आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

बार्सिलोनाको विजयी सुरुवात

बार्सिलोनाको विजयी सुरुवात

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ५ काठमाडौं । लियोनल मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन शानदार जितबाट गरेको छ। अन्तिमको २२ मिनेट १० खेलाडीमा सीमित भएको समूह जी मा रहेको बार्सिलोनाले फेरेनक्सारोसी टिसीलाई ५–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि २७ औँ मिनेटमा पाएको पेनाल्टीमा कप्तान लियोनल मेस्सीले गोल गरे। उनले च्याम्पियन्स लिगको १६ औँ सिजनमा गोल गरेर म्यानचेस्टर युनाइटेडका पूर्व वेङ्गर रायन गिग्सले च्याम्पियन्स लिगका १६ सिजनमा गोल गरी बनाएको कीर्तिमानसँग बराबरी गरे । ४२ औँ मिनेटमा आन्सु फातीले गोल गरे । ५२ औँ मिनेटमा फिलिप कोन्टिन्होले गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो । ८२ औँ मिनेटमा १७ वर्षे किशोर पेद्रो गोन्जालेज लोपेजले बार्सिलोनाका लागि गोल गरे । उनले सिनियर गेममा पहिलो गोल गरेका हुन् । यस्तै ८९ औँ मिनेटमा उसमान डेम्बेल...
पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हरायो

पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हरायो

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ५ काठमाडौं । यूएईमा जारी आईपीएल २०२० को हिजो मंगलबार रातिको खेलमा किंग्स एलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडेका थिए ।पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिन सफल भए । जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए । ‘ पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै जित हासिल गर्यो।पञ्जाबका निकोलस पूरनले सर्वाधिक ५३ रन बनाए ।ग्लेन म्याक्सवेलले ३२ रन तथा क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन जोडे । ...
एलपीएलमा परेनन् सन्दीप लामिछाने

एलपीएलमा परेनन् सन्दीप लामिछाने

खेलकुद
कात्तिक ४ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा कुनै टोलीमा पर्न असफल भएका छन् ।श्रीलंका क्रिकेट बोर्डले गर्ने एलपीएलमा सन्दीप र अर्का नेपाली सुमन गौतमलाइ कुनै टोलीले अनुबन्ध नगरेको हो । सोमबार अनलाइन माध्यमबाट भएको ड्राफ्ट २० राउन्डसम्म चलेको थियो। सन्दीप हाल संयुक्त अरब इमिरेन्ट्स (यूएई) मा इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स्बाट खेलिरहेका छन् । नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म श्रीलंकामा हुने लिगमा २३ खेल हुने छन् । लिगमा कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि ५ फ्रेन्चाइज टोली सहभागी छन् । ...
वुल्भ्ससँग लीड्स युनाइटेड पराजित

वुल्भ्ससँग लीड्स युनाइटेड पराजित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ४ काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ ।अब मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । वुल्भ्सका लागि राउल जिमिनेजले ७० औं मिनेटमा गोल गरे । किलम्यानको सहयोगमा जिमिनेजले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बन्यो । जितपछि पाँच खेलबाट ९ अंक जोडेको वुल्भ्स ९ अंकसहित छैटौं स्थानमा पुगेको छ । ...
चेन्नई ७ विकेटले पराजित;आईपीएल

चेन्नई ७ विकेटले पराजित;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ४ काठमाडौं । राजस्थान रोयल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा चौथो जित निकालेको छ ।अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।राजस्थानको जितमा जस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए ।चेन्नईका दीपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रनको झिनो स्कोरमा समेटिएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्त...
मन्त्री विश्वकर्माद्वारा ‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक

मन्त्री विश्वकर्माद्वारा ‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक

खेलकुद, समाचार
काठमाडौं, ०३ कार्तिक- ग्लोरी मिडियाद्वारा प्रकाशित पुस्तक खेल जीत मनोविज्ञान विमोचन गरिएको छ । डि एन घिसिङको लेखन तथा सरोज ओझाको भाषा सम्पादन रहेको उक्त पुस्तक सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विमोचन गरेका हुन । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रम माझ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री विश्वकर्माले आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढदो आवश्यकता महशुश गरिएको परिप्रेक्ष्यमा खेल जीत मनोविज्ञान पुस्तकले समाजलाई गतिशिल बनाउने धारणा राखे । पुस्तकका लेखक डिएन घिसिङले खेल क्षेत्रमा मनोविज्ञानको प्रभाव उच्च रहने बताउदै यसको उचित प्रयोगले खेलाडीलाई प्रतिस्पर्धामा जीत हासिल गर्न सघाउँ पुग्ने दाबी गर्दै खेल जीत मनोविज्ञान पुस्तकले नेपालको खेल क्षेत्रलाई...
सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको जित

सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ३ काठमाडौं । आइपीएल टि-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुन: बराबरीमा सकियो ।त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो ।  जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो । सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।यस...
टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी

टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ३ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र वेस्ट ह्याम युनाईटेडबीचको खेल बराबरी भएको छ ।आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्यामसँग ३-३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल थपे । वेस्ट ह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एक/एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।खेलको पहिलो मिनेटमै सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए । खेलको १६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० ले अघि रह्यो ।तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो । खेलको ८२औं मिनेटमा फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को स्थितिमा ल्या...
सुपर ओभरमा काेलकातासँग हैदरावाद पराजित

सुपर ओभरमा काेलकातासँग हैदरावाद पराजित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ३ काठमाडौं । कोलकाता नाइट राइडर्सले आइतबार इन्डियन प्रिमियर लिगमा (आईपीएल) मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । त्यसमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो ।हैदरावादले भने पहिले ब्याटिङ गर्दै २ रन मात्र बनाएको थियो । त्यसमा लकी फर्गुसनले घातक बलिङ गरे । यसअघि २०/२० ओभरको खेल टाइ भएको थियो । कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । त्यसको जवाफमा हैदरावादले ६ विकेट गुमाएर ठ्याक्कै १ सय ६३ रन बनायो । हैदरावादले नयाँ ब्याटिङ जोडी उतारेको थियो । यसक्रममा जोनी बियरस्टो र केन विलियम्सनले पहिलो विकेटका लागि ५८ रनको सोझदारी गरे । कोलकाताका लागि भने खाली दुई ब्याट्सम्यानले ३० रनभन्दा माथिको स्कोर बनाए । त्यसमा कप्तान इओन मोर्गनको ३४ र प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ३४ रन बनाएका थिए । ...
म्यान्चेस्टर युनाइटेडको शानदार जित

म्यान्चेस्टर युनाइटेडको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २ काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार जित हात पारेको छ ।शनिबार राति युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को जित दर्ता गरेको हो ।लुकी शाको आत्मघाति गोलसंगै न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । युनाइटेडका कप्तान ह्यारी मागुइरीले गोल गर्दै २३औं मिनेटमा खेल बराबरीमा ल्याए ।खेलको अन्तिम समयमा मार्कुस रासफोर्डले उत्कृष्ट प्रदर्शन गरेपछि  युनाइटेडले फराकिलो जित निकाल्यो ।रासफोर्डले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी छदाँ ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा विन विसाकाले रासफोर्डकै पासमा युनाइटेडलाई ३–१ ले अघि बढाए । इन्जुरी समयमा रासफोर्डलेनै गोल गर्दै युनाइटेडलाई ४–१ को शानदार जित दिलाए ।अघिल्लो खेलमा टोटेनहमसंग ६–१ ले पराजित बनेपछि खेलमा फर्कन यु...