आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

तराईं क्षेत्र डुवानमा पर्नुको कारण भारतीय हस्तक्षेप:गृहमन्त्री रामबहादुर थापा

तराईं क्षेत्र डुवानमा पर्नुको कारण भारतीय हस्तक्षेप:गृहमन्त्री रामबहादुर थापा

राजनीति, समाचार
काठमाडौंः तराईं क्षेत्र डुवानमा पर्नुको कारण भारतीय हस्तक्षेप रहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।  आज सोमबारको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको वैठकमा उनले यस्तो बताएका हुन् । उनले भारतले सिमा क्षेत्रमा सडकरुपी बाँध बनाएका कारण नेपालको तराईं क्षेत्र डुवानमा परेको बताएका छन् । साथै, भारतले गरेको यस्तो गतिविधि हस्तक्षेप रहेको उनले बताएका थिए । भारतले गरेको यो कामलाई राजनितिक रुपभन्दा बढि नेपाल माथिको हस्तक्षेप भएको बादलले बताए । उनले भारतले आफ्नो हित मात्रै हेरेर नेपाललाई वेवास्था गरेको बताएका छन् । उनले भने, ‘भारतीय प्रधानमन्त्री नेपाल आउँदा यससम्बन्धी सम्झौता भएका थिए ।तर, भारतले सम्झौता अनुसार गरेन् ।’ भारतले सिमा क्षेत्रमा बाँध बनाएको र संरचना हटाउन नेपालले पहल गर्दा पनि सार्थक नभएको उनले बताए । उनले नेपाली सिमामा भारतले बनाएको सडक र बाँध ह...
अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाए

अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाए

अन्तराष्ट्रिय, राजनीति, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका छन्। कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले अन्ततः सार्वजनिक रुपमा प्रस्तुत हुँदा मास्क लगाएका हुन् । जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिनका लागि महत्वपूर्ण हुने बताएको मास्क लगाउन लगातार अस्वीकार गर्दै आएका ट्रम्पले अमेरिकामा कोभिड–१९ बाट एक लाख ३४ हजार सात सय भन्दा धेरैको ज्यान गएपछि तथा ३२ लाख ४२ हजार भन्दा धेरै संक्रमित भएपछि मास्क लगाएका हुन् । वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् । मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने, ‘मल...
विपद्मा परेकाको उद्धार, राहत र पुनस्र्थापन प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन

विपद्मा परेकाको उद्धार, राहत र पुनस्र्थापन प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्राकृतिक विपद्मा परेका व्यक्तिको उद्धार, राहत, तथा पुनस्र्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण गर्ने भरपर्दो उपाय अवलम्बन गर्नसमेत सम्बद्ध निकायलाई आग्रह गरे । परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राहत सामग्रीलाई व्यवस्थित गर्दै प्रभावितसम्म पु¥याउन र उद्धारकको मनोबल बढाउने गरी काम गर्न परिषद्का सदस्यहरुलाई निर्देशन दिएको परिषद्का सदस्यसचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले अविरल वर्षापछि ...
आपत्तिजनक रिपोर्टलाई लिएर जीन्यूजको नेपालीसँग क्षमायाचना

आपत्तिजनक रिपोर्टलाई लिएर जीन्यूजको नेपालीसँग क्षमायाचना

राजनीति, समाचार
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो । जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’ तर च्यानलले उक्त सामग्री भने अहिले पनि यूट्यूबबाट हटाएको छैन । ...
नेपालमा कार्यरत विदेशीलाई आउन स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सीसीएमसीको निर्णय

नेपालमा कार्यरत विदेशीलाई आउन स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सीसीएमसीको निर्णय

आर्थिक, राजनीति, समाचार
काठमाडौं- कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले नेपालमा लगानी गरेका लगानीकर्ता वा तिनका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय निगमका व्यवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ। सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएका छन्। यसका साथै  प्रदेश र जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेश गर्ने निर्णय गरेको छ। बैठकपछि उनले भने, ‘प्रदेश र जिल्ला स्तरिय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेश गर्ने प्रस्ताव मन्...
सरिता गिरीको सांसद पद कारबाहीको पत्र संसद सचिवालयमा

सरिता गिरीको सांसद पद कारबाहीको पत्र संसद सचिवालयमा

राजनीति, समाचार
काठमाडौं। देशको राष्ट्रियताप्रति गम्भीर अभिव्यक्ति दिएपछि समाजवादी पार्टीबाट कारबाहीमा परेकी सरिता गिरीको सांसद पद रिक्तका लागि समाजवादी पार्टीले बुधबार संसद सचिवालयमा पत्र दर्ता गराएको छ। सचिवलायका सचिव गोपालनाथ योगीले पत्र सचिवालयमा दर्ता भएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘आज (बुधबार) पत्र आएको छ। अधिकतम १५ दिन भित्र यसको टुंगो लगाइसक्नुपर्ने कानुनी प्रावधान छ।’ नेपालको नयाँ नक्साबारे संविधान संशोधन गरिँदा गिरी त्यसविरुद्ध संसदमा विरोधको सूचनासमेत दर्ता गराएकी थिइन्। यस्तै उनले राष्ट्रियतामाथि आँच पुग्ने गरी संसदमा अभिव्यक्तिसमेत दिएकी थिइन्। संविधान संशोधनका पक्षमा उनले मतदानसमेत नगरेपछि उनको दल समाजवादी पार्टीले ह्वीप नमानेको भन्दै पार्टीको साधारण सदस्य नरहने गरी सांसदबाटसमेत कारबाही गरेको थियो। यसरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराउनु पर्ने र संसदको सम्बन्धि...
नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित

राजनीति, समाचार
आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए ।यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पुनः २४ गतेसम्मका लागि स्थगित भएको थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएको बताइएको छ । अध्यक्षद्धयले विवाद निकासका लागि सहमतिको सुत्र खोजिरहेका छन ।गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ...
नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री

राजनीति, समाचार, समाज
सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो। बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरेको हो। थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन्। सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए। हालका आईजीपी ठाकुर ज्ञवालीले बुधबार अवकास पाउँदैछन्। प्रहरीमा भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका थापाले यसअघिका ५ वटा आईजीपीसँग सचिवालयमा रहेर काम गरिसकेका छन्। डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्। २८ व...
प्रधानमन्त्री ओली अचानक शीतल निवास पुगे

प्रधानमन्त्री ओली अचानक शीतल निवास पुगे

राजनीति, समाचार
काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवादका बीच प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले प्रधानमन्त्री शीतल निवास गएको पुष्टि गरे। प्रधानमन्त्री ओलीको नेकपाका बहुमत स्थायी कमिटी सदस्यहरुले राजीनामा मागेपछि विवाद चर्किएको छ। नेकपाको जारी स्थायी कमिटी बैठकमा राजीनमा मागिएपछि चर्केको विवादका बीच प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गरेका थिए। उता पार्टीमा सहमति जुटाउन भन्दै स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित गरिएको छ। पछिल्लो राजनीतिक परिस्थितिबारे राष्ट्रपतिसँग परामर्श गर्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्। यही असाढ १० गतेबाट शुरु भएको नेकपा स्थायी कमिटीबो बैठकपछि प्रधानमन्त्री ओलीले आधा दर्जन पटक राष्ट्रपतिसँग भेट गरिसकेका छन्। ...
चीनसम्बन्धी कुनै रणनीतिक भूल नगर्न भारतलाई चीनको चेतावनी

चीनसम्बन्धी कुनै रणनीतिक भूल नगर्न भारतलाई चीनको चेतावनी

अन्तराष्ट्रिय, राजनीति, समाचार
चीनसम्बन्धी कुनै रणनीतिक भूल नगर्न भारतलाई चीनले चेतावनी दिएको छ। जुन १५ मा लद्दाखमा रक्तपातपूर्ण झडपपछि दुई देशबीच सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाख पुगेर सैनिकहरुसँग भेट गरेका थिए। त्यहाँ चीनतर्फ संकेत गर्दै मोदीले विस्तारवादको युग समाप्त भएको बताएका थिए। शुक्रबार नै बेइजिङमा नियमित पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यनले गैरजिम्मेवार टिप्पणी नगर्न भारतीय अधिकारीहरुलाई चेतावनी दिए। ‘भारतले द्विपक्षीय सम्बन्धलाई सुरक्षित बनाउन चीनसँग मिलेर काम गर्नुपर्छ,’ चाओले भने, ‘भारतले चीनका बारेमा कुनै रणनीतिक भूल गर्नुहुन्न।’ चिनियाँ विदेश मन्त्रालयको यो टिप्पणीलाई पछिल्लो विवाद सुरु भएयता हालसम्मकै कडा वक्तव्य मानिएको छ। विवाद बढ्दै जाँदा भारतले ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ। त्यस्तै सडक परियोजनाहरुमा चिनियाँ...