रोजिन शाक्यको कोरियोग्राफीमा सिङ्गापुरमा ‘हेरिटेज पेजेन्टस् २०१९’ प्रारम्भ
सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ को २०१९ को संस्करण विधिवत् रुपमा आरम्भ भएको छ । गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागि हुनका लागि सिंगापुर आइपुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा उनीहरुलाई अफिसियल स्यास हस्तान्तरण गरेसंगै प्रतियोगिताले गति पाएको हो । प्रतियोगिताका लागि सो दिन सम्म नेपाल, भारत, सिंगापुर, थाइल्याण्ड, फिलिपिन्स, सेन्ट्रल एशिया, कजाकिस्तान, केन्या, नाइजेरिया, क्यामरुन लगायतका मुलुकका प्रतिस्पर्धीहरु आइपुगेका छन् । अन्य सहभागिहरु आउने क्रममा रहेका छन् । सहभागिहरुलाई कार्यक्रम आयोजक संस्था ई प्लानेट प्रा.लि.का अध्यक्ष सन्तोष सापकोटाले स्यास पहि¥याइदिएका थिए । प्रतियोगिताको ग्राण्ड फिनाले यही फेब्रुअरी १६ तार...









