आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पाेर्चुगलका लागि राेनाल्डाेले सयाैं गाेल गर्दै बनाए कीर्तिमान

भदाै २४ ।पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सयौं अन्तर्राष्ट्रिय गोल गर्दै विश्व फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी देशको लागि १०० गोल गर्ने पहिलो युरोपियन फुटबलर बन्दै नयाँ इतिहास रच्न सफल भएका हुन् ।

युफा नेशन्स लिग अन्तर्गत स्वीडेन विरुद्ध करिब २५ यार्ड टाढाबाट हानेको कर्लिङ फ्रि किक प्रहार सुन्दर गोलमा परिणत भयो । जुन गोल उनको करियरकै विशेष गोल बन्यो । पोर्चुगलको लागि १६५ खेल खेली रोनाल्डोले गोलमा सतकको सफलता प्राप्त गरेका हुन् ।

राष्ट्रको लागि सय गोल गर्ने उनी दोस्रो खेलाडी हुन।विश्व फुटबलमा भने सर्वाधिक गोल गर्ने सुचीमा उोनाल्डो दोस्रो स्थानमा छन। इरानका लिजेन्ड अलि दाइ १०९ गोल सहित पहिलो स्थानमा छन् । अलि र रोनाल्डोले‌ मात्र १०० अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पार गरेका छन् ।

यही खेलमा रोनाल्डोले कुल दुइ गोल गरी गोल सङ्ख्या एकसय एक पुर्‍याएका छन् । उनी अलि भन्दा आठ गोल पछाडि रहेका छन् । उनले १९ वर्षको उमेमा पोर्चुगलकोलागि सन २००४ मा पहिलो गोल गरेका थिए ।

स्टार खेलाडी रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन २०१६ मा युरो कप जितेको थियो। साथै गत संस्करणमा नेदरल्याण्डसलाइ हराउदै नेसन्स लिगको उपाधि पनि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *