आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु

भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु

मनोरन्जन, समाचार
मुम्बई — भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको ‘द हिन्दूस्तान टाइम्स’ले जनाएको छ । इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् । ...
कला ,प्रतिभा र गला नभई कलाकार हुने भनेको खहरे खोला जस्तै हो:लोक गायिका अश्मिता चौलागाई

कला ,प्रतिभा र गला नभई कलाकार हुने भनेको खहरे खोला जस्तै हो:लोक गायिका अश्मिता चौलागाई

अन्र्तवार्ता, मनोरन्जन, समाचार
किरण अधिकारी -: काठे लोक दोहोरि क्षेत्रमा सफल हुदै लोक गायिका अश्मिता चौलागाई लोकसंगीतक्षेत्रमा प्रतिभाहरु जन्मने क्रम जारि छ । नेपालि लोक दोहोरि क्षेत्र त्यसमाथि काठ क्षेत्रमा नया प्रतिभा आउने क्रम जारि छ । कतिपय कलाकार यहि क्षेत्रमा संघर्ष गरिरहेका छन् ।काठ क्षेत्रमा धेरै कलाकार जन्माउने काभ्रे जिल्ला पर्छ ।काभ्रे जिलाको कोशीपारीबात केहि समय अघि देखि संघर्ष गरिरहेकी छिन ।सानोमा उनलाई रेडियो सुन्दा र टिभी हेर्दा लाग्थ्यो म पनि भोलि गएर यसरि नै गित गाउन सक्छु होला ।बिस्तारै उनले प्रण गरिन म गायिका बन्छु ।त्यहि दृढ ईच्छाले आफु अगाडी बढीन अनि गायिका बनेर अगाडी आईन उनि हुन् काभ्रे जिलाको कोशीपारी जन्मिएकी गायिका अश्मिता चौलागाई । उनि अहिले यहि क्षेत्रमा स्नाघर्ष गरिरहेकी छिन ।उनको स्वरमा र आफ्नै एलबममा गरेर हाल सम्म एक दर्जन भन्दा बढी गित बजारमा आईसकेको छ ।लोक गायिका अश्मिता भन्छिन म मेहनत...
योगेश काजी र सारिका घिमिरेको स्वर रहेको  ‘मायाको सुगन्ध’ सार्वजनिक भए संगै चर्चा, साथै लगातार युट्युबको ट्रेन्डिङ्गमा(भिडियो सहित)

योगेश काजी र सारिका घिमिरेको स्वर रहेको ‘मायाको सुगन्ध’ सार्वजनिक भए संगै चर्चा, साथै लगातार युट्युबको ट्रेन्डिङ्गमा(भिडियो सहित)

मनोरन्जन, समाचार
योगेश काजी र सारिका घिमिरेको स्वर रहेको गीत ‘मायाको सुगन्ध’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द अनि योगेश काजीको सङ्गीतरसङ्गीत संयोजन, एचवीएन किस्मतको मिक्सिङ्रमाष्टरिङ रहेको ‘मायाको सुगन्ध’ गीतको भिडियो कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक भएको करिब ६ घण्टामै युट्युबको ट्रेन्डिङ्गमा आएको भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको साथमा पेम्बा मगर, ज्ञानेन्द्र हुमागाईं, आस्था विश्वकर्मा, निमबाबु तामाङ, सन्देश थापा, केभिन विश्वकर्मा लगायतको अभिनय देख्न सकिन्छ । डान्सिङ्ग भिडियो गर्दै आएको कार्टुन्ज क्रुले पहिलो पटक अभिनयमा आधारित लभ स्टोरी म्युजिक भिडियो बनाएको छ । सम्भवत नेपाली म्युजिक भिडियोको इतिहासमा अप्लोड भएको सबैभन्दा कम समय मा युट्यूब ट्रेन्डिङ्ग मा प्रवेश पहिलो पटक पर्न सफल भएको छ यो गीत । सरोज अधिकारीको निर्देशन रहेको उक्त भिडियोलाई ज...
स्व.आमा प्रति समर्पण गर्दै आशिष पुरुषको ‘रातै भरी परेली भिज्यो’ सार्वजनिक (भिडियो सहित)

स्व.आमा प्रति समर्पण गर्दै आशिष पुरुषको ‘रातै भरी परेली भिज्यो’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । आशिष पुरुषको शव्दमा तयार भएको “रातै भरी परेली भिज्यो ” बोलको मर्मस्पर्शी गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।सुवाष भुसालको संगीत, गायक केतन क्षेत्रीको स्वर रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन । रोहित बिक्रम कार्कीको छायांकन, भुपेन्द्र भट्राईको सम्पादन रहेको भिडियोको कन्सेप्ट तथा अभिनय आशिष पुरुषकै रहेको छ । लामो समय देखी दुवईमा रहेर संगित श्रृजना,कलाकारिताका साथै थुपै कार्यक्रमको होष्ट समेत गर्दै आईरहेका आशिषले यो गीत आफ्ना माता स्व.नन्दा कुमारी तथा सम्पूर्ण आमाहरुमा समर्पण गरेको बताएका छन । भिडियो: https://youtu.be/Abiy6dGfuJo ...
गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको अपिल ‘तिमी अली परै बस’..  (भिडियो सहित)

गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको अपिल ‘तिमी अली परै बस’.. (भिडियो सहित)

मनोरन्जन, समाचार
विश्व भरकै महामारी रोग कोरोनाको संक्रमणविरुद्ध एकजुट भै सचेतना फैलाउन अपिल गर्ने उद्देश्यले गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको 'तिमी अली परै बस' बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । रचनाकार श्याम तमोटको शव्द रहेको गीतले कोरोनाबाट संक्रमितको उपचारार्थ पहिलो नम्बरमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सूरक्षाकर्मीको मनोवल बढाउने अभिप्रायले उक्त गीत आफ्नै च्यानल सुरेन्द्र श्रेष्ठबाट सार्वजनिक गरिएको जानकारी श्रेष्ठले दिए । सुर मेलोडीले तयार गरेको उक्त लिरिकल भिडियोलाई रत्न शोभा मर्हजनले निर्माण गरेकी हुन । https://www.youtube.com/watch?v=OkFw5Y2E1S0&feature=share&fbclid=IwAR1pZxGG4ODxmrWx-jxeLUzQ-Xpw-P4vJLKiBAhTyoeyr6KWQREcCQc__fI ...
साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, चैत ९ । साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ‘साधना संगीत नै जीवन हो’ भन्ने मूला नाराका साथ स्थापना भएको ‘साधना’ संस्थाले गरेको संगीत साधना प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो । शनिबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एन्ड पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै सो अवसरमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने मूल नारा लिएर विश्वसामू नेपाल चिनाउन अग्रसर रहेका गायक धिरज राई र सञ्चारकर्मी गीता अधिकारीलाई सम्मान गरिएको थियो । गायक धिरज राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगीत साधना प्रतियोगितामा प्रथम हुने राजन श्रेष्ठ, द्वितिय हुने सुशिल गजमेर र तृतीय हुने रितु सिवालाई नगद राशीसहित पुरस्कार प्रदान गरिएको थियो । विजेतालाई...
चलचित्र निर्देशक किशोर चौधरी उपचारार्थ सहयोगको लागि राजु केसीद्वारा अपिल,सहयोग आउने क्रम जारी

चलचित्र निर्देशक किशोर चौधरी उपचारार्थ सहयोगको लागि राजु केसीद्वारा अपिल,सहयोग आउने क्रम जारी

मनोरन्जन, समाचार
नेपाली चलचित्र भेटी,लफडा लगायत धेरै थारु तथा भोजपुरी चलचित्रका निर्देशक अहिले अशक्त अवस्थामा भरतपुर, चितवनस्थित सि एम सि अस्पतालको बेडमा हुनुहुन्छ । यतिखेर वहाँलाई ठूलो आर्थिक संकट परेको छ । वहाँलाई आर्थिक सहयोग जुटाउन निर्माता, निर्देशक तथा छायांकार राजु केसि, चलचित्र निर्देशक समाज, कलाकार सुरेश चौधरी तथा बिभिन्न संघ सस्था आदी लागि परेका छ्न । सहयोग गर्नका लागि थारु कलाकार सभा चितवनको वाणिज्य बैंकको खाता नम्बर १३१०००९६२७०१ मा सहयोग रकम पठाउन सकिने र सिधै राजु के सि जि लाई सम्पर्क गर्न सकिने कुरा हामीलाई जानकारी गराउनु भयो । जापान बस्ने चलचित्रकर्मी तथा समाजसेवी कृष्ण कार्किले निर्देशक किशोरको लागि राजु के।सि। मार्फत रु १०,०००।० सहयोग गर्नुभएको छ । बहुरतिभाका धनी किशोर चौधरी निर्देशक मात्र नभईकन लेखक, निर्माता, गितकार, नृत्य निर्देशक तथा राम्रो सम्पादक अनि संगीतकार पनि ...
“मिस टिन ग्लोवल ब्युटी नेपाल” को ग्राण्ड अडिसन चैत्र १५ र २२ गते दरवारमार्गस्थित लुना रेस्ट्रो एण्ड बारमा हुने

“मिस टिन ग्लोवल ब्युटी नेपाल” को ग्राण्ड अडिसन चैत्र १५ र २२ गते दरवारमार्गस्थित लुना रेस्ट्रो एण्ड बारमा हुने

मनोरन्जन, समाचार
 काठमाडौँ —चैत्र ७ । कथा ईभेन्टको आयोजनामा हुन गईरहेको “मिस टिन ग्लोवल ब्युटी नेपाल २०२०” को ग्राण्ड अडिसन यहि चैत्र १५ र २२ गते राजधानीको दरवारमार्गस्थित लुना रेस्ट्रो एण्ड बारमा हुने भएको छ । आगामी वैशाख महिनामा सम्पन्न हुने सो सौन्दर्य प्रतियोगिता, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तरसम्म विकास गर्दै लैजानेन उदेश्यका साथ आयोजना गर्न लागिएको आयोजक संस्थाकी अध्यक्ष गनिका गुरुङ्गले बताइन । प्रतियोगिताका लागि १३-१९ वर्ष समूहबाट छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण...
चर्चित कोरियोग्राफर रोजिनको कोरियोग्राफीमा मुम्बईमा मोडल सुपरस्टार २ सम्पन्न

चर्चित कोरियोग्राफर रोजिनको कोरियोग्राफीमा मुम्बईमा मोडल सुपरस्टार २ सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं  :हालै मात्र भारतको मुम्बईस्थित अँधेरीमा मोडल सुपर स्टार २ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । नेपाली तथा भारतीय मोडलहरुको सहभागिता रहेको फेसन शो शैलीमा सम्पन्न सो मोडल प्रतियोगितामा नेपाली फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा नेपालका रबिन घिसिङ र जिना लिम्बु पाङ्मा विजेता चयन भएका थिए । आकृति सुवेदीले भने भोटिङ आधारमा विजेताको ताज पहिरिन् । नेपालकै स्मृति शाह र प्रशान्त शाह फस्ट रनर अप चयन भएको सो प्रतियोगितामा भारतीय मोडल सुमित आनन्द सेकेन्ड रनर अप तथा स्नेहा बर्मनले अर्गनाइजर च्वाइसको अवार्ड थापे । भारतीय मोडल नेहा शर्माले ट्यालेन्ट विधाको अवार्ड उचालिन् भने नेपाली मोडलहरु रोशन सुनाम वेष्ट वाक र रचना कार्की फोटोजेनिक अवार्डका हकदार बनेका थिए । नेपालस्थित प्रोमोटिङ सोलुसन मोडलिङ एजेन्सीले भारतको मुम्बईमा रह...
नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक

नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक

मनोरन्जन, समाचार
‘नाट्यश्वर भगवान हामी सबैको शान, कला र कलाकारीताको जगेर्नागर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रका साथ गत वर्षदेखि नेपाली गीत–सङ्गीत अनि कलाकारिताको जगेर्नागर्ने हिसाबले नाट्यश्वर म्युजिक अवार्ड गरिदै आएको छ । समावेसी अवार्डको रुपमा नेपाली गीत सङ्गीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । मोफसलका जिल्लाहरुमा सञ्चालनहुँदै आएको यस अवार्डको दोस्रो संस्करण ऐतिहाँसिक जिल्ला नुवाकोटमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको दिन नेपाली गीतसङ्गीत क्षेत्रका हस्ती, रङ्गपत्रकारिताको क्षेत्रमा कलम चलाउने दुइजना सञ्चारकर्मीलाई पुरस्कृत गरिने नाट्यश्वर म्युजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिए । ४८ बिधामा मनोनयन सार्बजनिक गर्दै उत्कृष्ट पाँचलाई प्...