आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

Belgium remains atop FIFA world ranking

Belgium remains atop FIFA world ranking

अन्तराष्ट्रिय, खेलकुद
GENEVA, Sept. 19-FIFA released the men’s football world rankings on Thursday for the first time in five months with Belgium leading an unchanged top four. After a more than six months hiatus due to the COVID-19 pandemic, international matches have finally recommenced with UEFA Nations League games across Europe at the beginning of September, which had an immediate impact on the world ranking. But there has been no change among the leading quartet – Belgium, France, Brazil and England remain the top four in that order. Portugal has moved into the top five thanks to victories over Croatia (8th, down two) and Sweden (18th, down one). Other countries moving in the right direction are Spain (7th, up one), Italy (12th, up one), the Netherlands (13th, up one), and Germany (14th, up one), with...
आजदेखि हुने आइपीएल खेलकाे उद्घाटनमा मुम्बई र चेन्नाई भिड्ने

आजदेखि हुने आइपीएल खेलकाे उद्घाटनमा मुम्बई र चेन्नाई भिड्ने

अन्तराष्ट्रिय, खेलकुद
असाेज ३ काठमाडाैं । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १३ औँ सिजन शनिबारदेखि सुरु हुँदैछ।युएईको अबुधाबीमा साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नाई सुपर किङ्सबिच आइपीएल १३ औँ सिजनको उद्घाटन खेल हुने छ। यो खेल नेपाली समय अनुसार शनिबार राति पौने ८ बजे सुरु हुनेछ। नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्चावबीचको खेल आइतबार राति पौने आठ बजे हुनेछ।कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा स्वास्थ्यप्रति उच्च सुरक्षा सतर्कता अपनाउँदै आएपीएलका खेल सञ्चालन हुँदै छन्। तर युएईमा अत्यधिक गर्मी खेलाडीहरुलाई नयाँ चुनौती बनेको छ। अधिकांश खेलहरु सञ्चालन हुँदा मैदानमा तापक्रम ४० डिग्रीको आसपासमा रहने भएपछि खेलाडीहरु समस्यामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। ...
सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनुपर्छ : गावस्कर

सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनुपर्छ : गावस्कर

खेलकुद
असाेज २ काठमाडाैं । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावस्करले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनु पर्ने बताएका छन् ।   भारतीय च्यानल ‘स्पोर्टस तक’सँग यूएइमा सुरु हुन लागेको आइपिएलबारे कुरा गर्दै गावस्करले यस्तो बताएका हुन् । उनले अहिले नै यो कुरा मजाक जस्तो लागे पनि भविष्यमा यस्ता विषयमा सोच्नुपर्ने उनले बताए । लामिछाने राम्रो खेलाडी भएको बताउँदै उनले भारतीय रंगमा अझै राम्रो गर्न सक्ने गावस्करको भनाइ छ । सन्दिप आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । गावस्करले सन्दिपको निकै खुलेर प्रशंसा गरेका छन् । भनेका छन् उनले उनी निकै राम्रोसँग सिक्न सक्ने खेलाडी भएको र आफ्नो अगाडि आएका अनुभवबाट उनले आफूलाई निकै राम्रो बनाउँदै लगेका छन् । ...
मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने

मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने

खेलकुद
असाेज २ काठमाडाैं । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् ।इयुको उच्च अदालतबाट ९ वर्षको लडाईं जितेपछि मेसीले अब आफ्नो नाम ट्रेडमार्कका रुपमा राख्न पाउने भएका हुन् । युरोपियन कोर्ट अफ जस्टिसले स्प्यानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालयको अपिल खारेज गरेको हो । बार्सिलोनाका स्टार मेसीले सन् २०११ मा पहिलो पटक स्पोर्ट्सवेयर ब्राण्डका लागि आफ्नो सरनेमको ट्रेडमार्क दर्ता गरेका थिए । तर मास्मीले उनीहरुको लोगो समान भएकाले यसले द्विविधा ल्याउने बताएको थियो । युरोपियन न्याय अदालतले जब जनता दुई ब्राण्डको भिन्नता छुट्याउन सक्षम हुन्छन् तब स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्न सकिने बताएको छ । १० नम्बरको जर्सी लगाउने ३३ वर्षीय मेसी कीर्तिमानी ६ पटक विश्वकको उत्कृष्ट खेलाडी चयन भएका छन् । फोर्ब्सका अनुसार मेसी ...
फिफा वरियतामा नेपाल १७० औं स्थानमा यथावत

फिफा वरियतामा नेपाल १७० औं स्थानमा यथावत

खेलकुद, समाचार
असाेज १ काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औं स्थानमै रहेको थियो । त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९ औं स्थानमा छ भने माल्दिभ्स १५५ औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भुटान १८९ औं, बङ्गलादेश १८७ औं, श्रीलङ्का २०६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् । नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगे...
नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

खेलकुद
भदाै ३१ काठमाडाैं । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन्।भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो। उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराएको हो। आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन्। परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन। उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिए। परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए। अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए।-रासस ...
इंग्लिस प्रिमियर लिग: चेल्सीको शानदार जित

इंग्लिस प्रिमियर लिग: चेल्सीको शानदार जित

खेलकुद
भदाै ३० काठमाडाैं । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ ।लिग अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको टिम चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो । ब्राइटनको मैदानमा चेल्सीको जितमा कप्तान जर्गिन्हो, रिस जेम्स र कर्ट जोउमाले समान एक गोल गरे ।पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खाएको हो । २३ औँ मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाए । ५४ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डको गोलबाट ब्राइटनले खेलमा बराबरी गर्न सफल भयो ।तर त्यसको दुई मिनेटपछि जेम्सले गोल गरी चेल्सीलाई पुनः अग्रता दिलाए । कर्ट जोउमाले ६६ औँ मिनेटमा जेम्सको सहयोगमा गोल गरी चेल्सीलाई ३–१ को जित दिलाएका हुन्। ...
नेइमारमाथि रङ्गभेदविरुद्धको व्यवहारको छानविन गर्न पिएसजीको माग

नेइमारमाथि रङ्गभेदविरुद्धको व्यवहारको छानविन गर्न पिएसजीको माग

खेलकुद
भदाै ३० काठमाडौं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो महत्वपूर्ण खेलाडी नेइमारविरुद्ध भएको दुर्व्यवहारको छानविन गर्न माग गरेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा आफूमाथि मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजले रङ्गभेदी व्यवहार र टिप्पणी गरेको नेइमारले बताएपछि पिएसजीले उक्त घटनाको छानविन गर्न माग गरेको हो । आइतबारको खेलमा नेइमारसहित पिएसजीका तीन तथा मार्सेइलीका दुई खेलाडीले इन्जुरी समयको सातौँ मिनेटमा रातो कार्ड पाएका थिए । गोन्जालेजलाई हिर्काएकोमा नेइमारले रातो कार्ड पाएका थिए । तर नेइमारले आफूमाथि हात हालिएपछि र रङ्गभेदी टिप्पणीपछिको प्रतिक्रिया आफ्नो व्यवहार रहेको प्रतिक्रिया दिएका छन् । नेइमारले गोन्जालेजले रंगभेदी टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमार्फत त्यसबारे स्पष्ट हुन् भिएआरको सहयोग लिन खेल पदाधिकारीलाई सुझाव दिएका छन् । मार्सेइलीले वक्त...
मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी, रोनाल्डो दोस्रो स्थानमा (सर्वाधिक कमाउने १० खेलाडीको सूचीसहित)

मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी, रोनाल्डो दोस्रो स्थानमा (सर्वाधिक कमाउने १० खेलाडीको सूचीसहित)

खेलकुद
भदाै ३० एजेन्सी।अर्जेन्टिनी स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् । मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए ।फोर्ब्सको सूची मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ । यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।पीएसजीकै युवा स्टार फ्रान्सका केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ । लिभरपुलका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन् । यस्तै ३४ ...
क्रिकेटर भण्डारीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

क्रिकेटर भण्डारीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

खेलकुद, समाचार
आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारीलाई उपचारका लागि सोमबार अपराह्न काठमाडौं ल्याइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई आइतबार पाँच बजेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको जनाएको छ। काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उनको उपचार भइरहेको क्यानले जनाएको छ। क्यानका अनुसार भण्डारीलाई शुरुमा महेन्द्रनगरमै उपचार गरिएको थियो। तर, त्यहाँ सम्भव नभएपछि कैलालीको धनगढी लगिएको थियो। त्यहाँ पनि उपचारमा समस्या भएपछि कोहोलपुर मेडिकल कलेज बाँके लगिएको थियो। सोमबार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। भण्डारीको खुट्टा, हातमा गम्भीर चोट लागेको क्यानले जनाएको छ। क्यानले चिकित्सकहरुको हवला दिँदै उनी खतरमुक्त रहेको जनाएको छ। क्यान अधयक्ष चतुरबहादुर चन्दले आइतबार एक विज्ञप्ति जारी गर्दै क्यानले उनको उपचारमा सहयोग र समन्वय गरिर...