आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

पाेर्चुगलका लागि राेनाल्डाेले सयाैं गाेल गर्दै बनाए कीर्तिमान

पाेर्चुगलका लागि राेनाल्डाेले सयाैं गाेल गर्दै बनाए कीर्तिमान

खेलकुद
भदाै २४ ।पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सयौं अन्तर्राष्ट्रिय गोल गर्दै विश्व फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी देशको लागि १०० गोल गर्ने पहिलो युरोपियन फुटबलर बन्दै नयाँ इतिहास रच्न सफल भएका हुन् । युफा नेशन्स लिग अन्तर्गत स्वीडेन विरुद्ध करिब २५ यार्ड टाढाबाट हानेको कर्लिङ फ्रि किक प्रहार सुन्दर गोलमा परिणत भयो । जुन गोल उनको करियरकै विशेष गोल बन्यो । पोर्चुगलको लागि १६५ खेल खेली रोनाल्डोले गोलमा सतकको सफलता प्राप्त गरेका हुन् । राष्ट्रको लागि सय गोल गर्ने उनी दोस्रो खेलाडी हुन।विश्व फुटबलमा भने सर्वाधिक गोल गर्ने सुचीमा उोनाल्डो दोस्रो स्थानमा छन। इरानका लिजेन्ड अलि दाइ १०९ गोल सहित पहिलो स्थानमा छन् । अलि र रोनाल्डोले‌ मात्र १०० अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पार गरेका छन् । यही खेलमा रोनाल्डोले कुल दुइ गोल गरी गोल सङ्ख्या एकसय एक पुर्‍याएका छन् । उनी अलि भन्द...
सन्दीप आबद्ध जमैका सीपीएलको सेमिफाइनलबाटै बाहिरियो

सन्दीप आबद्ध जमैका सीपीएलको सेमिफाइनलबाटै बाहिरियो

अन्तराष्ट्रिय, खेलकुद
भदाै २४ काठमाडाैं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोली जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल)बाट बाहिरिएको छ।मंगलबार राति भएको पहिलो सेमिफाइनलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो हार व्यहोर्दै उपाधि होडबाट बाहिरिएको हो।ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर मात्रै १ सय ७ रन बनाएको थियो । एक सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा ग¥यो। ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्स ५४ रन र टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । त्यसअघि सुनिल नारिनलाई जमैकाका मुजिब उर रहमानले ४ रनमा आउट गरेका थिए। त्यसपछि जमैका विकेट बिहिन भयो। यसअघिका सबै खेलमा विकेट हात पारेका सन्दीप पनि यो खेलमा विकेटविहीन भए। ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए पनि विकेट लिन असफल भए। सन्दीपले जारी सीपीएलका ११ खेलमा १२ विकेट लि...
आजको खेल जिते सन्दीपको टिम सिपिएल फाइनलमा

आजको खेल जिते सन्दीपको टिम सिपिएल फाइनलमा

खेलकुद
भदाै २३ काठमाडाैं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्द जमैका तालावाजले ट्रिन्बागो नाइट राइडर्ससँग खेल्ने भएको छ ।लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष स्थानको नाइट राइडर्ससँग खेल्ने भएको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल आज साँझ नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।पहिलो सेमिफाइनल खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स भिड्ने छन् । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।लिग चरणमा जमैकाले १० खेलमा ३ जित निकाल्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो ।यता नाइट राइडर्स भने प्रतियोगितामा अपराजित रहेको छ । निकै लयमा रहेको उसको १० खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपालका ग्लोबल आइकन सन्दीपले लिग चरणक...
केलियन एमबाप्पेमा कोरोना भाइरस संक्रमण पुष्टि

केलियन एमबाप्पेमा कोरोना भाइरस संक्रमण पुष्टि

अन्तराष्ट्रिय, खेलकुद, समाचार
काठमाडाैं । युवा स्टार खेलाडी केलियन एमबाप्पे कोरोना भाइरसबाट संक्रमित भएका छन् । फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ । गएको हप्ता पिएसजीका ६ खेलाडीमा संक्रमण देखिएको थियो । ...
इटालीसँग नेदरल्याण्डसकाे हार

इटालीसँग नेदरल्याण्डसकाे हार

अन्तराष्ट्रिय, खेलकुद
भदाै २३ काठमाडाैं । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा इटाली विजयी भएको छ।समूह ए वानमा रहेको इटाली पहिलो खेलमा बराबरीमा रोकिए पनि दोस्रो खेलमा नेदरल्याण्डसलाई १–० ले पराजित गरेको हो । इटालीको जितमा पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा निकोलो बारेलाले हेड मार्फत गरेको गोल नै निर्णायक बन्यो । ...
सागर थापासहित पाँच जना खेलाडी निर्दोष ठहर

सागर थापासहित पाँच जना खेलाडी निर्दोष ठहर

अपराध, खेलकुद
भदाै २३ काठमाडौं। मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका नेपाली राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको सोमबार पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाई पाएको उल्लेख छ । “आरोपित कसूरबाट सफाई दिने गरी गरेको विशेष अदालतको फैसला मिलेको छ वा छैन र नेपाल सरकारको पुनरावेदनमा जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने अन्तिम प्रश्नतर्फ हेर्दा संक्षेपमा प्रस्तुत मुद्दामा ती प्रतिवादीले म्याच फिक्सिङको जुन कार्य गरेको भनिएको छ”, पूर्णपाठमा भनिएको छ, “सो राष्ट्रको स्वाभिमान, प्रतिष्ठा र समस्त नेपालीको भावनासँग जोडिएको विषय हुँदा अत्यन्त गम्भीर छ, तर त्यति हु...
स्पेनिस फरवार्ड अन्सु फाटीले तोडे  रेकर्ड

स्पेनिस फरवार्ड अन्सु फाटीले तोडे रेकर्ड

अन्तराष्ट्रिय, खेलकुद
भदाै २२ काठमाडाैं । स्पेनिस फरवार्ड अन्सु फाटीले ९५ वर्ष पुरानो राष्ट्रिय रेकर्ड तोडेका छन्।१७ वर्षीय फाटीले आइतबार राति भएको युइएफए नेसन्स लिगअन्तर्गत युक्रेनविरुद्धको खेलमा गोल गरेर देशका लागि कान्छा अन्तर्राष्ट्रिय गोलकर्ताको रेकर्ड बनाएका हुन्। खेलमा स्पेनले युक्रेनलाई ४-० गोलले पराजित गर्‍यो। उसका लागि सर्जियो रामोसले खेलको तेस्रो र २९ मिनेटमा पेनाल्टीमा गोल गरे।फाटीले ३२ मिनेटमा स्पेनका लागि तेस्रो गोल गरेका थिए। यस्तै फोरान टोरेसले ८४ मिनेटमा स्पेनका लागि चौथो गोल गरे। युक्रेनविरुद्ध गोल गर्दा फाटी १७ वर्ष ३ सय ११ दिन उमेरका थिए। जससँगै उनी स्पेनका लागि अन्तर्राष्ट्रिय गोल गर्ने कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भए।यसअघि यो रेकर्ड जुवान इराक्विनको नाममा थियो। उनले सन् १९२५ मा स्विट्जरल्यान्डविरुद्ध १८ वर्ष ३ सय ४४ दिनको उमेरमा गोल गरेर रेकर्ड बनाएका थिए। बार्सिलोनाका फर...
२० सेप्टेम्बरमा दिल्लीको  पहिलो खेलमा सन्दीप लामिछाने

२० सेप्टेम्बरमा दिल्लीको पहिलो खेलमा सन्दीप लामिछाने

अन्तराष्ट्रिय, खेलकुद
भदाै २२ काठमाडौं । सन्दीप सम्मिलित दिल्लीले २०२० आईपीएलको पहिलो खेल २० सेप्टेम्बरमा किंग्स ११ पंजाब बिरुद्व सुरु गर्देछ । श्रेयस अय्यरको नेतृत्वमा रहेको दिल्लीले यसपटक आफ्नो पहिलो आईपीएल उपाधि जित्ने दाउमा रहेको छ । कोरोना कालमा दिल्ली क्यापिटल्सले यो खेल उनीहरूको बेस दुबईमा बायो सेक्युरिटी बबल बिच खेल्नेछ। दिल्लीले प्रतियोगताका सात खेल दुबई, चार खेल अबुधाबि र तिन खेल शारजाहमा खेल्नेछ । प्रतियोगिताको पहिलो खेल २० सेप्टेम्बरमा सुरुवात गर्ने दिल्लीले आफ्नो दोस्रो खेल २५ सेप्टेम्बरमा दुबईमै चेन्नई सुपर किंग्स बिरुद्व खेल्नेछ । दिल्ली क्यापिटल्सका खेलाडीहरु : श्रेयस अय्यर (कप्तान), शिखर धवन, पृथ्वी शाह, अजिंक्य रहाणे, ऋषभ पन्त, रविचन्द्रन अश्विन, कागिसो रबाडा, मार्कस स्टोनिस, सन्दीप लामिछाने, इशान्त शर्मा, शिमरोन हेटमेयर, चेमो पल, डेनियल सेम्स, एलेक्स क्यारी, एनिच नार्टजे, अमित मिश्रा ,...
युरोपियन नेशनल लिग फुटबलः जर्मनी र स्वीट्जरल्याण्ड बराबरीमा रोकिए

युरोपियन नेशनल लिग फुटबलः जर्मनी र स्वीट्जरल्याण्ड बराबरीमा रोकिए

खेलकुद
भदाै २२ काठमाडाैं । युरोपियन नेशनल लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनी र स्वीट्जरल्याण्ड १–१ को बराबरीमा रोकिएका छन्।समूह ए फोरमा रहेको जर्मनी फुटबलको यो सिजनमा जित विहीन बनेको हो । १४ औँ मिनेटमा आइकेली गुण्डोगानको गोलबाट लिएको अग्रता जर्मनीले जोगाउन सकेन । स्वीट्जरल्याण्डका लागि ५७ औँ मिनेटमा सिल्भान विड्मरले बराबरी गोल फर्काए ।जर्मनी लगातार दुई खेलमा बराबरीमा रोकिएको हो । ...
आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
भदाै २१ काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबार १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ । कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । लिग चरणको २४ खेल दुबईमा हुनेछ । यस्तै २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ। प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने सार्वजनिक गरिएको छैन । हेर्नुहाेस खेल तालिका ...