आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

वाग्मती नगरपालिकामा फनपार्क बन्ने

वाग्मती नगरपालिकामा फनपार्क बन्ने

मनोरन्जन
कात्तिक २० सर्लाही । बालबालिकाको मनोरञ्जनको सामान्य व्यवस्था समेत नभएको वाग्मती नगरपालिकामा फन पार्क निर्माण हुने भएको छ । नगरपालिकाको गौरवको आयोजनाका रुपमा फनपार्क निर्माण हुने भएको हो । यसका लागि गौरी पार्वती सुनकोसी धुलिखेल जेभी र नगरपालिकाबीच ठेक्का सम्झौता भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा निर्माण कार्य सम्पन्न गर्ने गरी रु १७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको नगरप्रमुख भरतकुमार थापाले बताए । वाग्मती नगरपालिका–११ स्थित पूर्व–पश्चिम लोकमार्गबाट दुई किलोमिटर उत्तर बुद्ध शान्ति तपोवन नजिक करिब ६७ रोपनी क्षेत्रफलमा फनपार्क निर्माणको प्रक्रिया अघि बढाइने नगरपालिकाका इञ्जिनीयर सागर पौडेलले बताएका छन् । फनपार्क निर्माण हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गरी राजस्व सङ्कलन गर्ने महत्वपूर्ण आयोजनाको रुपमा यसलाई लिएको नगरपालिकाले जनाए...
‘पदयात्रा पर्यटन प्रवर्द्धनमा काम गर्छौँ’

‘पदयात्रा पर्यटन प्रवर्द्धनमा काम गर्छौँ’

मनोरन्जन
कात्तिक २० कास्की । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औ साधारण सभाबाट निर्वाचित अध्यक्ष सुशीलराज पौडेलले पदयात्रा पर्यटनको विकास र प्रवर्द्धनमा लागि पर्ने बताएका छन् । उनले कोरोनाको विषम परिस्थितिले पर्यटन क्षेत्र धरासयी भएको उल्लेख गर्दै कोरोना कहरका बीच सुरक्षा रणनीति अबलम्बन गरेर पर्यटनमा नयाँ सोच खोजको विकास जरुरी रहेको धारणा राखे । उनले अर्बौंको लगानी रहेको पर्यटन क्षेत्रबाट व्यवसायीलाई पलायन हुन नदिन र पर्यटनमा आश्रित मजदुरहरुको जीविकोपार्जननै अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे। नवनिर्वाचित पौडेलले अदुरदर्शी, अवैज्ञानिक विकासले नेपालमा प्रसिद्ध पदमार्ग विस्थापित हुँदै गएकाले पदमार्गको संरक्षण र नयाँ पदमार्गको खोजीका लागि नयाँ नेतृत्व सक्रिय रहने भनाइ थियो । सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्णराज ...
डोल्पाका सीमावर्ती नाकाबाट धमाधम फर्काइँदै पर्यटक

डोल्पाका सीमावर्ती नाकाबाट धमाधम फर्काइँदै पर्यटक

मनोरन्जन
कात्तिक २० डोल्पा । हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिनानै नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो ।हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सबैको प्रयासले डोल्पालाई अझैसम्म सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । “जिल्लाका सीमानाकामा कडाई गरेका छौँ, कोरोना परीक्षण रिपोर्ट नल्याएका पर्यटकलाई फर्काइएको छ, जिल्लाका नागरिकलाई कोरोना परीक्षण रिपोर्ट सहित होम क्वारेन्टाइनमा बस्ने शर्तमा मात्रै प्रवेश गर्न दिएका छौ”, प्रजिअ सुनारले भने, “ डोल्पा घुम्न आएका पर्यटकलाई ७२ घण्टा अघिको कोरोना परीक्षण रिपोर्ट सहित आफ्नै खर्चमा क्वारेन्टिनमा बस्ने शर्तमा जिल्ला प्रवेश गर्न...
काजी कालु पाँडेको समाधि स्थल इन्द्रदह

काजी कालु पाँडेको समाधि स्थल इन्द्रदह

मनोरन्जन
कात्तिक २० काठमाडौं । काठमाडौंको विभिन्न ठाउँ मध्ये एक चन्द्रागिरी नगरपालिका वडा नं १ स्थित ऐतिहासिक धार्मिक पुरातात्विक पर्यटकीय स्थल काजी कालु पाँडेको समाधिस्थल रहेको इन्द्रदह पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  गत वर्ष चौथो इन्द्रदह पर्यटन उत्सवमा प्रमुख अतिथिको रूपमा  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति भएका थिए  । काजी कालु पाँडे मूर्ति स्थापना गरेको स्थानमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहल पहल बढ्न थालेको छ । मानिसहरु शहर भन्दा परको क्षेत्र घुम्न जाने प्रचलन बढदो छ। दिनमा ५००० हजार भन्दा बढि मानिसहरुको आवतजावत हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । काजी कालु पाँडे समाधिस्थल १८१४ सालमा बल्खु खोलामा नेपाल एकीकरण अभियानमा रहेका पृथ्वीनारायण शाहले किर्तिपुरमाथि आक्रमण गरे। दहचोक गोर्खाली सेनाले कीर्तिपुर माथि आक्रमण गर्यो। गोर्खाली सेनाले तीन थाना तिरबाट आक्रमण गर्दा...
पाँडे र पौडेललाई भैरव पुरस्कार

पाँडे र पौडेललाई भैरव पुरस्कार

मनोरन्जन
कात्तिक २० काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । पाँडे चर्चित व्यङ्ग्यकार हुन् भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमशः एक लाख र ५० हजार रहेको छ । वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा डा खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । हाल कोरोना भाइरसको संक्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले राससलाई जानकारी दिए । विसं २०४६ देखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अ...
पर्यटकीय गन्तब्य बन्दै लोकतान्त्रिक शहिद उद्यान कागेश्वरी

पर्यटकीय गन्तब्य बन्दै लोकतान्त्रिक शहिद उद्यान कागेश्वरी

मनोरन्जन
कात्तिक १९ काठमाडौं । काठमाडौंको कोलाहल भिड बाट अलिकति फुर्सद निकालेर घुम्ने मन कसको नहोला?पछिल्लो समय सहरी क्षेत्रका मानिसहरु शहरभन्दा केही परको क्षेत्र घुम्न जाँने प्रचलन बढ्दो छ । विदा वा फुर्सदको समयमा हाइकिङ जाने संस्कृतिमा समेत  विकास भएको  छ  । शहरको धुँवा, धुलो र  कोलाहल बाट दिक्क भइरहँदा शरीर र मतिस्क दुवैलाइ पुनर्ताजकी  बनाउनकै लागि पनि धेरैजसो मानिसहरु  पदयात्रामा जाने  गर्छन् ।हाल कोरोना महामारीका कारण पदयात्रा  ,भ्रमण अवरुद्द भएपनि  स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई काठमाडौं नजिकका डाँडा काँडाका  भ्रमणमा  जान थालेका छन ।एक दिनको भ्रमणको  लागि उपत्यकावासीको रोजाइमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा रहेको कागेश्वरीधाम र लोकतान्त्रिक शहिद उद्यान  पर्न थालेको छ  । काठमाडौं बाट नजिकको  दुरीमा र...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘जिन्दगीका अनेक’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘जिन्दगीका अनेक’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक…’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । https://youtu.be/eWsWmKxGmZQ ‘जिन्दगीका अनेक रुपरङ् समेट्दैहरमन मुटुमा बेग्लै तरङ्ग छेड्दै…’ सार्वजनिक गीतमा नेपालमा प्रकाशित धेरै भन्दा धेरै उपन्यासको नाम लिइएको छ । डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स...
कोरोना संक्रमणले हरिवंश आचार्य र मनोज गजुरेललाई यस्तो पीडा

कोरोना संक्रमणले हरिवंश आचार्य र मनोज गजुरेललाई यस्तो पीडा

मनोरन्जन
कात्तिक १९ काठमाडौं । नेपाली कलाकारहरूले कोरोना भाइरस ९कोभिड–१९० खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना संक्रमणबाट पीडित बनेका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफैं नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् । कोरोना संक्रमणबाट मुक्त भएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, ‘यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ ।’ २ हप्ता घरमै एकान्तबास बसेर संक्रमणमुक्त भएपछि उनले सबैलाई सचेत भएर बस्न आग्रह गरेका छन् । आचार्यले भने, ‘कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन्, यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ । सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ, १४ दिनको एकान्तबासले धेरै कुरा सिकायो भने पीडा के हो भन्ने पनि बुझायो ।’ कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा घरमा एकान्तबासका सा...
तनहुँको मानहुँकोटमा सूर्योदय हेर्न दैनिक हजार पर्यटक

तनहुँको मानहुँकोटमा सूर्योदय हेर्न दैनिक हजार पर्यटक

मनोरन्जन
कात्तिक १९ दमौली ।पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट आइपुगेको जानकारी दिए । ‘बिहानको समयमा सूर्योदय र कुहिरोको दृश्यले मनै लोभ्याउँछ’, उनले भने, ‘मानहुँकोट साँच्चिकै मनमोहक रहेछ ।’ पोखरा र चितवनको बीच भागमा रहेको र राजमार्गबाट पनि नजिक भएकाले मानहुँकोटको भविष्य उज्ज्वल रहेको थापाले बताए । चितवनबाटै आइपुगेका विनेश थापाले मानहुँकोटबाट बिहानको समयमा देखिने दृश्य सुन्दर र मनमोहक रहेको बताए । ‘भिडियोमा मात्रै देखेकोभन्दा आफ्नै आँखाले हे...
अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण

अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण

मनोरन्जन
कात्तिक १९ भरतपुर । चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्री राम संस्था) अमेरिकाको संयुक्त आयोजनामा मङ्गलवार पाठपारायण गरिएको हो । पाठपारायणको सफलताको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाएका थिए । ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोग पुग्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताएका छन् । “यस साङ्गीतिक पारायणले माडी अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोग पुग्नेछ भन्ने मलाई विश्वास लागेको छ”, उनले पठाएको शुभकामना सन्देशमा भनिएको छ, “भौगोलिक तथा पुरातात्विक अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा ...