आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

निर्देशक राजु गिरीले चलचित्र ‘पूरा भयो सपना मेरो’ निर्देशन गर्ने

निर्देशक राजु गिरीले चलचित्र ‘पूरा भयो सपना मेरो’ निर्देशन गर्ने

मनोरन्जन, समाचार
निर्देशक राजु गिरीले चलचित्र ‘पूरा भयो सपना मेरो’ निर्देशन गर्ने भएका छन् । यतिवेला कोरोना संक्रमणका कारण चलचित्र छायाँकन ठप्प रहेकाले केही सहज भए पछि छायाँकनमा जाने यो गिरीले बताए । मंसिर दुई गतेदेखि छायाँकनमा जाने तयारीमा निर्माण युनिट जुटेको उनले जानकारी गराए । रोशिका फिल्मस्को व्यानरबाट बन्न लागेको यो चलचित्र रोशन थापाको प्रस्तुति हो भने पारस हमाल निर्माता रहेका छन् ।अर्जुन पोख्रेलको सङ्गीत रहेको चलचित्रको सम्पूर्ण छायाँकन दाङ, सुर्खेत, नेपालगञ्ज, जुम्ला र कर्णाली क्षेत्रका रमरणीय स्थानहरुमा गरिने राजुले जानकारी दिए । केही कलकार छनोट भएको र केही कलाकार छनोट हुन बाँकी रहेको भन्दै राजुले कारोना कहर केही सहजभए पछि पत्रकार भेटघाटगरी कलाकार सार्वजनिक गर्ने बताए । यतिवेला विश्वव्यापी कोरोना कहरले सबैक्षेत्र आक्रान्त बनाएको छ भने विगत ६ महिनादेखि सिनेमाघरहरु पनि बन्द छन् । केही फाट ...
डीआर उपाध्याय र सन्तोष श्रेष्ठको विश्व कीर्तिमानी गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक

डीआर उपाध्याय र सन्तोष श्रेष्ठको विश्व कीर्तिमानी गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक

मनोरन्जन, समाचार
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’  सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ । विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको छ । सङ्गीत सिद्धान्त अनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएको हुनाले विश्व कीर्तिमान कायम भएको हो । एफ मेजर स्केलको मन्द्र सप्तकबाट पहिलो सेर सुरुवात हुन्छ । मध्य सप्तकको एफ मेजर स्केलबाट दोस्रो सेर सुरुवात हुन्छ । तार सप्तकको एफ मेजर स्केलबाट तेस्रो सेर सुरुवात हुन्छ । यसरी एउटै सिर्जनालाई तीन सप्तकको एउटै स्केलमा सङ्गीतबद्ध गरेर रेकर्डिङ गरिएको विश्व सङ्गीतको इतिहासमा पहिलो इतिहास हो । यो गीतले केही समय अघि विश्व कीर्तिमान कायम...
बलिउड अभिनेता सोनु सुदले दिने भए विद्यार्थीलाई प्राध्यापक आमाको नाममा छात्रवृत्ति

बलिउड अभिनेता सोनु सुदले दिने भए विद्यार्थीलाई प्राध्यापक आमाको नाममा छात्रवृत्ति

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
बलिउड अभिनेता सोनु सुदले शिक्षा क्षेत्रमा सहयोग गर्ने भएका छन्। स्कूल, कलेजका विद्यार्थी भर्चुल क्लासमार्फत पढिरहेका छन्। तर, भारतका सबै विद्यार्थीसँग इन्टरनेट साथै मोबाइल र ल्यापटपको पहुँच छैन। पहुँच एवं पैसा नभएका विद्यार्थीहरूका लागि सुदले नयाँ योजना ल्याएका हुन्। उनले मृत आमा प्राध्यापक सरोज सुदको नाममा छात्रवृत्ति उपलब्ध गराउने भएका हुन्।  ‘मेरो आमाले विद्यार्थीहरूलाई निः शूल्क पढाउनुहुन्थ्यो। र, आफ्नो मृत्युपछि पनि शिक्षा क्षेत्रमा योगदान पुर्‍याउन आग्रह गर्नुभएको थियो। त्यसैले यो कार्य गर्न लागेको हुँ,’ सुदले भने। उनका अनुसार कोरोना भाइरसको संक्रमण फैलिएसँगै सुरु भएको लकडाउनमा सिटी बाहिर पुगेका जेहेनदार विद्यार्थीहरूलाई अनलाइन क्लासको लागि सहयोग गर्नेछन्। त्यसका लागि आफूले विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेको उनले बताए। मेडिकल, इन्जिनियरिङ, आर्टिफिसिय यन्टेलिजेन्...
सहिमाको स्वर तथा मोडल संजय बिक्रम फिचर्ड ‘मेरो एउटा साथी ‘सार्वजनिक(भिडियो)

सहिमाको स्वर तथा मोडल संजय बिक्रम फिचर्ड ‘मेरो एउटा साथी ‘सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका सहिमा श्रेष्ठको स्वर तथा किरण केसी (क्रोधी)को शब्द एवम् अर्जुन पोख्रेलको संगित रहेको ‘मेरो एउटा साथी’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। मोडल संजय राजविक्रम गायिका सहिमाकै अभिनय रहेको उक्त गितको भिडियोलाई सृजन बरालले निर्देशन गरेका छन्। उक्त गितमा राजेश घिमिरेको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। गितको निर्माण सम्योजन जनता डिजिटल फिल्मस्ले गरेको छ। https://www.youtube.com/watch?v=OhBjTFivgxo&feature=share&fbclid=IwAR0FGhMoXeYntRVAg9VlmIo-5f2YVBeJ7ZZJe-dfgZC5Kvfu91MVf2KsZu4 भिडियोलाई आहा टिभि नामक युट्यूब मार्फत सार्वजनिक गरिएको छ। ...
‘सुन साइली’मा अभिनय गरेर वाहवाही बटुलेको गौरव र मेनुकाको जोडी फेरी अर्को भिडियोमा, अभिनयको चर्चा

‘सुन साइली’मा अभिनय गरेर वाहवाही बटुलेको गौरव र मेनुकाको जोडी फेरी अर्को भिडियोमा, अभिनयको चर्चा

मनोरन्जन
भदाै २६ काठमाडौं। गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियो ‘साइँली’बाट निकै चर्चामा आएका जोडी हुन् गौरव र मेनुका । गौरव र मेनुका फरक र जीवन्त अभिनय गर्ने कलाकार त हुन् नै साथमा यस गीतले उनीहरूलाई अर्कै उचाइ दियो । दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिने भएका छन् । ‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका हुन् । साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ । यस गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् । यस गीतले गौरव र मेनुकालाई पुनः साइँलीले दिएको माया दिलाउने अनुमान गर...
आजदेखि  जितिया पर्व शुरु

आजदेखि जितिया पर्व शुरु

मनोरन्जन
भदाै २४ । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ ।व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर, भार्गवसागरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघि...
‘बिग बोस’को १४ औँ श्रृंखला अक्टोबर ३ मा कलर्स टिभीबाट प्रशारण हुने

‘बिग बोस’को १४ औँ श्रृंखला अक्टोबर ३ मा कलर्स टिभीबाट प्रशारण हुने

मनोरन्जन
भदाै २४ । चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औँ श्रृंखला आगामी अक्टोबर ३ मा कलर्स टिभीबाट प्रशारण हुँदैछ ।यसपटक भने अघिल्ला भन्दा भिन्न किसिमका ‘टास्क’ र गतिविधि हुने आयोजकले जनाएको छ । प्रतिष्पर्धीहरुले यसपटक लकडाउनदेखि ‘लक्जरी टास्क’को अनुभव लिन पाउने बताइएको छ । यस ‘सिजन’मा घरभित्र मल, मिनी थिएटर, स्पा र घरको कुनामा सानो रेष्टुरेण्ट समेत राख्ने तयारी गरिएको बताइएको छ । कोरोनाभाइरसविरुद्धको लकडाउनका कारण मानिसहरु सपिङ, फिल्म हल लगायत विलाशी गतिविधिबाट वञ्चित हुनुपर्यो । बिगबोस–१४ का अब्बल प्रतिष्पर्धीहरुले ती गतिविधिको आनन्द लिन पाउने छन् । सलमान खानले पनि यसबारे संकेत दिइसकेका छन् । यसवाहेक घरभित्र पहिले झैँ केही चर्चित सेलिब्रिटी र केही संघर्ष गरिरहेका कलाकारको मिश्रित टोली हुनेछ । अन्न्पुर्ण पोष्टमा खबर छ । भरतीय मिडियाका अनुसार निया शर्मा, पवित्रा पुनिया, आकांक्षा पुरी, निशान्त...
चलचित्र ‘प्रेमगीत ३’का निर्देशक छेतन गुरुङको निधन

चलचित्र ‘प्रेमगीत ३’का निर्देशक छेतन गुरुङको निधन

मनोरन्जन
भदाै २४ काठमाडौँ ।चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको महाराजगञ्ज स्थित मेट्राे अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए। स्वास्थ्यमा समस्या भएर उनलाई सोमबार अस्पताल लगिएको सन्तोषले बताए । ‘उहाँको कलेजोमा समस्या देखिएको थियो, आज बिहान बित्नु भयो।’सन् २०१४ मा दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र सम्वाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । गुरुङले सन् २०१६ को चलचित्र ‘क्लासिक’, सन् २०१७ को चलचित्र ‘डायरी’ र सन् २०१९ को चलचित्र ‘ए मेरो हजुर’ को कथा लेखेका थिए। यस्तै सन् २०१८ को चलचित्र डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन गुरुङले गरेका थिए । पछिल्लो समय छेतन ‘हुतुतु’ लेखिरहेका थिए।गुरुङले डेब्यु गरेकाे चलचित्र नोभेम्बर रेनबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट...
बलिउड अभिनेता सुशान्त सिंहकी प्रेमिका रिया चक्रवर्ती गिरफ्तार

बलिउड अभिनेता सुशान्त सिंहकी प्रेमिका रिया चक्रवर्ती गिरफ्तार

मनोरन्जन
भदाै २३ काठमाडाैं ।बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती गिरफ्तार भएकी छिन्। लागूऔषधविरुद्धको सरकारी संस्था नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले रियालाई गिरफ्तार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
गीतकार तथा समाजसेवी यशु थापाको ‘आगमन’ सार्वजनिक(भिडियो सहित)

गीतकार तथा समाजसेवी यशु थापाको ‘आगमन’ सार्वजनिक(भिडियो सहित)

मनोरन्जन
भदाै २३ काठमाडाैं । कोभिड(१९ को महामारीले देश लकडाउनमा पर्दा यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा पनि सांगितिक क्षेत्रमा पनि प्रभाव परिरहेको छ । दिनहुँजसो दर्जनौं भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायिक(गायिका, संगीतकारहरु यतिबेला घरमा खुम्चिएका छन् । तर निर्माण सम्पन्न भइसकेका म्युजिक भिडियोहरु भने रिलिजको क्रममा छन् । यो बीचमा अमिर शेक र जयतोसना योगिको म्युजिक भिडियो ‘आगमन’ रिलिज भएको छ । मङगलबार युट्युवमा म्युजिक भिडियो ‘आगमन’ रिलिज गरिएको हो । https://youtu.be/7cODr_bdURc सार्वजनिक म्युजिक भिडियो ‘आगमन’ मा स्वर भने राज सागरको रहेको छ भने संगीत गौरव दर्पणले भरेका छन् । यस म्युजिक भिडियो ‘आगमन’ को लिरिक्स भने यसु थापाले लेखेका हुन । एरेञ्जको काम रिकेश गुरुङ गरेका छन् ।भिडियोलाई अमिर शेकले निर्देशन गरेका हुन् भने छायांकन रुपेश थापाको छ । दिन दुखी...