आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन, २ लाखभन्दा बढी सहभागी हुने दाबी

नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन, २ लाखभन्दा बढी सहभागी हुने दाबी

राजनीति, समाचार
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।प्रतिनिधिसभा विघटनविरुद्धमा दाहाल–नेपाल समूहले यसअघि गत ९ गते पनि काठमाडौंमा प्रदर्शन गरेको थियो भने २२ गते देशव्यापी आमहड्ताल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै लगातार विरोधका कार्यक्रम गर्दै आएको दाहाल–नेपाल समूहले भृकुटीमण्डपमा विरोधसभा गर्न लागेको हो । दिउँसो १२ बजे विरोधसभा गर्नुअघि ललितपुरको पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने नेकपाले जनाएको छ । हरेक जुलुसको नेतृत्व शीर्ष नेताहरुले गर्ने छन् । यस्तै विरोधसभाअघिको प्रमुख जुलुस सुनधाराबाट सुरु हुनेछ र सबै एकसाथ भृकुटीमण्डप गएर सभामा परिणत हुनेछ । एकीकृत जुलुसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र म...
भिडको राजनीति

भिडको राजनीति

राजनीति, समाचार
• डा.डिआर उपाध्याय, नेकपा दुई खेमामा विभाजित भएपछि यतिबेला भिडको राजनीतिले चर्चा पाउने गरेको छ । नेकपाका दुई खेमा माधव प्रचण्ड र ओली खेमा बिच भिड जम्मा गर्ने कडा प्रतिष्प्रधा चलेको छ । केही दिन अगाडि माधव प्रचण्ड खेमाले भिड जम्मा गरेर काठमान्डौँमा शक्ति प्रदर्शन गरेका थिए भने हिजो ओली समूहले पनि काठमान्डौँको नारायण हिटिको आँगनमा तामझामका साथ लाखौँको हाराहारीमा भिड जम्मा गरी शक्ति प्रर्दशन गरेका थिए । अब जनताले कुन खेमाको भिडलाई विश्वास गरेर कुन खेमालाई समर्थन गर्ने भन्ने कुरामा नै अन्योलमा छन् । देशका विभिन्न जिल्लाबाट काठमान्डौँमा मान्छे ओसार्ने र भिड देखाएर शक्ति प्रर्दशन गर्ने होडबाजीले कुन सक्कली नेकपा हो र कुन नक्कली नेकपा हो जनतालाई छुट्याउन नै मुस्किल भयो । केही समय अघिदेखि नेकपाका दुबै खेमाका नेता कार्यकर्ता बिच जुहारी चलिरहेको अवस्था छ । मञ्च पाए कि नेकपाका दुबै खेमाका शीर्...
प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री ओली

प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री ओली

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल-नेपाल) समूहको आमहड्तालका क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको आज नारायणहिटी क्षेत्रमा बृहत् सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  दाहाल–नेपाल समूहका कार्यकर्ताले जलाएको उक्त ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका हुन । ‘हिजो नेपाल बन्द गरेर तर्साउन खोजियो, ट्याक्सी जलाइयो,’उनले भने,‘धन्न चालक बचे। ट्याक्सीको बिमा गरेको छ होला। क्षतिपूर्ति सरकारले दिन्छ। जनतालाई मन पराउने सरकार छ।’ नेकपाको (प्रचण्ड-नेपाल) समूहका प्रदर्शनकारीहरूले बिहीबार काठमाडौंको सामाखुसीमा प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका थिए। ...
नारायणहिटीबाट ओलीले लगाए नारा

नारायणहिटीबाट ओलीले लगाए नारा

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता अन्त्यका लागि चुनावमा जानु आवश्यक भएको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षद्वारा आयोजित जनसभामा उनले चुनावको पक्षमा नारासमेत लगाए । ‘तपाईंहरुले सबै काठमाडौंवासीले एकस्वरमा भन्नुस्, अस्थिरता कि चुनाव ?’ ओलीले सोधे । त्यसपछि सभामा उपस्थित भएकाहरुले चुनाव-चुनाव भनिएको थियो । त्यसपछि ओली आफैं नारा लगाउन थाले । ‘अस्थिरता होइन, चुनाव चाहियो… अस्थिरता होइन, चुनाव चाहियो… ’ ओलीले नारा लगाउँदै भने ।नारा लगाइसकेर भने, ‘अब सबैले सुने होला । अब देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ, कसको सरकार बन्नुपर्छ ’, ओलीले अगाडि थपे, ‘निर्वाचन हुँदा देश संकटमा पर्छ रे, जनताले आफ्नो फैसला दिँदा देश संकटमा पर्छ ? केही मान्छेहरूले कुनामा बसेर षडयन्त्र गरेर अरुका लागि काम गर्दा देश संकटमा पर्ने हो ।’ प्रधानमन्त्रीले आफूले गरेको संसद विघटन असंवैधान...
‘प्रचण्ड-माधवले पुर्‍याएको आर्थिक क्षति सरकारले व्यहोर्छ’

‘प्रचण्ड-माधवले पुर्‍याएको आर्थिक क्षति सरकारले व्यहोर्छ’

राजनीति
सरकारका रक्षामन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले देशमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रवृत्ति देशमा हावी भएको बताएका छन्। प्रचण्ड प्रवृत्तिलाई अर्का नेता माधवकुमार नेपालले साथ दिएको बताएका छन्। नेता पोखरेलले ५ वर्षका लागि जनताले निर्वाचन गरेर पठाएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने काम गरेर अराजक बन्न खोजेको बताए। उनले मुलुकलाई राजनैतिक स्थिरता दिन जुनसुकै मूल्य चुकाउन पनि बाध्य हुने बताएका छन्। मुलुकलाई ‘समृद्धि नेपाल, सुखी नेपाली’ बनाउने योजना सबैका लागि सही भएकाले यो सरकारले यस राष्ट्रिय योजनालाई जसरी भए पनि पूरा गर्ने उनले बताए। मञ्चमा बोल्दै बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आम हड्तालमा भएको आर्थिक क्षतिलाई सरकारले व्यहोर्ने मन्त्री पोखरेलले बताए। उनले नेकपामा देखिएको विवादसँगै देखिएको आधिकारिक धार को हो? भन्ने विष...
लोडसेडिङ अन्त्य हामीले गरेका हौँ : प्रधानमन्त्री ओली

लोडसेडिङ अन्त्य हामीले गरेका हौँ : प्रधानमन्त्री ओली

राजनीति
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई संसदले काम गर्न नदिएपछि संसद विघटन गरेको बताएका छन्। काठमाडौँस्थित नारायहिटी दरबार संग्रहालयको आँगनमा भएको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटनबारे बोलेका हुन्। सभामा बोल्दै उनले नेपालमा लोकतन्त्रको भविष्य उज्ज्वल भएको बताएका छन्। उनले देशमा लोकतन्त्र सुदृढ भएको बताउँदै उनले भनेका छन्, 'लोकतन्त्रमाथि कसैले कर्के नजर नलगाए हुन्छ।' यति छिटो देश विकास कुनै सरकारले नगरेको प्रधानमन्त्री ओलीले बताए। 'अहिलेको जस्तो काठमाडौँ पहिला कहिल्यै थियो?' उनले प्रश्न गरेका छन्।  कोरोना भाइरसविरुद्घ लड्ने सबै सेना, प्रहरी, डाक्टरहरूलगायत सबैलाई उनले सलाम गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहासमै आजसम्म सबैभन्दा राम्रो स्वास्थ्य सेवा जनताले आफ्नै सरकारको पालामा पाएको ठोकुवा गरे। ओलीले आफ्नो सरकारले नै लोडसेडिङ अन्त्य गरेको...
नारायणहिटी संग्रहालय अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी  ओलीले जुनकुनै हालतमा तोकिएको मितिमा चुनाव हुने उद्घोष

नारायणहिटी संग्रहालय अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले जुनकुनै हालतमा तोकिएको मितिमा चुनाव हुने उद्घोष

राजनीति, समाचार
प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जुनकुनै हालतमा तोकिएको मितिमा चुनाव हुने उद्घोष गरेका छन् । आज दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमै बसेर भाँजो हालेर काम गर्न नदिएका कारण अस्थीरतालाई चिर्न जनताका माझमा ताजा जनादेशका लागि जानुपर्ने आवश्यकता रहेको बताउँदै उनले चुनाव हुँदैन कि भन्ने भ्रम फिँजाइएको कारण त्यस्मा विश्वास नगर्न समेत आग्रह गरे । उनले आमसभालाई सम्बोधन गर्दै भने, ‘मूल पार्टी कुन हो भनेर अब पनि सोध्नुपर्छ र ?’ ‘अरुलाई काठमाडौंका हरेक चोक ठूलो हुन्छ, हामीलाई हरेक ठाउँ सानो हुन्छ । अब पनि कुन पार्टी आधिकारिक भन्नेलाई कठैबरा मात्रै भन्न सकिन्छ,’ नेकपालाई सर्वोच्च पार्टी दाबी गर्दै उनले थपे, ‘यही हो मूल पार्टी। कम्युनिष्ट पार्टीको मात्रै होइन यो देशको मूल पार्टी हो ।’ देशको रक्षा गर्...
बन्द हड्तालको प्रभाव

बन्द हड्तालको प्रभाव

राजनीति, समाचार
डा.डिआर उपाध्याय हिजो गरिएको आम हड्तालमा सर्व साधरण जनताले दुःख बेहोर्नुप–यो । सत्तास्वार्थको राजनीतिले मुलुकलाई बन्धक बनायो । यस्तो राजनीतिले देश र जनताको हित गर्दैन । हिजोको आम हड्तालमा ट्याक्सी ,ट्रकमा बन्दकर्ताले तोडफोड र आगजनी गरे । यो देश र जनताको हित विपरित कार्य भयो । आफू सत्तामा हुँदा बन्द र हड्तालको विरोध गर्ने आफु सत्ता देखि बाहिर हुँदा बन्द र हड्ताल गर्ने यो कस्तो राजनीति हो ? बन्द हड्ताल ,चक्काजाम जस्ता गतिविधिले जनतालाई दुःख दिने काम गरेको छ ।विभिन्न राजनीतिक दल र केही समूहले आब्हान गरेका सडक संघर्षबाट जनता आजित भएका छन्। संसद् विघटनपछि मुलुकमा राजनीतिक संकट उत्पन्न भएको छ । राजनीतिक संकटलाई समाधान गर्ने बाटोतर्फ कोही पनि अग्रसर छैनन् । अहिलेको वर्तमान राजनीतिक घटनाक्रमलाई विभिन्न राजनीतिक दलहरूले आआफ्नै तर्क गरिरहेका छन् ।अहिले साना साना विषयमा उत्पन्न भएका विवादलाई स...
नेकपाको ओलीपक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभा गर्ने

नेकपाको ओलीपक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभा गर्ने

राजनीति, समाचार
विभाजित नेकपाको ओलीपक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ । यसअघि प्रचण्ड-माधव समूहले माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले पनि आमसभा गर्न लागेको हो । दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि १३ स्थानबाट जुलुस निस्कने ओली पक्षीय नेकपाले जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने आमसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको बताइएको छ । शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट सभामा ३ लाख कार्यकर्ता उतार्ने ओली समूहकाे दाबी छ । कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा २ टुक्रा भएयता दुवै समूहले प्रतिस्पर्धात्मक सडक प्रदर्शन र भ...
आजको आमहड्ताल कार्यक्रमका लागि नेकपामा काठमाडौँ उपत्यकाको बिभिन्न प्रमुख स्थानमा छुट्टाछुट्टै नेताहरु

आजको आमहड्ताल कार्यक्रमका लागि नेकपामा काठमाडौँ उपत्यकाको बिभिन्न प्रमुख स्थानमा छुट्टाछुट्टै नेताहरु

राजनीति, समाचार
संवैधानिक आयोगहरुमा बलमिच्याइ नियुक्तिको बिरोधमा आज प्रचण्ड–नेपाल समूह नेकपाले आमहड्ताल गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोष ५ गते असंवैधानिक रुपमा गरेको संसद विघटनबाट रुष्ट प्रचण्ड माधव समूह हिजै मात्र फेरि राष्ट्रपतिको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि आमहड्तालको घोषणा गरेको थियो । आजको आमहड्ताल कार्यक्रमका लागि नेकपामा काठमाडौँ उपत्यकाको बिभिन्न प्रमुख स्थानमा छुट्टाछुट्टै नेताहरुलाई नेतृत्वको जिम्मेबारी तोकेको छ । जस अनुसार ललितपुरकाे पुल्चोकमा पम्फा भूसालको नेतृतव रहने छ भने कोटेश्वरमा लीलामणि पोखरेलले सम्हाल्नेछन् । यस्तै चाबहिलको नेतृत्व बर्षमान पुन र हरिबोल गजुरेललाई तोकिएको छ । नारायाणगोपाल चोक महाराजगंजमा शक्ति बस्नेतको नेतृत्व रहने नेकपाले जनाएको छ । यस्तै गोंगबुमा भीम रावल, बलाजुमा रघ...