थियो। सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ, ‘उल्लिखित साट वटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ? ती आदेश प...