असाेज २ काठमाडाैं । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावस्करले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनु पर्ने बताएका छन् । भारतीय च्यानल ‘स्पोर्टस तक’सँग यूएइमा सुरु हुन लागेको आइपिएलबारे कुरा गर्दै गावस्करले यस्तो बताएका हुन् ।
उनले अहिले नै यो कुरा मजाक जस्तो लागे पनि भविष्यमा यस्ता विषयमा सोच्नुपर्ने उनले बताए । लामिछाने राम्रो खेलाडी भएको बताउँदै उनले भारतीय रंगमा अझै राम्रो गर्न सक्ने गावस्करको भनाइ छ ।
सन्दिप आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । गावस्करले सन्दिपको निकै खुलेर प्रशंसा गरेका छन् । भनेका छन् उनले उनी निकै राम्रोसँग सिक्न सक्ने खेलाडी भएको र आफ्नो अगाडि आएका अनुभवबाट उनले आफूलाई निकै राम्रो बनाउँदै लगेका छन् ।
