बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राजनीति

रबि लामिछाने राजनीतिमा सक्रिय हुने घोषणाले तरंग

रबि लामिछाने राजनीतिमा सक्रिय हुने घोषणाले तरंग

राजनीति, समाचार
चर्चित संञ्चारकर्मी रबि लामिछाने संचार क्षेत्रलाई त्यागेर सक्रिय राजनीतिमा आउने घोषणा गरेका छन । उनको यो घोषणाले राजनीतिमा तरंग उत्पन्न गरेको छ । उनी एक चर्चित राम्रा प्रस्तोता हुन । उनले समाजमा घटेका घटना र साना साना बिषय बस्तु टेलिभिजन मार्फत उठान गरे पछि जनताको मन जित्न सफल भएका हुन । पीडामा परेका मान्छेको आवाज बने उनी । त्यसैले उनी जनताको मन मनमा बस्न सफल भए । उनको संचार क्षेत्रको यात्रा सफल बन्यो । हिजोबाट उनी टेलिभिजन कार्यक्रमबाट बिश्राम लिएको घोषणा पनि गरेका छन । उनले राजनीति बाटो तय गदै छन । उनले राजनीतिको मार्ग चित्र कोर्ने बताएका छन । अब उनको राजनीति यात्रा कसरी अघि बढछ त्यो भोलीका दिनमा हेदै जाउला । उनले आफना कुरा सार्वजनिक गर्न असार ७ गते ठूलो भेला पनि गदै छन । उनले आहवान गरेको भेलामा को को सहभागी हुन्छन् त्यो भने सबैको चासोको बिषय पक्कै बनेको छ । के उनी संचार क्षेत्रमा...
बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ?

बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ?

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । यति बेला प्रदेश र संघीय निर्वाचनको चर्चा सुरु हुन थालेको छ । राजनीतिक दलहरुका आ आफना बैठक पनि चलिरहेका छन । लोकतन्त्रमा चुनाव हुनु भनेको यो एउटा सुन्दर पक्ष हो । आगामी मंसिरमा प्रदेश सभा र संघीय संसद्को अवधि सकिँदैछ। त्यसैले राजनीतिक दलहरु चुनाव केन्द्रीत हुन थालेको देखिन्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । स्थानीय चुनावमा काठमाडौं, जनकपुर, धरान, धनगढीलगायतमा स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरे । स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरेको परिणाम बाहिर आए पछि राजनीतिक दलहरु एका एक झस्किरहेका छन । राजनीतिक दलले खडा गरेका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्दा जनतामा एक खालको हौसला बढेको छ । कारण के हो ? राजनीतिक दलका नेताले सत्तामा पुगे पछि राम्रो र लोकप्रिय काम गर्न नसक्नुको परिणाम हो भनेर बुझदा हुन्छ । चुनाव खर्...
जनता चरम निराशामा छन

जनता चरम निराशामा छन

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । अझै पनि राजनीतिक दल र तिनका नेताहरु आ आफनो स्वार्थमा लिप्त छन । देश र जनताको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा कसैको चासो र चिन्ता देखिदैन । देशको भबिश्यका बिषयमा चिन्ता गर्ने नेतृत्वको खाँचो छ अव । अव पनि देश यस्तै अबस्थामा रहन सक्दैन र राख्नु पनि हुदैन । अब युवाहरुले गम्भिर भएर सोचनु पर्ने बेला आएको छ । देशमा बिकासका कुरा धेरै भए तर हामीले प्रगति गर्न सकेनौं । देश आर्थिक संकटमा परेको अर्थ बिज्ञहरुले बताइरहेका छन । यस्तो अबस्थामा पनि नेतृत्वलाई चिन्ता नहुनु दुखद कुरा हो । राजनीतिक दलहरु अब मिलेर जानु पर्ने अबस्था आयो । दलहरु बीच बिवाद हुनु भनेको देशलाई संकट तर्फ धकेल्नु हो । सबै राजनीतिक दलहरु मिलेर अब देशलाई निकास दिनु पर्छ । जनताको अबस्था सबै कुरामा नाजुक हुदैछ । सर्ब साधरण जनता महंगीका कारण बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । राजनीति भ...
अब राजनीतिक दलहरु सुध्रिने की सकिने ?

अब राजनीतिक दलहरु सुध्रिने की सकिने ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं ।  स्थानीय तहको निर्वाचन परिणामले नयाँ खालको सन्देश दिएको छ । यो निर्वाचन मत परिणामले राजनीतिक दल र तिनका नेताहरुलाई सुर्धने मौका दिएको छ । अब दलहरुले योग्य उम्मेदवार नउठाउँने हो भने यस्तै स्थिती दोहोरीन सक्छ । निर्वाचन परिणामले मतदातालाई उत्साहित बनाएको छ । मुलुकको नेतृत्व अब युवा पुस्तामा हस्तान्तरित हुने संकेत देखा पदैछ । यो अहिलेको आवश्यकता पनि हो ।स्थानीय तहको निर्वाचन सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनकि, देश विकासको जग बसाल्ने भनेको नै स्थानयि तहबाट हो । स्थानीय तहको विकास नभए देशको विकास हुँदैन । स्थानीय तहका नेता सक्षम, दक्ष, इमानदार हुन जरुरी छ । जनताको जीवनस्तर माथि उठाउन नेतृत्वको ठूलो भूमिका रहन्छ । अब राजनीतिक वातावरण स्वच्छ र पारदर्शी हुन जरुरी छ । नेताहरु स्वार्थी हुनाले राज्यले निकास पाएको छैन । आज तमाम नागरिकले समस्या झेल्नु परेको छ ...
दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई रुचाए जनताले

दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई रुचाए जनताले

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको अग्रता र विजयले राजनीतिक दलको जग हल्लिएको छ । अब पनि दलहरु इमानदार हुन सकेनन् भने जनताले उचित फैसला गदै जाने छन । अहिलेको स्थानीय चुनावको मत परिणामले राजनीतिक दल प्रति जनताको बिश्वास बिस्तारै घटदै गएको अनुमान लगाउन सकिन्छ । अब नेपालका राजनीतिक दलहरुले बिगतका गल्तिबाट पाठ सिकेर अघि बढनु पर्ने अबस्था देखिएको छ । यो स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई जनताले रुचाएको देखियो । यो जनमतले नेतालाई सच्चिएर अगाडि बढ्न सचेत गराएको छ । त्यसैले अब राजनीतिक दलका नेता सच्चिनु पर्ने देखिएको छ । काठमाडौं महानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरले अगाडि छन । दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार शाह मतमा अघि देखिनु भनेको दलहरु...
जनताको सेवामा समर्पित युवा नेता ‘सुरज कुमार न्यौपाने’

जनताको सेवामा समर्पित युवा नेता ‘सुरज कुमार न्यौपाने’

राजनीति, समाचार
काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेबाट लोकप्रिय युवा नेताको उम्मेदवारीले स्थानीय जनतामा खुशी छाएको छ । काभ्रे जिल्लाको ऐतिहासिक पर्यटकीय मनोरम स्थलको रुपमा परिचित नमोबुद्ध को वडा नं ६ मा क्षमतावान आशा लाग्दो सहयोगी, वैचारिक र जुझारु प्रष्ट वक्ताका रुपमा चिनिएका युवा नेता हुन, सुरज कुमार न्यौपाने । युवा नेता न्यौपाने लामो समयदेखि स्थानीय क्षेत्रमा समाजसेवा संग संगै राजनीतिमा सक्रिय रुपमा लागि पर्दै आएका छन ।देविस्थान हुदै चरङ्गेफेदीसम्मको मोटरबाटो निर्माणका लागि अग्रसर भई विकास निर्माणमा सधै तत्पर भएर लाग्दै आएका न्यौपानेनमोबुद्ध नगरपालिका ६ नम्वर वडा अध्यक्षको उम्मेदवारीको रुपमा चर्चा कमाएका युवा नेता न्यौपाने वडामा मात्र नभएर नगरमै लोकप्रिय हुदै गएका छन । युवाका मात्र नभएर सम्पूर्ण वडा वासीमाझ समाजसेवाबाट निकै परिचित बनेका न्यौपाने यस अघि उनले वडामा गरेका उल्लेख्...
वडाको मुहार फेर्न युवा नेता सरोजकुमार मुल्मीको पूनः उम्मेदवारी

वडाको मुहार फेर्न युवा नेता सरोजकुमार मुल्मीको पूनः उम्मेदवारी

राजनीति, समाचार
काठमाडौं – खेलकुद र समाजसेवाबाट चर्चा कमाएर राजनीतिमा सक्रिय रुपमा लागेका युवा नेता हुन सरोजकुमार मुल्मी । नेपाली कांग्रेसको राजनीतिमा उदीयमान नेताको रुपमा समेत लोकप्रिय हुदै गएका मुल्मी काठमाडौं भोटेबहालका स्थायी वासिन्दा हुनुका साथै काठमाडौं वडा नं.११ निवासीमाझ सफल खेलाडी, समाजसेवी र सिद्धान्तनिष्ठ नेताका रुपमा चिनिन्छन् । सफल खेलाडी भएरपनि नेपाली कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने मुल्मी इमान्दार नेता र स्पष्ट वक्ताको रुपमा परिचित छन । सधैं गरिव, निमुखा, आवाजबिहीन, सिमान्तकृत, अल्पसंख्यक, दलित, महिला र अपाङ्गताको पक्षमा आवाज बुलन्द गर्ने उनी आफुलाई राजनीतिसँगै समाजसेवी भन्न रुचाउँछन् । मुल्मी कामनपा ११ का निवर्तमान वडा सदस्य हुन् । अहिले पुनः सोही वडामा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेका छन् । पार्टिले यस अघि उनले वडाको विकासको निम...
टोखा नगरको मेयरमा विकासप्रेमी शेखर श्रेष्ठको चर्चा

टोखा नगरको मेयरमा विकासप्रेमी शेखर श्रेष्ठको चर्चा

अन्र्तवार्ता, राजनीति
काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला चर्चामा रहेका छन् ।उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो । टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन् । टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन । उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई कह...
ईश्वरपुर नगर प्रमुखमा विकासप्रेमी लोकप्रिय नेता मनोज देवकोटा उत्कृष्ट मध्येका अझ उत्कृष्ट उम्मेदवार

ईश्वरपुर नगर प्रमुखमा विकासप्रेमी लोकप्रिय नेता मनोज देवकोटा उत्कृष्ट मध्येका अझ उत्कृष्ट उम्मेदवार

राजनीति, समाचार
सर्लाही – नेकपा एमालेका जनप्रिय नेता मनोज देवकोटाले गत बैशाख १२ गते उम्मेद्वार दर्ता गराएका छन । झण्डै पाँच वर्ष मेयर रहेर सफल कार्यकाल विताएका देवकोटाको उम्मेद्वारीले इश्वरपुरबासीमा हर्सोल्लास छाएको छ । निकै राम्रो र प्रसंसनिय काम गरेर बालक युवा देखि वृद्ध वुद्धा सवै नागरिकको ह्दयमा बास गरेका उनले पुनः इश्वरपुर नगरको नेतृत्व लिइ पुराना राम्रा कामलाई निरन्तरता दिई इश्वरपुरको विकास निर्माणलाई तिव्रता दिएर नेपालको एक नमूना नगरपालिका बनाउने प्रतिबद्धता गरेका छन । मेयर मनोज देवकोटा नगरवासिले रोजेका खोजेका र नजिक बाट बुझेका हुनाले उनको जित निश्चत देखिएको छ । त्यसो भन्दै गर्दा अरु उम्मेद्वार नराम्रा भने हैनन तर देवकोटा राम्रा उम्मेद्वार मध्यका सर्वाधिक राम्रा उम्मेद्वार हुन । इश्वरपुर बासिलाई मेयर देवकोटा नै किन भन्ने प्रश्नमा नगरबासी भन्छन्, अन्य उम्मेद्वारको बोलि मात्र सुनिदै छ,...
भुम्लु गाउपालिकाको प्रमुखमा जसपाका रमेश जिसि र उपप्रमुखमा सुन्दरी तामाङको उम्मेदवारी

भुम्लु गाउपालिकाको प्रमुखमा जसपाका रमेश जिसि र उपप्रमुखमा सुन्दरी तामाङको उम्मेदवारी

राजनीति, समाचार
काभ्रे जिल्लाको एक पालिका प्रमुख र वडा अध्यक्षमा लोकप्रिय युुवा नेताहरुको उम्मेदवारी परेको छ।काभ्रेको भुम्लु गाउँपालिकाबाट जनता समाजवादी पार्टी नेपालले आगामी स्थानीय तह निर्वाचनका लागि क्षमतावान व्यक्तित्वहरुको उम्मेद्वारी दर्ता गराएको छ ।उक्त गाउपालिका अध्यक्षको उम्मेद्वारका लागि जिल्ला सह-सचिव तथा उक्त पालिकाका लोकप्रिय युवा नेता रमेश जिसि (धिरज) ले आफ्नो उम्मेदावारी दर्ता गराएका छन । युवा नेता जिसि लामो समय देखि स्थानीय क्षेत्रमा समाजसेवामा ब्यस्त रहदै आएका थिए। समाजसेवा संगै राजनीतिमा सक्रिय जिसिलाई जनता समाजवादी नेपालको तर्फबाट उम्मेदवार बनाएर निर्वाचनमा पठाएको छ। जिसि भुम्लुको आश लाग्दो सहयोगी युवा नेता, वैचारिक, क्षमतावान, र जुझारु प्रष्ट वक्ता हुन् ।त्यस्तै ,उपाध्यक्ष पदका लागि क्षमतावान र प्रगतिवादी जिल्ला सदस्य महिला नेतृ सुन्दरी तामाङले उम्मेदावारी दर्ता गराएकी छिन । ताम...