आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

बार्सिलोना छोडेर जुभेन्टसबाट खेल्ने भए लुईस सुआरेजले

बार्सिलोना छोडेर जुभेन्टसबाट खेल्ने भए लुईस सुआरेजले

खेलकुद, समाचार
भदाै २१ काठमाडौं । बार्सिलोनाका फरर्वाड लुईस सुआरेजले बार्सिलोना छोडने भएका छन । उनी बार्सिलोना छोडेर जुभेन्टस जाने भएका छन । सुआरेज र मेस्सीबीच जुभेन्टस जाने सहमति भएको जनाईएको छ । सुआरेजले बिना ट्रान्सफर वा कम शुल्कमा युभेन्टस जाने सम्भावना रहेको छ । उरुग्वेका यी खेलाडीको अहिले पनि बार्सिलोना संगको सम्भौता अझै एकबर्ष बाँकी रहेको छ । सुआरेज ६ बर्षअघि ईङलिश क्लब लिभरपुल छोडेर बार्सिलोनामा प्रवेश गरेका थिए । सन २०१४–१५ मा बार्सिलोनालाई यूएफा च्याम्पियन, ला लिगा र कोपा डेलरे जिताएका सुआरेजले २८३ खेलमा १९८ गोल गरेका छन । अर्कोतर्फ बार्सिलोनाका सबैभन्दा महंगा खेलाडी मेस्सी बार्सिलोनामै रहने भएका छन । महंगो स्थानान्तरण रकमको कारण उनले यो निर्णय गरेका हुन । उनको सम्भौंता सन २०२१ सम्म रहेको छ । ...
जमैकाको हारमा सन्दीपको औसत प्रर्दशन

जमैकाको हारमा सन्दीपको औसत प्रर्दशन

अन्तराष्ट्रिय, खेलकुद, समाचार
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै पाँचौ स्थानमा रहेर यस सिजन सम्पन्न गरेको छ । तीव्र गतिका बलर ओशान थोमसले पहिलो ओभरको पहिलो बलमै ओपनर जोनसन चाल्र्सलाई शून्यमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । इनसाइड एज लागेर बोल्ड आउट हुन पुगेका थिए । अर्का तीव्र गतिका बलर प्रेस्टन म्याकस्वीनले दोस्रो ओभरको दोस्रो बलमा शम्राह ब्र्रूक्सलाई ५ रनमा बोल्ड आउट गर्दै जमैकालाई राम्रो सुरुवात दिलाए । तर बार्बाडोसका कप्तान जेसन होल्डर र जोनाथन कार्टरले तेस्रो विकेटका लागि ९० ...
रोनाल्डो बिहीन पोर्चुगलको शानदार जित

रोनाल्डो बिहीन पोर्चुगलको शानदार जित

खेलकुद, समाचार
साबिक विजेता पोर्चुगलले शानदार जितका साथ युरोपियन नेशन्स लिगको सुरुवात गरेको छ । आइतबार राति भएको समूह ए थ्रीको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ ले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डो बिनाको खेलमा पोर्चुगलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेको हो । उसका लागि ४२ औँ मिनेटमा जोआओ क्यानसेलोले गोल गरेर सुरुवाति अग्रता दिलाए । यस्तै ५९ औँ मिनेटमा डिओगो जोता, ७१ औँ मिनेटमा जोआओ फेलिक्स र इन्जुरी समयको छैटौँ मिनेटमा आन्द्रे सिल्भाले गोल गरेका हुन् । क्रोएसियाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा पेट्कोविचले एक गोल फर्काए । रोनाल्डो चोटका कारण खेल्न नसके पनि रंगशालामा टिमको हौसला बढाउन उपस्थित थिए । उनको अनुपस्थितिमा खेलेका २० वर्षका जोआओ फेलिक्सले राष्ट्रिय टिमका लागि पहिलो गोल गरे। नेशन्स लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा फ्रान्सले स्वीडेन, जिब्रालटारले सान मार...
सन्दीप आबद्ध जमैकाको खेल आज राति

सन्दीप आबद्ध जमैकाको खेल आज राति

खेलकुद, समाचार
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपीएल)अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ । ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्नेछ । उक्त खेल राति १२ बजे शुरु हुने छ । बार्बाडोसको भने यो १०औँ खेल हो । बार्बाडोससितको खेल जित्नका लागि जमैकाले ब्याटिङमा सुधार गर्नुपर्ने छ । जमैकाको ब्याटिङ लाइन कमजोर रहँदै आएको छ । जमैका बलिङमाथि निर्भर रहँदै आएको छ । जमैकाले आठौँ खेल वर्षाका कारण खेल्न पाएको थिएन । जमैका तीन खेलमा जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा छ । दुई खेल अगावै जमैका सेमिफाइनल प्रवेश गरिसकेको छ । बार्बाडोस पाँचौँ स्थानमा रहेको छ । बार्बाडोस सिपीएलबाट बाहिरिएको छ । सन्दीपका लागि आजको खेल महत्वपूर्ण छ । उनले सिपीएलमा हालसम्म सात खेलमा १० विकेट लिइसेका छन् । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका ...
बार्सिलोना छाड्न नसक्ने निर्णयमा पुगे मेस्सी

बार्सिलोना छाड्न नसक्ने निर्णयमा पुगे मेस्सी

अन्तराष्ट्रिय, खेलकुद, समाचार
भदाै २० काठमाडौं । लियोनल मेस्सी यो सिजन स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् । पछिल्लो २ सातादेखि बार्सिलोना छाड्ने बताउँदै आएका मेस्सीले अन्ततः क्लब नछाड्ने घोषणा गरेका हुन् ।आफूलाई अनुबन्ध गर्नका लागि अन्य कुनै पनि क्लबले ‘रिलिज क्लज’मा उल्लेख गरिएको रकम तिर्न असम्भव रहेको र आफूले माया गरेको क्लबलाई अदालतसम्म डोरयाउन नचाहेको भन्दै मेस्सीले यो सिजन बार्सिलोना नछाड्ने निश्कर्षमा पुगेको बताएका हुन् । बार्सिलोना छाड्ने भन्दै अघिल्लो हप्ताको मंगलबार मेस्सीले क्लबका अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई पत्र लेखेका थिए । तर, बार्सिलोनाले भने उनको करारमा रहेको ७० करोड युरो तिरे मात्रै अन्य क्लबले उनलाई अनुबन्ध गर्नसक्ने बताएको थियो ।गोल डटकमसँगको कुराकानीमा मेस्सीले भनेका छन्, क्लब छाडेर जान म स्वतन्त्र छु भन्ने मलाई लागेको थियो । अध्यक्षले मलाई यो सिजनको अन्त्यमा तिमि यहाँ बस्ने कि नबस्ने भ...
भारतका सुमित नागलमाथि सहज जित निकाली डोमिनिक थिएम तेस्रो चरणमा

भारतका सुमित नागलमाथि सहज जित निकाली डोमिनिक थिएम तेस्रो चरणमा

अन्तराष्ट्रिय, खेलकुद
भारतका सुमित नागलमाथि सहज जित निकाल्दै दोस्रो बरियताका डोमिनिक थिएम युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेस गरेका छन् । नेपाली समय अनुसार शुक्रबार बिहान भएको खेलमा दोस्रो बरियताका अस्ट्रियन थिएमले नागललाई ६-३, ६-३ र ६-२ को सेटमा पराजित गरेका हुन् । थिएमले तेस्रो चरणमा सन् २०१४ का विजेता मारिन सिलिकको सामना गर्ने भएका छन्। मारिन सिलिक स्लोभाकियाका खेलाडी नोबट गोम्बोसलाई ६-३, १-६ ७-६ (७ २) र ७-५ को सेटमा पराजित गरेर तेस्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै वासिक पोस्पिसिलले आफ्नै देश क्यानडाका खेलाड मिलोस राओनिकलाई अप्रत्यासित रुपमा ६-७ (१ ७) ६-३ ७-६ (७-४) र ६-३ को सेटमा पराजित गरेका छन् । ...
खेलकुद, समाचार
 पेरिस सेन्ट जर्मेनका फुटबलर नेमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २८ वर्षीय ब्राजिलियन फुटबलरलाई कोरोना संक्रमण पुष्टि भएको हो । पेरिस सेन्ट जर्मेन हालै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा वार्यन म्युनिकसँग पराजित भएको थियो । क्लबले यस अघि तीन जना खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । क्लबले एक विज्ञप्ति जारी गर्दै भनेकाे छः ‘तीन जना खेलाडी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन् ।’ ...
चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि

चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि

अन्तराष्ट्रिय, खेलकुद
इण्डियन प्रिमियर लिग आईपीएलको लागि दुबई पुगेको चेन्नई सुपर किंग्स क्लबका १० जनासहित १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । चेन्नईका दुई जना खेलाडीसहित आईपीएल टिमका १३ जनामा कोरोना पुष्टि भएको र उनीहरु आइसोलेशनमा रहेको आईपीएलले जनाएको छ । कुन कुन खेलाडीमा कोरोना देखिएको भनेर चेन्नईले खुलाएको छैन । आईपीएल खेल्न दुबई पुगेका खेलाडी, अफिसियल र सम्पूर्ण कर्मचारी गरेर एक हजार नौ सय ८८ जनाको पीसीआर परीक्षण भइसकेको छ । यसैबीच चेन्नईका प्रमुख बलर सुरेश रैना भारत फर्किएका छन् । पारिवारिक कारणले रैना भारत फर्किएको आईपीएलले जनाएको छ । गएको मार्चमा हुने आईपीएल भारतमा कोरोनाको सङ्क्रमण धेरै रहेका कारण सेप्टेम्बर १९ तारिख अर्थात असोज तीन गतेदेखि दुबईमा हुँदैछ । ...
सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुत जमैका ३६ रनले पराजित

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुत जमैका ३६ रनले पराजित

खेलकुद, समाचार
वेस्ट इण्डिजजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाज ३६ रनले पराजित भएको छ । बार्बाडोसले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा आएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । उसका लागि क्रुमा बोनरले सर्बाधिक ३१ रन बनाए । बलिङमा बार्बाडोसका जसन होल्डर, राशिद खान, रेमन रिफर र मिचेल सान्टनरले सर्बाधिक २(२ विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनायो । उसका लागि काइली मेयर्सले सर्बाधिक ८५ रन बनाए । बलिङमा जमैका टिमका मुजीबउर रहमानले ३, सन्दीप लामिछानेले २, कार्लोस ब्रार्थवेट र फिदील एडवाड्रसलेले १/१ विकेट लिए ...
अन्ततः सन्दीप सिपिएल खेल्न जाने निश्चित

अन्ततः सन्दीप सिपिएल खेल्न जाने निश्चित

खेलकुद, समाचार
काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको समाचारहरु आईरहदा अन्ततः सन्दीप सिपिएल खेल्न जाने निश्चित भएको छ । उनका म्यानेजर रमन सिवाकोटिका अनुसार जुलाई ३० तारिखका दिन सन्दीप कोरियन एयरबाट सिपिएलका लागि प्रस्थान गर्ने भएका हुन । कोरियन एयरको चार्टर फ्लाईटबाट सन्दीप युएसए हुदै अगस्ट १ मा ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन । सन्दीप यस सिजनको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन्। उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो। उनी उक्त टिमको मार्की खेलाडी हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्। सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ। सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र स...