आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

गायक सन्तोस परियारकाे ‘मेरी आमा’ बाेलकाे गीत सार्बजनिक (भिडियो सहित)

काठमाडौं— २८, माघ ।

लामाे समयदेखि संगीतमा सक्रिय हिमांशु रायमाझीकाे शव्दमा गायक सन्तोस परियारकाे “मेरी आमा” बाेलकाे गीत सार्वजनीक भएकाे छ।

गीतमा स्वर र संगीत सन्तोष परियारकाे नै रहेकाे छ। संगीत संयाेजन प्रसन परियारले गरेका छन् । गीतमा फराज अर्पणकाे छायांकन रहेकाे छ। रश्मि भट्ट, स्याम राेक्का, विशाल थापा, हिमांशु रायमाझी र स्वयम् सन्तोस परियारकाे नै अभिनय रहेकाे छ।

भिडियाे व्यवस्थापन बिक्रम तामाङ्गले गरेका छन् भने अहिलेका ब्यस्त निर्देशक दिलिप समनकाे निर्देशन रहेकाे छ। याे भन्दा अघि गायक सन्तोस परियारकाे महल र याे जुनीमा भन्ने गीत बजारमा आई सकेकाे छ। रायमाझीले पनि चर्चित गायक कमल खत्री र नेपालआईडल बुद्ध लामाकाे स्वरमा आफ्नाे गीत निकालि सकेकी छिन्। मेरीआमा गीतले दर्शक स्राेताकाे मन जित्ने कुरामा निर्माण पक्ष विस्वस्त छ।

भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *