आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

प्रधानमन्त्रीबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित

प्रधानमन्त्रीबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित

मनोरन्जन
कात्तिक १९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को आज लोकार्पण गरेका छन् । सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दै यसका पक्षमा जनतालाई निरन्तर जागरुक र सचेत गराउन आग्रह गरे। “सधैँ सत्यका पछि लाग्नुपर्छ । यस क्रममा एक्लै भए पनि सत्यका पछि लाग्दा अन्ततः सत्यकै विजय हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ ।” वर्तमान सरकारकै कार्यकालमा उक्त भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको थियो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका नेता अधिकारी सांस्कृतिक स...
बलिउड अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता

मनोरन्जन
कात्तिक १९ काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ । अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभसहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो । लखनउमा दर्ता भएको केसमा अमिताभ र केबीसीका निर्माताविरुद्ध हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ । बिहीबार राती प्रशासन भएको कर्मवीर विशेष भागमा अमिताभ बच्चनले सोधेका थिए ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए ?’ यसको जवाफको लागि ४ विकल्पहरु विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए । यो प्रश्नको जवाफका विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्ध मात्र भएपछि अमिताभ बच्चन विवादमा परेका हुन् । हिन्दू धर्मका मात्र ग्रन्थको विकल्प दिएर हिन्दूहरुको भावनामा चोट पुर्याएको आरोपसहित उजुरी दर्ता भएको हो । सबै हिन्दू धर्मका...
गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत ‘यो तिहारमा’ सार्वजनिक (भिडियो)

गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत ‘यो तिहारमा’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको स्वरमा रहेको नयाँ तिहार गीत सार्वजनिक गरिएको छ । विशेषगरी तिहार पर्वलाई लक्षित गरी निर्माण गरिएको ‘यो तिहारमा’ बोलको गीत तथा गीतको भिडियो गायक रामचन्द्रकै लगानीमा निर्माण गरिएको छ । भिडियो गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा रामकुमार बगरको शब्द रहेको छ भने संगीत रामचन्द्र काफ्लेकै छ । नेपसिने फिल्म स्टुडियोले निर्माण गरेको भिडियोमा पल्पसा डंगोल, वसन्त अधिकारी, सुधीर श्रेष्ठ, चक्र बम, गरिमा श्रेष्ठ, रुविना अधिकारी, अस्मिता पन्तलगायतको अभिनय छ । विधान कार्कीले निर्देशन गरेको उक्त भिडियो उत्सव दाहालको टिमले खिचेको हो । श्याम लामाको मेकअप रहेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् । https://youtu.be/Ly4WOMU2FZQ यस वर्षको तिहारमा बाहिर देउसी भैलो खेल्ने माहौल नरहेकाले घरमै परिवारसँग रमाइलो गर्न ‘यो त...
कोरोनालाई जितेका वरिष्ठ कलाकार हरिवंश भन्छन् :संक्रमण कति पीडादायी हुन्छ, लागेपछि मात्रै थाहा हुन्छ

कोरोनालाई जितेका वरिष्ठ कलाकार हरिवंश भन्छन् :संक्रमण कति पीडादायी हुन्छ, लागेपछि मात्रै थाहा हुन्छ

मनोरन्जन
कात्तिक १९ काठमाडौं । नेपाली कलाकारहरूले कोरोना भाइरस ९कोभिड(१९० खेलाची गर्ने रोग नभएको बताएका छन्। कोरोना सङ्क्रमणबाट पीडित बनेका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफैँ सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन्। कोरोना सङ्क्रमणबाट मुक्त भएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, “यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ।” दुई साता घरमै एकान्तबास बसेर सङ्क्रमणमुक्त भएपछि उनले सबैलाई सचेत भएर बस्न आग्रह गरेका हुन्। आचार्यले भने, “कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन्, यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ। सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ, १४ दिनको एकान्तबासले धेरै कुरा सिकायो भने पीडा के हो भन्ने पनि बुझायो।” कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा घरमा एकान्तबासका साथ...
‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
अठार वर्षभन्दा मुनिका युवा समूहको अथक प्रयास र मेहनत पश्चात ‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  चाखलाग्दो कुरा के भने ‘सम्हाल मलाई’मा गीत रेकर्डिङ, म्युजिक एरेन्जमेन्टदेखि लिएर म्युजिक भिडियो निर्माणसम्मका सम्पूर्ण कार्यमा १८ वर्ष मुनिका युवाहरुको मात्र संलग्नता रहेको छ।  अबिरल भुजेलको शव्द र स्वर  रहेको ‘सम्हाल मलाई’ बोलको गीतमा ज्योति श्रेष्ठ (स्टोरनटर) र संजिव तामाङ(एसएनजीभी) ले संगीत भरेका छन् । https://youtu.be/vgM5Bjskn9c पछिल्ला दिनमा लिरिकल भिडियोलाई सर्वाधिक रुचाईएकाले क्लास एक्स प्रेजेन्टेसनसंगको सहकार्यमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको जनाईएको छ।  शायुज पोखरेल र आयुष्मान मगर(मिस्टर जिएम)ले निर्देशन तथा छायांकन गरेको यस म्युजिक भिडियोमा अबिरल भुजेल र शिल्पा थापा्को अभिनय रहेको छ । ...
‘बाहुबली’ निर्देशकको ‘आरआरआर’ चलचित्र पर्यो बिबादमा , रिलिज गरे आगो लगाईदिने चेतावनी

‘बाहुबली’ निर्देशकको ‘आरआरआर’ चलचित्र पर्यो बिबादमा , रिलिज गरे आगो लगाईदिने चेतावनी

मनोरन्जन
कात्तिक १८ काठमाडौं ।बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ चर्चामा छ । छायांकन नसकिदै प्रतिक्षामा रहेको यो चलचित्र विवादमा घेरामा परेको छ । तेलंगनाका वीजेपी नेता बादी संजयले चलचित्रका निर्देशकलाई धम्की दिएका छन् । चलचित्रका मुख्य नायक जुनियर एनटीआरको लुक्स केही दिन अगाडि सार्वजनिक गरिएको थियो । चलचित्रमा एनटीआरले कोमराम भीमको भूमिका निर्वाहा गरेका छन् । के कारण पर्यो त ‘आरआरआर’ विवादमा ? रिलिज गरे आगो लगाउने चेतावनी किन दिए ? तल भिडियोमा हेर्नुहोला । https://youtu.be/DR7Ac9FLeHg ...
भारतमा फिल्म हल खुले

भारतमा फिल्म हल खुले

मनोरन्जन
कात्तिक १८ काठमाडौं । भारतमा कोरोना भाइरस र लकडाउका कारण बन्द गरिएका फिल्म हल खुला गरिएको छ । मल्टिप्लेक्सका केही हल खुला गरिएका छन् । सिंगल थिएटर पनि खुलेका छन् ।हल खुला गरिए पनि दर्शक भने हलसम्म पुगेका छैनन् । न त फिल्म हलमा देखाउनलाई कुनै नयाँ फिल्म रिलिज भएका छन् । खुला गरिएका हलमा पुराना फिल्म प्रदर्शन गरिएको छ । ती फिल्म हेर्न एकाध दर्शक आएका छन् । हलवालाले यति दर्शक आउँदा बिजुलीको बिल पनि तिर्न नसकिने प्रतिक्रिया दिएका छन् ।ठूला फिल्म निर्माताले आफ्ना फिल्म अझै तय गरेका छैनन् । किनकि, हलमा पूरै संख्यामा दर्शक नपाइने नियम छ । कोरोना भाइरसका कारण दर्शक पनि फिल्म हलसम्म आउन अझै तयार नभएको देखिएको छ । अर्कातिर नामी स्टारका कुनै फिल्म पनि रिलिज हुने तरखरमा छैनन् । जसले गर्दा दर्शकलाई हलसम्म जान मन लागिरहेको छैन । कोरोना महामारीका कारण न त कुनै हलिउड फिल्म नै रिलिज भएका छन् ।सिन...
गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो’ सार्वजनिक(भिडियो)

गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो’ सार्वजनिक(भिडियो)

मनोरन्जन
कात्तिक १७ काठमाडौं । गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक भएको छ । किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । सञ्चारकर्मी समेत रहनुभएका रावलको सार्वजनिक गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ । गीतकार रावलले ‘भुल्यौं कि मायाले…’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक गर्नुभएको हो । https://youtu.be/s2MkL_1X3V0 गीतको भिडियोमा बालापनको अभिनयमा ...
चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष शुरु

चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष शुरु

मनोरन्जन
कात्तिक १७ काठमाडौं । अब चितवनमा पनि राष्ट्रिय स्तरको चलचित्र सम्पादन कक्ष नेपाली चलचित्र निर्माता निर्देशक किशोर चौधरिले चितवनको टाडिमा राष्ट्रिय स्तरको सम्पादन कक्ष शुरु गरेका छन। कार्तिक कोजागरत पुर्णिमाको शुभ साईत मौका छोपी सो सम्पादन कक्षको सम्पादक मित्र डि गुरुङले रिवन काटी आज एक समारोह बिच उदघाटन गरेका थिए। चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्षको कमि महशुस गरि यो सम्पादन कक्षको स्थापना गरियको को कुरा निर्देशक किशोर चौधरिले जानकारी दिनु भयो वहाँले अब चलचित्र कर्मिहरु चितवन आउदा काठमाडौंको जस्तै सेवा सुबिधा उपलब्ध हुने कुरा पनि जानकारी दिनु भयो। ...
निर्देशक किशोर चौधरीले संचालनम ल्याए चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष

निर्देशक किशोर चौधरीले संचालनम ल्याए चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष

मनोरन्जन, समाचार
अब चितवनमा पनि राष्ट्रिय स्तरको चलचित्र सम्पादन कक्ष नेपाली चलचित्र निर्माता निर्देशक किशोर चौधरिले चितवनको टाडिमा राष्ट्रिय स्तरको सम्पादन कक्ष शुरु गरेका छन। कार्तिक कोजागरत पुर्णिमाको शुभ साईत मौका छोपी सो सम्पादन कक्षको सम्पादक मित्र डि गुरुङले रिवन काटी आज एक समारोह बिच उदघाटन गरेका थिए। चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्षको कमि महशुस गरि यो सम्पादन कक्षको स्थापना गरियको को कुरा निर्देशक किशोर चौधरिले जानकारी दिनु भयो वहाँले अब चलचित्र कर्मिहरु चितवन आउदा काठमाडौंको जस्तै सेवा सुबिधा उपलब्ध हुने कुरा पनि जानकारी दिनु भयो। ...