काभ्रे जिल्लाको एक पालिका प्रमुख र वडा अध्यक्षमा लोकप्रिय युुवा नेताहरुको उम्मेदवारी परेको छ।
काभ्रेको भुम्लु गाउँपालिकाबाट जनता समाजवादी पार्टी नेपालले आगामी स्थानीय तह निर्वाचनका लागि क्षमतावान व्यक्तित्वहरुको उम्मेद्वारी दर्ता गराएको छ ।
उक्त गाउपालिका अध्यक्षको उम्मेद्वारका लागि जिल्ला सह-सचिव तथा उक्त पालिकाका लोकप्रिय युवा नेता रमेश जिसि (धिरज) ले आफ्नो उम्मेदावारी दर्ता गराएका छन ।

युवा नेता जिसि लामो समय देखि स्थानीय क्षेत्रमा समाजसेवामा ब्यस्त रहदै आएका थिए। समाजसेवा संगै राजनीतिमा सक्रिय जिसिलाई जनता समाजवादी नेपालको तर्फबाट उम्मेदवार बनाएर निर्वाचनमा पठाएको छ। जिसि भुम्लुको आश लाग्दो सहयोगी युवा नेता, वैचारिक, क्षमतावान, र जुझारु प्रष्ट वक्ता हुन् ।
त्यस्तै ,उपाध्यक्ष पदका लागि क्षमतावान र प्रगतिवादी जिल्ला सदस्य महिला नेतृ सुन्दरी तामाङले उम्मेदावारी दर्ता गराएकी छिन । तामाङलाई प्रतिभाशाली महिला नेतृको रुपमा लिइन्छ ।

आगामी स्थानीय तह निर्वाचनका लागि जसपा भुम्लु गाउपालिकाले सबै वडाहरुमा वडाध्यक्ष उम्मेद्वारको नाम समेत छनौट गरिसकेको छ । जसमा १ वडा अध्यक्ष गणेश जि सी , ४ नंं.वडा अध्यक्षमा युवा नेता सिङमान लामाले उम्मेदवारी दर्ता गराएका छन भने, ५ नं.वडा अध्यक्षमा कुमार तामाङ तथा ८ नं. वडा अध्यक्षमा रामकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएको जानकारी जनता समाजवादी नेपाल काभ्रे जिल्ला उपाध्यक्ष रकम लामाले दिए ।
जिसी लगायत पार्टीमा लोकप्रियता हासिल गरिसकेका नेताहरुको लामो प्रशासनिक दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ उनको नेतृत्वमा गाउपालिकामा उम्मेदवारका रुपमा अघि सारेको समाजवादी पार्टीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here