सर्लाही – नेकपा एमालेका जनप्रिय नेता मनोज देवकोटाले गत बैशाख १२ गते उम्मेद्वार दर्ता गराएका छन । झण्डै पाँच वर्ष मेयर रहेर सफल कार्यकाल विताएका देवकोटाको उम्मेद्वारीले इश्वरपुरबासीमा हर्सोल्लास छाएको छ ।

निकै राम्रो र प्रसंसनिय काम गरेर बालक युवा देखि वृद्ध वुद्धा सवै नागरिकको ह्दयमा बास गरेका उनले पुनः इश्वरपुर नगरको नेतृत्व लिइ पुराना राम्रा कामलाई निरन्तरता दिई इश्वरपुरको विकास निर्माणलाई तिव्रता दिएर नेपालको एक नमूना नगरपालिका बनाउने प्रतिबद्धता गरेका छन ।

मेयर मनोज देवकोटा नगरवासिले रोजेका खोजेका र नजिक बाट बुझेका हुनाले उनको जित निश्चत देखिएको छ । त्यसो भन्दै गर्दा अरु उम्मेद्वार नराम्रा भने हैनन तर देवकोटा राम्रा उम्मेद्वार मध्यका सर्वाधिक राम्रा उम्मेद्वार हुन ।

इश्वरपुर बासिलाई मेयर देवकोटा नै किन भन्ने प्रश्नमा नगरबासी भन्छन्, अन्य उम्मेद्वारको बोलि मात्र सुनिदै छ, उनीहरुको व्यवहार र कार्य जाच्न बाँकी छ ।

तर देवकोटाले मेयर पद सम्हालेर बिकासको मुल फुटाइ कुशल नेतृत्वको रुपमा आफुलाई प्रमाणित गरिसकेका छन । कतिपय नगरवासीको भनाई अनुसार चुनाव एक प्रक्रिया हो हाम्रो मन र मतले उहाँलाई विजय गराइसकेको छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here