पीएसजी पराजित खेलमा नेयमारसहित पाँच खेलाडीलाई रेडकार्ड
भदाै २९ काठमाडाैं । पेरिस सेन्ट जर्मन (पीएसजी) पराजित खेलमा नेयमारसहित एकै खेलका पाँच खेलाडीलाई रेडकार्ड पाएका छन् । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्सिलेसँग पीएसजी १–० गोलले पराजित हुँदा नेयमारसहित पाँच खेलाडीलाई रेडकार्ड देखाइएको थियो ।
कोरोना भाइरस संक्रमणपछि मैदान फर्किएका ब्राजिलियन स्ट्राइकर नेयमार खेलको इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलको पहिलो हाफमा १–० ले पछि परको पीएसजी दोस्रो हाफमा इन्जुरी समयमा आठ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।
खेलको ३१ औं मिनेटमा फ्लोरियन थाउभिनले गोल गर्दै अग्रता दिलाएका थिए । उनले डिमिट्री पायेटको पासमा गोल गर्दै मार्सिलेलाई जित दिलाएका थिए । पीएसजीको घरेलु मैदानमा भएको खेलको ९० मिनेट भित्र ३६ फाउल भएको थियो । जसका लागि रेफ्रीले पाँच रेडकार्डसहित १७ कार्डको प्रयोग गरेका थिए । जुन लिग वानमा यो एक रेक...









